

प्रदेशमा कर्मचारी सरुवा गर्दा रुपैयाँको मोलतोल
३ नम्बर प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव कौशलकिशोर झा र मुख्यमन्त्री कार्यालयका सचिव रमेश शिवाकोटीले दररेट अनुसार शुभलाभ लिएर भ्रष्ट र बदनाम कर्मचारीहरुलाई यातायात कार्यालयमा पदस्थापन गरेका छन् । यसअघि यातायात कार्यालयमा बसेर अकूत सम्पत्ति आर्जन गर्ने करोडौंपति अधिकृतहरुलाई पुनः तिनै कार्यालयमा पदस्थापन गरिएको छ ।
-
काठमाडौं । ३ नम्बर प्रदेशले २०७५ चैत ३ मा शाखा अधिकृत र कम्प्युटर अधिकृत गरी ४० जनाको पदस्थापन गर्दा मापदण्ड र बिधि पूरै लत्याएर आर्थिक लाभका आधारमा गरेको समाचार आएको छ ।
३ नम्बर प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव कौशलकिशोर झा र मुख्यमन्त्री कार्यालयका सचिव रमेश शिवाकोटीले दररेट अनुसार शुभलाभ लिएर भ्रष्ट र बदनाम कर्मचारीहरुलाई यातायात कार्यालयमा पदस्थापन गरेका छन् । यसअघि यातायात कार्यालयमा बसेर अकूत सम्पत्ति आर्जन गर्ने करोडौंपति अधिकृतहरुलाई पुनः तिनै कार्यालयमा पदस्थापन गरिएको छ । ३ नम्बर प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयको कर्मचारी प्रशासन शाखाका उपसचिव लक्ष्मण थापाले अधिकृतहरुसँग यातायात कार्यालयमा टेण्डर गरी उठाउने काम गरेका थिए । उपसचिव थापाले शुभलाभ उठाएको सूची अनुसार नै सचिव झा र शिवाकोटीले सरुवा गरेको आरोप छ । नेकपाको दुईतिहाई सरकार भएको बेलामा निजामती कर्मचारी संगठन समर्थक शाखा अधिकृतलाई यातायात कार्यालयमा नपठाई छानीछानी कांग्रेस समर्थकहरुलाई पठाइएको छ । कतिपय दोस्रो र केही तेस्रो पटक पनि यातायातमै सरुवा हुन सफल भएका छन् । ३ नम्बर प्रदेशमा शाखा अधिकृतको सरुवापछि नायबसुब्बा सरुवा पनि आर्थिक चलखेलमै हुन लागेको स्रोतले बताएको छ । उपसचिव थापासहित सचिवद्वय झा र शिवाकोटीले नासु सरुवामा पनि चलखेल गरी त्यही जसले बढी कबोल गर्छ उसैलाई आकर्षक यातायात कार्यालयमा सरुवा गर्ने तयारी गरेका छन् ।
News Desk 0 response मङ्लबार, चैत्र ५, २०७५
३ नम्बर प्रदेशले सवारी चालक अनुमतिपत्र कार्यालय एकान्तकुना ललितपुर, जगाती र सुकेधारामा २६ शाखा अधिकृतको पदस्थापन गरेको छ । ८ शाखा अधिकृतलाई यातायात कार्यालय मोटरसाइकल थानकोटमा पदस्थापन गरेको छ । नगद बुझाएर यातायात कार्यालयमा पदस्थापन हुने शाखा अधिकृतहरुमा भक्तबहादुर भण्डारी, गणेशलाल महर्जन, डम्बरबहादुर चन्द, विनिता भण्डारी, संजय थापा, लेखनाथ पोखरेल, कपिल सिलवाल, रोहित पोखरेल, पवनकुमार पोखरेल, करुणा पराजुली, डण्डबहादुर बस्नेत, दीपककुमार पोखरेल, गोविन्द पुरी, कृष्ण श्रेष्ठ, धु्रवप्रसाद फुयाल, एकराज पोखरेल, अमुल पराजुली, उमेशकुमार दाहाल, यादवनाथ आचार्य लगायत रहेको दृष्टिले समाचार लेखेको छ ।

सम्बन्धित शीर्षकहरु
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



