

बीस बर्षदेखि क्यान्सरसँग लड्दै सेवा गरिरहेका एक निजामती कर्मचारी
क्यान्सरका अन्य बिरामीलाई उनले सधैँ भन्ने गर्छन्, ‘रोग लाग्यो भनेर निरुत्साहित हुनुपर्दैन । चिकित्सक र अस्पतालको सम्पर्कमा बस्नुस्, औषधि नियमित खानुस् । २० वर्ष होइन ४० वर्ष पनि बाँचिन्छ ।’
-
रत्ननगर ।
अर्वुद रोग (क्यान्सर ) शब्द सुन्नेबित्तिकै जोकोही डराउँछन् । यसलाई निको नहुने रोगका रुपमा बुझ्ने धेरै भेटिन्छन् । तर, भरतपुर–७ कृष्णपुरका विष्णुप्रसाद पौडेल क्यान्सरसँग जुधेर सहज जिन्दगीमा रमाइरहेका छन् । उनी क्यान्सर सचेतनामा समेत सक्रिय छन् ।
सरकारी सेवामा रोगकै कारण उनलाई लामो समय बिदा बस्नु परेन । पौडेल अहिले डिभिजन वन कार्यालय चितवनका प्रमुख छन् । यसअघि उनी नवलपरासी, मकवानपुर, चितवनमा वन अधिकृतका रूपमा कार्यरत थिए ।
नवलपरासीबाट छुट्टीका दिन चितवन आइरहने पौडेललाई सामान्य ज्वरोको उपचारका क्रममा क्यान्सर भएको पुष्टि भएको हो । ‘शुक्रबारको बिदामा घर आउँदा एकपटक निकै ज्वरो आयो’, विगत सम्झँदै उनी भन्छन्, ‘निजी क्लिनिकमा गएँ, सामान्य औषधि लिएर फर्किंए, तर पछिसम्म निको भएन ।’ सुरुमा उनले धपेडीले बिरामी भएको अनुमान लगाए । पछि पुनः परीक्षण गर्दा ‘रगतमा खराबी छ’ भनेर चिकित्सले भनेपछि चिन्ता बढेको अनुभव सुनाउँछन् उनी ।
‘ठूलै रोग लागेजस्तो पीडा भयो’, पौडेलले उपचार प्रक्रियाबारे भने, ‘नजिकै विपी मेमोरियल क्यान्सर अस्पताल थियो, त्यहीं गएँ । रगत परीक्षण भयो । ल्याबको रिपोर्टले क्यान्सर भएको देखियो । ‘बोनम्यारो’ नै ‘ट्रान्सप्लान्ट’ गनुपर्छ भनेर डा दामोदर गजुरेलले सुझाउनुभयो ।’
मेडिकल अन्कोलोजीका डा गजुरेलले बेलैमा उपचार गर्न पटक–पटक सर्तक गराए । ‘यहाँ ट्रान्सप्लान्टको सेवा थिएन, भारत नै जानुपर्ने भयो’, पौडेलले भने, ‘रोगबारे घरमा समेत भनिनँ, हिम्मत हारिनँ ।’
रोग पहिचान भएका बेला उनी ३४ वर्षका थिए । विवाह गरेको ४ वर्ष पुगेको थियो, छोरी थिइन् । घरव्यवहार पनि आफैंले हेर्नुपर्दथ्यो । अरुलाई लुकाए पनि दाइलाई रोगबारे सबै खुलाए पौडेलले । ‘क्यान्सर लाग्यो भन्ने बित्तिकै डराउने समाज थियो, रोग लुकाउन बाध्य भएँ’, उनले भने, ‘तर, उपचार रोकिन, दुःख गरेरै भए पनि भारत पुगेर उपचार गराएँ ।’
भारत जाने बेलामा बल्ल घरपरिवारले थाहा पाए । उनको मुम्बईको टाटा अस्पतालमा पुनः परीक्षण भयो । बोनम्यारो ट्रान्सप्लाण्ट परिवारका सदस्यबीच ‘म्याच’ नभएपछि घर फर्किन बाध्य हुनुप¥यो । बोनम्यारो नपाए पनि पौडेल अनलाइनमार्फत औषधिको खोजीमा लागे ।
६ महिनाको खोजीपछि उनको म्याक्स फाउण्डेशनसँग सम्पर्क स्थापित भयो । फाउण्डेशनसँग औषधिका लागि फारम भरे । फाउण्डेशनमार्फत सम्पर्क भएको ६ महिनापछि मात्रै निःशुल्करुपमा ‘ग्लिभेक’ भन्ने औषधि आइपुग्यो। पौडेल भन्छन्, ‘नेपालमा पहिलोपटक क्यान्सरको औषधि ग्लिभेक खाने म नै हुँ । नेपालमा किनेर औषधि खानसक्ने अवस्था थिएन ।’
त्यसरी संस्थाले ६ महिनासम्म उनको नाममा औषधि पठायो । त्यसपछि सन् २००४ देखि पाटन अस्पतालमै म्याक्सले औषधि पठाउन थाल्यो । अहिले उनले पाटनबाट औषधि लिने गर्छन् । पौडेलले ५ वर्ष ग्लिभेक, २ वर्ष निलोटिनिब, डासाटेनिब हु्ँदै बोसाटेनिब सेवन गरिरहेका छन् ।
अहिले उनको एक मात्र सुझाव छ, ‘जति खाली बस्नुहुन्छ । खाली दिमागमा सैतानको बास हुन्छ । काम गर्नुस् ।’
नवलपरासी, चितवन, हेटौँडा हुँदै चितवनको डिभिजन वन कार्यालयका डिएफओ पौडेल अहिले ५४ वर्ष पुगे । उनकी एक छोरी र श्रीमती छिन् । पौडेलले जागिरे जीवन थालेका पनि २४ वर्ष पुगिसकेको छ ।
उनलाई हेर्दा कसैले पनि रोगी हुन भनेर विश्वास गर्दैनन् । उनी सधैँजसो फिल्डमै जान मन पराउँछन् । भन्छन्, ‘निजामती सेवामा ५८ वर्षसम्म सेवा गर्ने प्रवाधन छ, अझै ४ वर्ष देशको सेवामा समर्पित हुन्छु ।’
पौडेलकै अगुवाइमा सन् २००४ देखि फाउण्डेशनले भरतपुरस्थित क्यान्सर अस्पतालमा रक्त र आन्द्रा क्यान्सरका बिरामीलाई ३ प्रकारका औषधि वितरण गर्छ । फाउण्डेशनले ग्लिभेक, निलोटिनिब र डासाटिनिब नामक औषधि उपलब्ध गराउँदै आइरहेको छ । यो औषधि अमेरिकाबाट नेपालका दुई अस्पताल पाटन अस्पताल काठमाडौं र भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आउने गरेको छ ।अस्पतालका अनुसार हाल ६ सय ३० बिरामीले यो सेवा लिइरहेका छन् । पौडेलले हप्ताको एक दिन पाएको बिदामा पनि क्यान्सर अस्पताल भरतपुरमा गएर आफूजस्तै बिरामीलाई उत्प्रेरणा दिने गर्छन् । ‘औषधिले बीचबीचमा काम गर्न छाड्छ’, पौडेल भन्छन्, ‘काम गरेन भनेर आत्तिनु पर्दैन । खाइरहको औषधिले काम गरेन भने दोस्रो औषधि आएको छ ।’
क्यान्सरका अन्य बिरामीलाई उनले सधैँ भन्ने गर्छन्, ‘रोग लाग्यो भनेर निरुत्साहित हुनुपर्दैन । चिकित्सक र अस्पतालको सम्पर्कमा बस्नुस्, औषधि नियमित खानुस् । २० वर्ष होइन ४० वर्ष पनि बाँचिन्छ ।’
News Desk 0 response मङ्लबार, चैत्र १२, २०७५
–सुरेन कुँवर \रासस\तस्बिरः सूर्यप्रसाद अधिकारी

सम्बन्धित शीर्षकहरु
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सकिने
शुक्रबार, असार २६, २०८३-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
एमाले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा..
बिहिबार, असार २५, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३
-
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त
बुधबार, असार २४, २०८३ -
सबैभन्दा छाेटाे माैद्रिक नीति सार्वजनिक (पूर्णपाठ)
मङ्लबार, असार २३, २०८३



