
बिप्लव प्रतिबन्धपछि सेनाका कमाण्डरमा ब्यापक फेरबदल
प्रवक्ता रहेका सहायक रथी यामप्रसाद ढकाल तीन महिनामै फेरिएका छन्
-
काठमाडौं ।
नेपाली सेनामा बिभिन्न निकायका कमाण्डर फेरिएका छन् । लगानी सम्मेलनको मुखैमा शान्ति सुरक्षामा प्रश्न उठिरहेको बेला सेनाले कमाण्डर फेरवदल गरेको छ । प्रवक्ता रहेका सहायक रथी यामप्रसाद ढकाल तीन महिनामै फेरिएका छन्। उनलाई २ नम्वर बाहिनी धनकुटा सरूवा गरिएको छ । नयाँ प्रवक्तामा १९ नम्बर बाहिनी दाङमा रहेका सहायक रथी विज्ञानदेव पाण्डे आएका छन्।
नेकपा बिप्लव समुहलाई प्रतिवन्ध लगाएसँगै पहिलो पटक सेनाका कमाण्डर फेरिएका हुन् ।
सैनिक प्रवक्तासँगै दर्जन सहायक रथीहरू पनि सरुवा भएका छन्। शान्ति सेना निर्देशनालयका रथी दामोदर थापा उपत्यका पृतनामा सरूवा भएका छन्।
२ नम्बर बाहिनीका सागरबहादुर केसी कल्याणकारी योजनामा सरूवा भएका छन्। सम्भार रथीमा रहेका रामबहादुर ढुंगाना पश्चिम पृतना पोखरा सरूवा भएका छन्। कुमार लामा २४ बाहिनी जुम्लाबाट सैनिक इन्टेलिजेन्स महानिर्देशनालय, ५ बाहिनीका हिरालाल जोशी शान्ति सेना निर्देशनालय,उत्तर पश्चिम पृतनामा कार्यरत सहायक रथी अर्जुन श्रेष्ठ राष्ट्रिय निकुञ्ज हेर्ने निर्देशनालयमा सरूवा भएका छन् ।
पश्चिम पृतना पोखराका दीपक बानिया २४ बाहिनी जुम्ला सरूवा भएका छन् भने राष्ट्रिय निकुञ्ज निर्देशनालयमा कार्यरत होमनाथ दवाडी ५ बाहिनी धनगढीमा सरूवा भएका छन्। त्यस्तै डिएमआइमा कार्यरत सुशीलकुमार भण्डारी १९ बाहिनी दाङ सरूवा भएका छन्।
News Desk 0 response बिहिबार, चैत्र १४, २०७५


सम्बन्धित शीर्षकहरु
-
भरतपुरमा रेनु दाहालको मतान्तर बढ्यो, २२०५ मतको..
बुधबार, जेष्ठ ४, २०७९ -
बालेन शाहलाई ८ हजार ७८३ मतको अग्रता
बुधबार, जेष्ठ ४, २०७९ -
पूर्व अध्यक्ष थापालाई फिफाको चेतावनी
बुधबार, जेष्ठ ४, २०७९ -
ड्रग्स तस्करीका लागि मेक्सिको–अमेरिका सिमानामा रेल चल्ने..
बुधबार, जेष्ठ ४, २०७९ -
श्रीलङ्कालाई विश्व बैंकको १६ करोड डलर सहयोग,..
बुधबार, जेष्ठ ४, २०७९
-
बालेन शाहलाई ८ हजार ७८३ मतको अग्रता
बुधबार, जेष्ठ ४, २०७९ -
स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद वा..
बुधबार, जेष्ठ ४, २०७९ -
‘बजेटको प्राथमिकता कृषिको आधुनिकीकरण र यान्त्रीकरणमा हुनुपर्छ’
बुधबार, जेष्ठ ४, २०७९ -
पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न–गराउन आयोगको..
बुधबार, जेष्ठ ४, २०७९ -
गृहमन्त्री खाणसँग चिनियाँ राजदूत यान्छीको शिष्टाचार भेटघाट
बुधबार, जेष्ठ ४, २०७९
-
भोटेकोशीमा माओवादी जगाउने राजकुमार माओवादीकै कारण..
सोमवार, जेष्ठ २, २०७९ -
अधिवक्ता केसीको कानून व्यवसायी प्रमाणपत्र रद्द
बिहिबार, बैशाख २९, २०७९ -
श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा
सोमवार, बैशाख २६, २०७९ -
इलाममा गाडी भित्रै १७ वर्षीया किशोरी बलात्कृत
सोमवार, बैशाख २६, २०७९ -
उम्मेदवार मृत्युपछि तुलसीपुरमा आज मनोनयन दर्ता, जेठ..
बुधबार, बैशाख २८, २०७९