

सेनाले निर्माण गरिरहेको द्रुतमार्ग तोकिएकै समयमा सकिने विकास समितिको निचोड
समितिकी सभापति कल्याणी खड्काले समितिको बैठकमा सो द्रुतमार्गको स्थलगत अवलोकनसम्बन्धी प्रतिवेदन पेस गर्दै नेपाली सेनाले सो द्रुतमार्ग निर्माणको काम प्रभावकारी ढंगले अघि बढाएको पनि जानकारी दिईन। ७६ दशमलब २ किलोमिटर लम्बाई रहेको सो द्रुतमार्गको ५४ किलोमिटरको काम नेपाली सेनाले सम्पन्न गरिसकेको छ।
-
काठमाडौं ।
संघीय संसदको विकास तथा प्रविधि समिति अन्तर्गतको उपसमितिले द्रुतमार्गको स्थलगत अवलोकनपछि तयार पारेको प्रतिवेदनमा नेपाली सेनाले निर्माण गरिरहेको सो द्रुतमार्ग निर्माण कार्य तोकिएकै समयमा सम्पन्न हुने उल्लेख गरेको छ ।
समितिकी सभापति कल्याणी खड्काले समितिको बैठकमा सो द्रुतमार्गको स्थलगत अवलोकनसम्बन्धी प्रतिवेदन पेस गर्दै नेपाली सेनाले सो द्रुतमार्ग निर्माणको काम प्रभावकारी ढंगले अघि बढाएको पनि जानकारी दिईन। ७६ दशमलब २ किलोमिटर लम्बाई रहेको सो द्रुतमार्गको ५४ किलोमिटरको काम नेपाली सेनाले सम्पन्न गरिसकेको छ।
उपसमितिकी संयोजकसमेत रहेकी सभापति खड्काले स्थलगत अवलोकनको क्रममा सो द्रुतमार्गको ७० प्रतिशत निर्माण कार्य सम्पन्न भएको पाइएको उल्लेख गरिन्।
आयोजनाको निर्माणका लागि एक खर्ब १२ अर्ब बजेट लाग्ने अनुमान गरिएको उक्त मार्गको अध्ययन प्रतिवेदनमा काम बिना अवरोध अघि बढाउन सम्बन्धित स्थानीय तहसँग सहकार्यका साथ अघि बढ्न पनि नेपाली सेनालाई सुझाव दिइएको छ।
त्यसैगरी, स्थानीय स्तरमा भएका निर्माण सामग्रीको उचित प्रयोगमा ध्यान दिन पनि नेपाली सेनालाई सुझाव दिइएको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिइन्। स्थानीय निर्माण सामग्री प्रयोगमा कानुनी जटिलता देखिएको उल्लेख गर्दै प्रतिवेदनमा त्यसको उचित व्यवस्थापन गर्न पनि सरकारलाई सचेत गराइएको छ।
News Desk 0 response शुक्रबार, चैत्र १, २०७५
२०७४ साल बैसाख २१ गते तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले ४ वर्ष भित्र निर्माण कार्य सम्पन्न हुनेगरी सो द्रुतमार्गको निर्माणको काम नेपाली सेनालाई दिने निर्णय गरेको थियो।

सम्बन्धित शीर्षकहरु
-
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२ -
चिसोबाट जोगिन के गर्ने के नगर्ने ?
बिहिबार, कार्तिक २८, २०८२ -
देशभरको मौसम सफा
बिहिबार, कार्तिक २८, २०८२ -
सदर चिडियाखानामा कालो रङको चितुवा
बुधबार, कार्तिक २७, २०८२ -
प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको भेटवार्ता
बुधबार, कार्तिक २७, २०८२
-
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२ -
देशभरको मौसम सफा
बिहिबार, कार्तिक २८, २०८२ -
सदर चिडियाखानामा कालो रङको चितुवा
बुधबार, कार्तिक २७, २०८२ -
प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको भेटवार्ता
बुधबार, कार्तिक २७, २०८२ -
ट्रम्पद्वारा ‘एच–वान बी’ भिसाको बचाउ, अमेरिकासँग पर्याप्त..
बुधबार, कार्तिक २७, २०८२
-
भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे..
शुक्रबार, कार्तिक २२, २०८२ -
मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध
शुक्रबार, कार्तिक २२, २०८२ -
नेपाल प्रहरीका एसएसपी रानाभाटको राजीनामा स्वीकृत
बिहिबार, कार्तिक २१, २०८२ -
कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ३..
आइतवार, कार्तिक २४, २०८२ -
आन्दोलनमा घर जलाइएका एक उच्च अधिकारी,सरकारी सम्पत्ति..
मङ्लबार, कार्तिक २६, २०८२



