

औषधी व्यवस्था विभागका महानिर्देशकलाई नयाँ औषधी खोजी
विषय विज्ञता नै नभएको कनिष्ठ व्यक्तिलाई निमित्त प्रमुखको जिम्मेवारी दिएको, कार्यालयको क्यान्टिन भाडामा लगाउने विषयमा समेत अनियमित निर्णय गरेको भनी कर्मचारीहरु विभिन्न निकायमा कराउन जाँदा पनि केही समाधान निस्किएको छैन ।
-
काठमाडौं ।
औषधी व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले अख्तियारको दुरुपयोग गर्दै अनियमित ढंगले काम गरेको उजुरी छ, तर कारवाही भएको छैन ।
News Desk 0 response शुक्रबार, चैत्र १, २०७५
अनधिकृत व्यक्तिलाई विभागको महत्वपूर्ण र संवेदनशील फाइल तथा कागजात जिम्मा लगाउनेदेखि कानुनले तोकेभन्दा बढी सुविधा लिनेमा उनले कीर्तिमान नै कायम गरेका छन् । विषय विज्ञता नै नभएको कनिष्ठ व्यक्तिलाई निमित्त प्रमुखको जिम्मेवारी दिएको, कार्यालयको क्यान्टिन भाडामा लगाउने विषयमा समेत अनियमित निर्णय गरेको भनी कर्मचारीहरु विभिन्न निकायमा कराउन जाँदा पनि केही समाधान निस्किएको छैन । विभागका कम्प्युटर अपरेटर नेत्रनारायण शर्मालाई कर्मचारी प्रशासन शाखाले पुस मसान्तदेखि लागु हुनेगरी जागिरबाट हटाएको पत्र थमायो । उनलाई करार सेवातर्फ कम्प्युटर अपरेटर पदमा भर्ना गर्न नसकिने भएकाले सेवा करार अवधी थप गरी कामकाजमा खटाउन नसकिने स्पष्ट व्यहोरासहित लेखिएको थियो । तर, ढकालका विश्वासपात्र भएकाले सेवाबाट हटाएको पत्र थमाए पनि शर्मा नियमित काम गरिरहेका छन् । पत्रमा आर्थिक तथा जिन्सी पनि फिर्ता गर्नु भनिएको छ । तर, उनले लिएका कुनै पनि सामग्री फिर्ता गरेका छैनन् । बरु उल्टै अन्य उच्च अधिकारीहरुको अधिकार खोसेर शर्मामार्फत् आर्थिक चलखेल गरिरहेको बताइन्छ । उनको काम नै महानिर्देशक ढकालको डिजाइनमा औषधी उत्पादक, फार्मेसी सञ्चालक, आयतकर्तालगायतसँग डिल गर्नु हो । कम्प्युटर अपरेटर भए पनि शर्माले अधिकृतस्तरको सेवा सुविधा लिइरहेका छन् । उनलाई ढकालको दबाबमा विभागले बा २ ब ६७६९ नम्बर प्लेट भएको मोटरसाइकल दिएको छ ।
महानिर्देशक ढकालले पदीय हैसियतको दुरुपयोग गर्दै दुई गाडी प्रयोग गरिरहेका छन् । चलिरहेको गाडी बनाउने भनेर लाखौँ खर्च गरी मर्मत गरेको गाडी थन्काएर राखेका छन् । मर्मत खर्चको नाममा चार लाखभन्दा बढी भुक्तानी लिएर घरमा नै राखेको बा १ झ ७१३१ को प्राडो गाडी हो । प्रायःजसो सो गाडी परिवारका सदस्यले निजी काममा प्रयोग गर्दै आएका छन् । उनले अहिले बा २ झ ३६२८ नम्बरको निसानको टोर्रानो कार प्रयोग गरिरहेका छन् ।
त्यस्तै, आफ्नो क्षेत्राधिकार नाघेर सरकारले निर्णय गर्नुपर्ने राष्ट्रिय औषधी प्रयोगशालामा रिक्त प्रमुख पद (एघारौं तह) मा शैलेश झालाई निमित्तको जिम्मेवारी दिएका छन् । उनी स्वास्थ्य सेवाका नभई निजामतीतर्फ इञ्जिनियरिङ सेवाअन्तर्गत केमिष्ट्री समूहका उपसचिव हुन् । उनलाई आर्थिक र प्रशासनिक अधिकारसहित पुस ३० गतेदेखि निमित्त प्रमुखको जिम्मेवारी दिइएको जनआस्थालाई प्राप्त कागजमा देखिन्छ ।
१० औं तहमा कार्यरत बरिष्ठ कर्मचारी प्रमोद केसी र शिवानी खड्गीको तलबस्केल पनि सहसचिव सरह रहेको छ । उपसचिवको ओहोदामा रहेका झा भन्दा सहसचिवसरहका केसी र खड्गी बरिष्ठ भए पनि झाको मातहतमा रहने गरी अधिकार प्रदान गरेकाले कार्यसम्पादनमा समस्या भएको जनआस्थाको समाचारमा उल्लेख छ ।

सम्बन्धित शीर्षकहरु
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



