• काठमाडौं ।

    यसवर्ष करीब ४ हजार बेरोजगार युवाले रोजगारका लागि निशुल्क तालीम पाउने भएका छन् । तालीमको लागि भृकुटीमण्डपमा आइतबारदेखि मङ्गलबारसम्म भौचर सङ्कलन गरिएको थियो। तालीममा प्रशिक्षार्थीलाई दैनिक ७५ रुपियाँ बराबरको खाजा समेत उपलब्ध गराइनेछ।

    शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको व्यवसायिक शिक्षा तथा तालीम अभिवृद्धि परियोजनाले यसवर्ष ३ हजार ६ सय ६० बेरोजगार युवालाई स्वरोजगार बनाउन निःशुल्क तालीम सञ्चालन गर्न लागको हो ।

    ३ सय ९० घण्टा सञ्चालन हुने तालीममा इलेक्ट्रेसियन, सिलाइकटाइ, जुनियर प्लम्बर, खाना पकाउने, कृषि, मोबाइल मर्मत, विभिन्न पहिरन निर्माण रहेका छन्।

    काठमाडौं उपत्यकाका विभिन्न तालीम प्रदायक संस्थाले दिने उक्त तालीममा देशभरिका १६ देखि ४० वर्ष उमेर समूहका साधारण लेखपढ जान्ने, आर्थिक रुपमा विपन्न भएकाले सहभागी हुन सक्नेछन्।

    तीन महीनाको तालीमपश्चात प्रशिक्षार्थीको तालीमको सीप परीक्षण गरेर ६ महिना रोजगारीमा जानु पर्नेछ। यसरी तालीमपश्चात तालीम दिने संस्थाले नै रोजगारीमा लगाउने दायित्व हुने छ ।