

-
काठमाडौं ।
वीर अस्पतालमा ४ वर्षदेखि एक जना स्टाफ नर्सले अस्पतालको खरिद शाखा हाँकिरहेकी छन् ।
News Desk 0 response बुधबार, चैत्र १३, २०७५
नियमानुसार वीर अस्पतालको खरिद शाखा प्रमुख व्यक्ति सार्वजनिक खरिदमा तालिम प्राप्त हुनुपर्छ । र, हरेक दुई÷दुई वर्षमा खरिद शाखा प्रमुख परिवर्तन हुनुपर्ने नियम छ । तर, नियम कानुनको धज्जी लगाउँदै त्यहाँ विशाल पण्डितहरूको समूहको रोजाइको पात्र स्टाफ नर्सले खरिद शाखा हाँकिरहेकी मात्र छैनन्, उनले खरिद शाखाको नेतृत्व सम्हालेसँगै त्यहाँँभित्र व्यापक अनियमितता मौलाएको गुनासो र उजुरी बढिरहेको छ । यसअघि खरिद शाखामा रहेका टीकाराम पनेरु, महेन्द्र गिरीहरूको समूहलाई हटाएर त्यहाँ पुगेकी भगवती थपलिया कांग्रेस नेत्री उर्मिलाको भाउजू । उनी घरमा कांग्रेस र कार्यालयमा एमाले बनेर फाइदा लिने गरेको वीरकै कर्मचारी सुनाउँछन् ।
अहिले विशाल पण्डितजस्ता स्वास्थ्यका दलालहरूकै निर्देशनअनुसार वीर अस्पतालको सबै उपकरण, वार्षिक औषधि, केमिकल, सर्जिकल, प्याथोलोजी र औषधि पसलको टेण्डर खरिद एकाइबाट हुँदै आएको छ । खरिद इकाइ प्रमुख भगवतीको अनियमितता कतिसम्म भने आफू निकटका व्यापारीलाई टेण्डर पार्ने उद्देश्यले टेण्डर किताबमै दर्ता र चलानीको ठाउँ ठाउँमा खाली राख्न लगाउने र अनुकूल समयमा आफूनिकटको फर्मको नाम दर्ता गर्ने गरेको प्रमाण जनआस्थाले फेला पारेको छ । त्यहाँभित्रको बेथितिको बान्की कतिसम्म देख्न पाइन्छ भने बिरामीका लागि अत्यावश्यक पर्ने दुईवटा सिटी स्क्यान मेसिन ६ महिनादेखि बिग्रिएको छ । मेमोग्राफी (महिला बे्रष्ट क्यान्सर पत्ता लगाउने), स्पेशल एक्सरे फिष्टुला, पायल्सलगायतको एक्सरे गर्ने मेशिनको हालत उस्तै छ । भद्रगोल र लुट कतिसम्म भने भगवती निकटको एउटा फर्मले अनौठो कोटेशन भ¥यो र पायो पनि एबिजी मेसिन (आइसियुको बिरामीको रगतमा अक्सिजनको मात्रा जाँच गर्ने सात सय पर्ने मेसिनको कोटेशन एक रुपैयाँमा हाल्यो । टेण्डर पायो । जसले एक रुपैयाँँ पर्ने सिरिन्जलाई १० रुपैयाँमा अस्पताललाई भिडाइरहेको छ । अस्पतालमा अत्यावश्यक सामान छैन । तर, दैनिक ५ लाखमुनिको सामान कोटेसनमा सामान मगाएर काम गरिरहेको छ । यसरी ५ लाखमुनिको सामानको दैनिकजसो कोटेशन गर्ने र वैकुण्ठ लुइँटेल, लक्ष्मण अर्याल, विष्णु फुँयाल नवराज धितालसँगको फर्मसँग सामान ल्याउने गरिएको छ । अहिले वीर अस्पतालनजिकै ६ सय ५० बेडको सर्जिकल भवन बन्दै छ । यसको ठेक्का रमेश आचार्यहरूले पाएका छन् । त्यहाँका इञ्जिनियरसँग मिलेर हुनुपर्ने भन्दा कम क्वालिटीका सामान हालिएको समेत वीर अस्पतालनिकट स्रोतको दाबी छ । उता, ३३ करोड लागतमा दुवाकोटको ७ सय ५० रोपनीमा बन्न लागेको अत्याधुनिक अस्पतालका लागि अहिले तार बार गर्ने र डिपिआर गर्ने पैसा छुट्ट्याइएको छ । यो रकम आफूनिकटलाई दिनका लागि भगवतीको सक्रियता बढ्दो छ । राष्ट्रिय सतर्कता केन्द्रको २३ नम्बर पेजमा वीर अस्पतालको सरसामान खरिदमा अनियमितता गर्नेमध्ये भगवतीकै नाम स्पष्टसँग उल्लेख गरेको छ । यो प्रतिवेदन सार्वजनिक भएको ५ महिना बितिसक्दासमेत भगवतीको समूहलाई केही कारबाही हुन सकेको छैन । केन्द्रको प्रतिवेदनमा यसअघि खरिद गरिएको सिटी स्क्यान मेसिन खरिद प्रकरणमा १० करोड अनियमितता भएको, ट्रमा सेन्टरमा अर्बौंको सामान खरिदमा अनियमितता भएको र ठेक्कापट्टा तथा खरिदमा व्यवसायीसँग मिलेमेतोमा भ्रष्टाचार हुने गरेको प्रतिवेदनमा उल्लेख गरेको जनआस्थाले लेखेको छ ।


सम्बन्धित शीर्षकहरु
-
बैंक ग्यारेन्टी बुझाएर रिहा भए रवि लामिछाने
बिहिबार, माघ २४, २०८१ -
रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा रिहा..
बिहिबार, माघ २४, २०८१ -
रवि लामिछानेविरुद्द आज पनि थुनछेक बहस हुँदै
बिहिबार, माघ २४, २०८१ -
संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन्..
बिहिबार, माघ २४, २०८१ -
कस्तो रहला आज दिनभरको मौसम ?
बिहिबार, माघ २४, २०८१
-
बैंक ग्यारेन्टी बुझाएर रिहा भए रवि लामिछाने
बिहिबार, माघ २४, २०८१ -
रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा रिहा..
बिहिबार, माघ २४, २०८१ -
रवि लामिछानेविरुद्द आज पनि थुनछेक बहस हुँदै
बिहिबार, माघ २४, २०८१ -
संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन्..
बिहिबार, माघ २४, २०८१ -
कस्तो रहला आज दिनभरको मौसम ?
बिहिबार, माघ २४, २०८१
-
रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा अभियोग पत्र..
मङ्लबार, माघ २२, २०८१ -
न्यायपरिषद सदस्यमा दामोदर खड्काको नाम अनुमोदन
आइतवार, माघ २०, २०८१ -
झापाको दमकमा झडप, ८ जना पक्राउ
आइतवार, माघ २०, २०८१ -
निजी क्षेत्रले पनि विमानस्थल निर्माण र सञ्चालन..
सोमवार, माघ २१, २०८१ -
आज शहीद दिवस : विभिन्न कार्यक्रमको आयोजना..
बुधबार, माघ १६, २०८१