

क्षयरोगका बिरामी युवा बढी
यस वर्ष समय अबको, क्षयरोग अन्त्यको भन्ने नाराका साथ क्षयरोग दिवस मनाइँदै छ।
-
काठमाडौं ।
खोक्दा खकारमा रगत देखिने, साँझपख ज्वरो आउने, शरीर दुब्लाउँदै जाने लक्षण देखिएमा फोक्सोको क्षयरोग हुनसक्छ। क्षयरोग विशेषत फोक्सोमा लाग्ने रोग हो, तर मान्छेको जुनसुकै अंगमा पनि क्षयरोग लाग्न सक्छ। क्षयरोग लागेमा साँझपख ज्वरो आउने, पसिना आउने र दुब्लाउँदै जाने लक्षण देखिन्छ। श्वासप्रश्वासको माध्यमले सर्ने रोग भएकाले धेरै जसो फोक्सोमा यो रोग लाग्ने गर्छ। क्षयरोग लागेपछि नियमित रुपमा चार थरी औषधि सेवन गरे पूर्ण रुपमा निको हुन्छ। यस वर्ष समय अबको, क्षयरोग अन्त्यको भन्ने नाराका साथ क्षयरोग दिवस मनाइँदै छ। नेपालमा बर्सेनि ४५ हजार क्षयरोगका नयाँ बिरामी थपिने गरे पनि वार्षिक १३ हजार बिरामीहरु उपचारको दायरामा नआउने गरेको पाईएको छ । नेपालमा नयाँ र पुराना गरी क्षयरोगका ६० हजार बिरामी छन् । आर्थिक वर्ष २०७४-०७५ मा एक लाख ९६ हजार ३६२ जनामा क्षयरोगको शंका गरी परीक्षण गर्दा ३२ हजार ४७४ जनामा क्षयरोग देखिएको थियो। उनीहरू राष्ट्रिय क्षयरोगको कार्यक्रमको नीतिअनुसार उपचारमा रहेका छन्। नेपालमा क्षयरोगका चार हजार ३२१ उपचार केन्द्र, ९६ वटा सहरी डट्स केन्द्र, ६०४ रोग निदान केन्द्र, २७ जीन एक्सपर्ट केन्द्र र दुई राष्ट्रिय प्रेषण प्रयोगशालामार्फत क्षयरोगको सेवा प्रदान गरिएको केन्द्रका निर्देशक तिङकरीले जानकारी दिए। यस्तै, औषधि प्रतिरोधी क्षयरोगका २८ वटा उपचार केन्द्र र ८१ वटा उपकेन्द्र मार्फत सेवा उपलब्ध गराएको केन्द्रले जनाएको छ। नेपालमा औषधि प्रतिरोधी क्षयरोगीको संख्या बढ्दै गएको छ। वार्षिक एक हजार औषधि प्रतिरोधी क्षयरोगीका संख्या थपिन्छन्। त्यसमध्ये करिब ४०० उपचारको दायरामा आउँछन्। उपचारमा रहेका क्षयरोगीमध्ये ४६ प्रतिशतलाई एन्टिबायोटिक औषधि प्रतिरोध भएको छ। जुन अत्यन्त चुनौतीपूर्ण रहेको छ।’ क्षयरोगको बिरामीको संख्या यकिन गर्न क्षयरोगको प्रारम्भिक सर्भे भइरहेको छ। जसका लागि ५५ जिल्लाका ९९ वटा क्लस्टरका करिब ५७ हजारको घरदैलोमा प्रत्यक्ष पुगेर अत्याधुनिक डिजिटल प्रविधिद्वारा रोग निदान र परीक्षणको विधिद्वारा गरिने गरिँदैछ। क्षयरोग देखिएपछि नियमित रुपमा छ महिना औषधि खाएमा क्षयरोग निको हुने भए पनि नियमित औषधि सेवन नगर्दा नेपालमा बर्सेनि पाँच हजार मानिसले यस रोगका कारणले ज्यान गुमाउने गरेको तथ्याङक छ। क्षयरोगका बिरामी हुने युवाहरू बढी रहेका छन्। केन्द्रको तथ्याङ्क अनुसार गत वर्ष थपिएका ३२ हजार क्षयरोगीमध्ये २५ हजारको हाराहारीमा युवा रहेका छन्।
News Desk 0 response आइतवार, चैत्र १०, २०७५

सम्बन्धित शीर्षकहरु
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते पम्पमा पानी सुकेको संसदीय समितिको ठहर
सोमवार, साउन १८, २०८३-
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३
-
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३
-
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३



