

प्रदेशमा कर्मचारी सरुवा गर्दा रुपैयाँको मोलतोल
३ नम्बर प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव कौशलकिशोर झा र मुख्यमन्त्री कार्यालयका सचिव रमेश शिवाकोटीले दररेट अनुसार शुभलाभ लिएर भ्रष्ट र बदनाम कर्मचारीहरुलाई यातायात कार्यालयमा पदस्थापन गरेका छन् । यसअघि यातायात कार्यालयमा बसेर अकूत सम्पत्ति आर्जन गर्ने करोडौंपति अधिकृतहरुलाई पुनः तिनै कार्यालयमा पदस्थापन गरिएको छ ।
-
काठमाडौं । ३ नम्बर प्रदेशले २०७५ चैत ३ मा शाखा अधिकृत र कम्प्युटर अधिकृत गरी ४० जनाको पदस्थापन गर्दा मापदण्ड र बिधि पूरै लत्याएर आर्थिक लाभका आधारमा गरेको समाचार आएको छ ।
३ नम्बर प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव कौशलकिशोर झा र मुख्यमन्त्री कार्यालयका सचिव रमेश शिवाकोटीले दररेट अनुसार शुभलाभ लिएर भ्रष्ट र बदनाम कर्मचारीहरुलाई यातायात कार्यालयमा पदस्थापन गरेका छन् । यसअघि यातायात कार्यालयमा बसेर अकूत सम्पत्ति आर्जन गर्ने करोडौंपति अधिकृतहरुलाई पुनः तिनै कार्यालयमा पदस्थापन गरिएको छ । ३ नम्बर प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयको कर्मचारी प्रशासन शाखाका उपसचिव लक्ष्मण थापाले अधिकृतहरुसँग यातायात कार्यालयमा टेण्डर गरी उठाउने काम गरेका थिए । उपसचिव थापाले शुभलाभ उठाएको सूची अनुसार नै सचिव झा र शिवाकोटीले सरुवा गरेको आरोप छ । नेकपाको दुईतिहाई सरकार भएको बेलामा निजामती कर्मचारी संगठन समर्थक शाखा अधिकृतलाई यातायात कार्यालयमा नपठाई छानीछानी कांग्रेस समर्थकहरुलाई पठाइएको छ । कतिपय दोस्रो र केही तेस्रो पटक पनि यातायातमै सरुवा हुन सफल भएका छन् । ३ नम्बर प्रदेशमा शाखा अधिकृतको सरुवापछि नायबसुब्बा सरुवा पनि आर्थिक चलखेलमै हुन लागेको स्रोतले बताएको छ । उपसचिव थापासहित सचिवद्वय झा र शिवाकोटीले नासु सरुवामा पनि चलखेल गरी त्यही जसले बढी कबोल गर्छ उसैलाई आकर्षक यातायात कार्यालयमा सरुवा गर्ने तयारी गरेका छन् ।
News Desk 0 response मङ्लबार, चैत्र ५, २०७५
३ नम्बर प्रदेशले सवारी चालक अनुमतिपत्र कार्यालय एकान्तकुना ललितपुर, जगाती र सुकेधारामा २६ शाखा अधिकृतको पदस्थापन गरेको छ । ८ शाखा अधिकृतलाई यातायात कार्यालय मोटरसाइकल थानकोटमा पदस्थापन गरेको छ । नगद बुझाएर यातायात कार्यालयमा पदस्थापन हुने शाखा अधिकृतहरुमा भक्तबहादुर भण्डारी, गणेशलाल महर्जन, डम्बरबहादुर चन्द, विनिता भण्डारी, संजय थापा, लेखनाथ पोखरेल, कपिल सिलवाल, रोहित पोखरेल, पवनकुमार पोखरेल, करुणा पराजुली, डण्डबहादुर बस्नेत, दीपककुमार पोखरेल, गोविन्द पुरी, कृष्ण श्रेष्ठ, धु्रवप्रसाद फुयाल, एकराज पोखरेल, अमुल पराजुली, उमेशकुमार दाहाल, यादवनाथ आचार्य लगायत रहेको दृष्टिले समाचार लेखेको छ ।


सम्बन्धित शीर्षकहरु
-
बैरागीको नेतृत्वमा भिजिट भिषा छानविन
सोमवार, असार ९, २०८२ -
‘जिरोदेखि सर्वोच्च’सम्मको यात्रा
सोमवार, असार ९, २०८२ -
इरानको फोर्दो परमाणु केन्द्रमा इजरायली आक्रमण
सोमवार, असार ९, २०८२ -
अमला रोका रिहा भए लगत्तै पक्राउ परिन्
सोमवार, असार ९, २०८२ -
इरानबाट ११ जना नेपाली फर्किँदै
सोमवार, असार ९, २०८२
-
बैरागीको नेतृत्वमा भिजिट भिषा छानविन
सोमवार, असार ९, २०८२ -
‘जिरोदेखि सर्वोच्च’सम्मको यात्रा
सोमवार, असार ९, २०८२ -
इरानको फोर्दो परमाणु केन्द्रमा इजरायली आक्रमण
सोमवार, असार ९, २०८२ -
अमला रोका रिहा भए लगत्तै पक्राउ परिन्
सोमवार, असार ९, २०८२ -
इरानबाट ११ जना नेपाली फर्किँदै
सोमवार, असार ९, २०८२
-
टेक एण्ड पे प्रावधान हटाउन ..
बिहिबार, असार ५, २०८२ -
सुनचाँदी व्यवसायीहरुको माग पुरा गर्ने प्रधानमन्त्रीको आश्वासन
मङ्लबार, असार ३, २०८२ -
बीपी राजमार्गमा १५ दिनसम्म रात्री सवारी साधन..
शुक्रबार, असार ६, २०८२ -
दैलेखको जलजलेमा मिथेन ग्याँसको विशाल भण्डारण भएको..
बिहिबार, असार ५, २०८२ -
पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीमा फेरि सडक बन्द
शनिबार, असार ७, २०८२