

तत्कालिन आयुक्त पाठकले लिएको घुसमा काँग्रेस नेता, उपराष्ट्रपति पुत्रदेखि प्रहरी अधिकृतसम्म
अख्तियारले घुस प्रकरणमा पाठकसँगै कलेज सञ्चालक दिपक भट्टराई, पूर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ विभागका डिन शुभनारायण पाठक, इन्जिनियरसमेत रहेका राजपा नेता ज्ञानेन्द्र झा, अखिल क्रान्तिकारीका नेता कैलाश मगर, नेकपाकै कार्यकर्ता ध्वजमान मोक्तान, नेपाल प्रहरीका एसएसपी धीरजप्रताप सिंह पनि निगरानीमा छन् ।
-
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले लिएको घुस काण्डमा काँग्रेस नेतादेखि उपराष्ट्रपति पुत्र हुँदै प्रहरी अधिकृतसम्म संलग्नताको रहस्य खुलेको छ ।
अख्तियारले भारत वा अन्य मुलुक भाग्नसक्ने आशंकामा घुस प्रकरणमा मुछिएका एक दर्जनभन्दा बढी व्यक्तिको हुलियासहित निगरानी गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नेपाल प्रहरी र अध्यागमन कार्यालयलाई निर्देशन दिएको थियो । तर आरोपित मध्येकै मुख्यपात्र न्यौपाने स्थलमार्गबाट भारततर्फ फरार भएपछि सूक्ष्म निगरानीलाई अझै बढाएको छ । अख्तियारले घुस प्रकरणमा पाठकसँगै कलेज सञ्चालक दिपक भट्टराई, पूर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ विभागका डिन शुभनारायण पाठक, इन्जिनियरसमेत रहेका राजपा नेता ज्ञानेन्द्र झा, अखिल क्रान्तिकारीका नेता कैलाश मगर, नेकपाकै कार्यकर्ता ध्वजमान मोक्तान, नेपाल प्रहरीका एसएसपी धीरजप्रताप सिंह पनि निगरानीमा छन् ।
सिंह तालिमका क्रममा यतिबेला अमेरिकामा छन् । अख्तियारले तत्कालीन आयुक्त पाठकका भाइ शुभनारायण र ज्ञानेन्द्र झासँग बयान लिइसकेको छ । घुस प्रकरणको भिडियोबारे तत्कालीन गृहसचिव रहेका हालका पर्यटन सचिव मोहनकृष्ण सापकोटासँग पनि अख्तियारले कार्यालयमै बोलाएर सोधपुछ गर्ने तयारी गरेको छ ।
अख्तियारले घुसविरुद्धको अभियानमा सक्रिय बनाएको नेपाल प्रहरीको स्टिङ अपरेसन टोलीलाई पनि पाठकको निगरानीमा तैनाथ गराएको छ ।
पाठक घुस काण्डमा संलग्नता रहेकाहरु
सूर्यबहादुर केसी -कांग्रेस नेतादिपेश पुन -उपराष्ट्रपति पुत्र
मोहनकृष्ण सापकोटा – खेलकुद सचिव
धीरजप्रताप सिंह – एसएसपी
लम्बोदर न्यौपाने – कलेज सञ्चालक
शुभनारायण पाठक – पूर्वाञ्चल विश्वविद्यालय
ज्ञानेन्द्र झा – बिचौलियादिपक भट्टराई – कलेज सञ्चालक
जुजुभाइ महर्जन – कलेज सल्लाहकार
कैलाश मगर -अखिल क्रान्तिकारी
ध्वजमान मोक्तान – नेकपा कार्यकर्ता
News Desk 0 response मङ्लबार, चैत्र ५, २०७५

सम्बन्धित शीर्षकहरु
गाजामा भारी वर्षापछि विस्थापित परिवार प्रभावित, संयुक्त राष्ट्रको उद्धार प्रयास जारी
शनिबार, कार्तिक ३०, २०८२-
भारतसँगको पारवहन सन्धि प्रोटोकल संशोधन
शनिबार, कार्तिक ३०, २०८२ -
गाजामा भारी वर्षापछि विस्थापित परिवार प्रभावित, संयुक्त..
शनिबार, कार्तिक ३०, २०८२ -
नारायणघाट–बुटवल सडक विस्तार राति मात्र
शनिबार, कार्तिक ३०, २०८२ -
मतदाता नामावली संकलनको म्याद पाँच दिन थपियो
शुक्रबार, कार्तिक २९, २०८२ -
धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
शुक्रबार, कार्तिक २९, २०८२
-
भारतसँगको पारवहन सन्धि प्रोटोकल संशोधन
शनिबार, कार्तिक ३०, २०८२ -
गाजामा भारी वर्षापछि विस्थापित परिवार प्रभावित, संयुक्त..
शनिबार, कार्तिक ३०, २०८२ -
नारायणघाट–बुटवल सडक विस्तार राति मात्र
शनिबार, कार्तिक ३०, २०८२ -
मतदाता नामावली संकलनको म्याद पाँच दिन थपियो
शुक्रबार, कार्तिक २९, २०८२ -
धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
शुक्रबार, कार्तिक २९, २०८२
-
भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे..
शुक्रबार, कार्तिक २२, २०८२ -
मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध
शुक्रबार, कार्तिक २२, २०८२ -
नेपाल प्रहरीका एसएसपी रानाभाटको राजीनामा स्वीकृत
बिहिबार, कार्तिक २१, २०८२ -
कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ३..
आइतवार, कार्तिक २४, २०८२ -
आन्दोलनमा घर जलाइएका एक उच्च अधिकारी,सरकारी सम्पत्ति..
मङ्लबार, कार्तिक २६, २०८२



