

डिजिटल मालपोत बनेपछि ७० प्रतिशत भ्रष्टाचार कम हुने
भूमि व्यवस्था मातहतका मालपोत र नापी कार्यालयहरूसँग जोडिएर सुशासनसँग जोडिएका प्रश्नहरू आउने गरेको भन्दै मन्त्री अर्यालले यसलाई प्रणालीगत रुपमा नै अन्त्य गर्न मन्त्रालय लागेको बताइन्।
-
काठमाडौं ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले डिजिटल मालपोत बनाउने अभियान सुरु गरेको छ। जनतासँग प्रत्यक्ष सरोकार राख्ने मालपोत र नापी कार्यालयसँग जोडिएर धेरै जनगुनासा आएकाले मालपोत र नापी कार्यालयलाई डिजिटल कार्यालय बनाउन लागिएको मन्त्रालयले जानकारी दिएको छ।
मालपोत कार्यालयलाई नमुना बनाउने अभियान पहिलो चरणमा काठमाडौं उपत्यकाका मालपोत तथा नापी कार्यालय कलंकीबाट डिजिटल सेवा सुरू गरिएको छ।
डिजिटल सेवाको अनुगमन गर्न कलंकी मालपोत कार्यालय पुगेकी मन्त्री पद्माकुमारी अर्यालले एक वर्षभित्र देशैभरका मालपोत र नापी कार्यालयलाई नमुना बनाउनेगरी मन्त्रालय अगाडी बढेको बताएकी छन्।
असार महिनाभित्र उपत्यकाका सबै मालपोत र नापी कार्यालय नमुना बनाउने र एक वर्षभित्र देभैभरका कार्यालय डिजिटल बनाउने गरी अघि बढेको मन्त्री अर्यालको भनाइ थियो।
देशैभरका २ सय ४४ वटा मालपोत र नापी कार्यालय एकवर्षभित्र डिजिटल बनाएर सबै कार्यालय डिजिटलमय बनाउने गरी हामी अघि बढेको मन्त्रालयले जनाएको छ ।
भूमि व्यवस्था मातहतका मालपोत र नापी कार्यालयहरूसँग जोडिएर सुशासनसँग जोडिएका प्रश्नहरू आउने गरेको भन्दै मन्त्री अर्यालले यसलाई प्रणालीगत रुपमा नै अन्त्य गर्न मन्त्रालय लागेको बताइन्।
पुराना कागजपत्र स्क्यानिङ गर्ने र डिजिटल भर्सनमा लगेर व्यवस्थित गर्नेगरी अघि बढेको भन्दै उनले कागजात पुरानो भएका कारण काम गर्न ढिलाइ भइरहेको जानकारी दिइन्।
अनलाइन सेवा शुरू भएका १९ वटा कार्यालय हेर्दा पछिल्ला वर्षहरूमा राजस्वमा बढोत्तरी भएकोले डिजिटल सेवा सफल हुने मन्त्री अर्यालको विश्वास छ।
-दीपक अर्यालवाट
News Desk 0 response आइतवार, चैत्र ३, २०७५


सम्बन्धित शीर्षकहरु
-
माओवादीको पदाधिकारी बैठक पेरिसडाँडामा सुरु
शनिबार, चैत्र ११, २०७९ -
समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक :..
शनिबार, चैत्र ११, २०७९ -
धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीन जनाको ज्यान..
शनिबार, चैत्र ११, २०७९ -
पर्यटकीय तथा धार्मिकस्थल खप्तड घुम्न ‘हेली टुर’
शनिबार, चैत्र ११, २०७९ -
नदी किनारमा बनेका अनधिकृत संरचना सात दिनभित्र..
शनिबार, चैत्र ११, २०७९
-
समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक :..
शनिबार, चैत्र ११, २०७९ -
धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीन जनाको ज्यान..
शनिबार, चैत्र ११, २०७९ -
पर्यटकीय तथा धार्मिकस्थल खप्तड घुम्न ‘हेली टुर’
शनिबार, चैत्र ११, २०७९ -
नदी किनारमा बनेका अनधिकृत संरचना सात दिनभित्र..
शनिबार, चैत्र ११, २०७९ -
मिथिलामा वासन्ती छठ पर्व सुरु
शनिबार, चैत्र ११, २०७९
-
सिंगापुरको छाङ्गी एयरपोर्ट विश्वकै उत्कृष्ट
शुक्रबार, चैत्र ३, २०७९ -
स्थानीय सरकारसँग सहकार्य गर्दै काठमाडौँ विश्वविद्यालय
मङ्लबार, चैत्र ७, २०७९ -
रासायनिक मलको रित्तो गोदाममा सरकारी टोलीको अनुगमन
शनिबार, चैत्र ४, २०७९ -
नेपाल विश्व कप छनोटमा पुग्न यूएईसँगको खेल..
बिहिबार, चैत्र २, २०७९ -
उपराष्ट्रपतिको निर्वाचनको मतगणना सुरु
शुक्रबार, चैत्र ३, २०७९