

-
काडमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण, रत्नपार्क वितरण केन्द्रमा कार्यरत लेखापाल उमेशकुमार महतले ५२ लाख १३ हजार ५ सय ९० रुपैयाँ रकम हिनामिना गरेको प्रमाणसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ। महतलाई बैङ्कबाट बढी भुक्तानी लिएको, सुपरभाइजरको रकम भुक्तान भैसकेपछि पुनः निजकै नाममा १२ लाख ९३ हजार ४ सय ९२ रूपैयाँ एकहत्तर रुपैयाँको चेक काटी आफैले भुक्तानी लिएको, भुक्तानी गर्ने क्रममा कर्मचारीहरूका रकम भुक्तानी गर्न भौचर तयार गरी लेखा प्रमुख र कार्यालय प्रमुखबाट हस्ताक्षर गराई आफ्नै नाममा भुक्तानी लिई तथन यथार्थ भौचरलाई डिलेट गरेको लगायतका एक दर्जन विषयमा आर्थिक अनियमिता गरेको अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख छ।
महतलाई उक्त रकम बराबरको बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० र दफा ३ को उपदफा ९१० बमोजिम सजाय गर्न मागसहित मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी दिएको छ।
महतले उक्त केन्द्रका प्रमुख मनोजकुमार सिंह समेतको मिलेमतोमा ललितपुर वितरण केन्द्रमा सरुवा भएर जाँदा बरबुझारथ समेत नगरी गएको र ललितपुरमा समेत निजले २० लाख रकम हिनामिना गरेको सम्बन्धमा छानविन गर्दा १ करोड रकम हिनामिना गरेको भेटिएको छ।
महलते छानविन समितिलाई नै प्रभावमा पारी ३० लाख मात्र तिराई सफाइ दिन लागेको भन्ने समेत व्यहोराको उजुरी सम्बन्धमा थप अनुसन्धान गर्दा उनले रत्नपार्क वितरण केन्द्रमा कार्यरत रँहदा बैंक भुक्तानी भौचर आफैंले परिवर्तन गरी लेखा प्रमुख र कार्यालय प्रमुखलाई समेत जानकारी नगराएको भेटिएको छ ।
News Desk 0 response मङ्लबार, चैत्र ५, २०७५

सम्बन्धित शीर्षकहरु
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



