

फोहोर ब्यवस्थापनमा दैनिक दुई लाख खर्च गरेर २५ हजार आम्दानी गर्ने महानगर
महानगरपालिकासँग नौ सय ५६ सफाइ मजदुर छन् भने फोहार संकलनका लागि २१ गाडी छन् ।
-
काठमाडौ ।
काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापनमा दैनिक दुई लाख सात हजार खर्च गर्दै आएको छ । आम्दानी भने दैनिक २५ हजार मात्रै हुने गरेको छ । फोहोर व्यवस्थापनको जिम्मा लिएका निजी क्षेत्रबाट महानगरले उक्त रकम लिन्छ ।
महानगर क्षेत्रभित्र दैनिक तीन लाख ५० टन फोहोर उत्पादन हुन्छ । काठमाडौंको फोहोर सिसडोल ल्यान्डफिल साइटमा व्यवस्थापन गरिँदै आएको छ । निजी क्षेत्रले सिसडोलमा फोहोर फालेबापत ठूला गाडीको प्रतिटिप तीन सय ५० र साना गाडीले दुई सय ५० तिर्नुपर्छ । ‘उनीहरू ९निजी क्षेत्र० ले सिसडोलमा फोहार फाल्ने मात्रै गर्छन् । त्यसपछिको व्यवस्थापन महानगरले गर्छ । त्यसैले न्यूनतम शुल्क लिएका हौँ,’ प्रवक्ता ईश्वरमान डंगोलले भने ।महानगरले फोहोर व्यवस्थापनमा वार्षिक सात करोड ४५ लाख २० हजार खर्च गर्ने गरेको छ । फोहोर व्यवस्थापनमा उपत्यकाका अन्य स्थानीय तहले खर्च गर्दैनन् । अब भने महानगरपालिकाले अन्य स्थानीय तहसँग समन्वय गरेर खर्च बाँडफाँड गर्नुपर्ने प्रस्ताव अघि सारेको छ । महानगरपालिकासँग नौ सय ५६ सफाइ मजदुर छन् भने फोहार संकलनका लागि २१ गाडी छन् । काठमाडौं उपत्यकामा वार्षिक तीन लाख सात हजार टनभन्दा बढी फोहोर उत्पादन हुने गरेको नयाँ पत्रिकाले लेखेको छ ।
News Desk 0 response आइतवार, फाल्गुन २६, २०७५


सम्बन्धित शीर्षकहरु
-
अन्नपूर्ण क्षेत्रमा पदयात्री पर्यटकको चहलपहल
सोमवार, चैत्र १०, २०८१ -
‘ह्वाट्सएप’ ग्रुप बनाएर चिट चोराएको पुष्टि, परीक्षा..
सोमवार, चैत्र १०, २०८१ -
आयुर्वेदिक उपचारप्रति आकर्षण बढ्दै
सोमवार, चैत्र १०, २०८१ -
अझै नियन्त्रणमा आउन सकेन प्लाई उद्योगको आगलागी
सोमवार, चैत्र १०, २०८१ -
प्रथम राष्ट्रिय पानी सम्मेलन-नौ बुँदे काठमाडौँ घोषणापत्र..
सोमवार, चैत्र १०, २०८१
-
अन्नपूर्ण क्षेत्रमा पदयात्री पर्यटकको चहलपहल
सोमवार, चैत्र १०, २०८१ -
‘ह्वाट्सएप’ ग्रुप बनाएर चिट चोराएको पुष्टि, परीक्षा..
सोमवार, चैत्र १०, २०८१ -
अझै नियन्त्रणमा आउन सकेन प्लाई उद्योगको आगलागी
सोमवार, चैत्र १०, २०८१ -
प्रथम राष्ट्रिय पानी सम्मेलन-नौ बुँदे काठमाडौँ घोषणापत्र..
सोमवार, चैत्र १०, २०८१ -
म्याग्दीमा सडक पूर्वाधारका ७१ योजना
सोमवार, चैत्र १०, २०८१
-
गृह मन्त्रालय अन्तर्गतका ९ उपसचिवको सरुवा (सूचीसहित)
शुक्रबार, चैत्र ७, २०८१ -
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा अच्युत वाग्ले नियुक्त
मङ्लबार, चैत्र ४, २०८१ -
शिक्षकहरूको तालिमको मोडल परिवर्तन गर्दै शिक्षा मन्त्रालय
आइतवार, चैत्र ९, २०८१ -
राष्ट्रियसभा बैठक आज बस्दै, यस्तो छ संभावित..
आइतवार, चैत्र ९, २०८१