

फोहोर ब्यवस्थापनमा दैनिक दुई लाख खर्च गरेर २५ हजार आम्दानी गर्ने महानगर
महानगरपालिकासँग नौ सय ५६ सफाइ मजदुर छन् भने फोहार संकलनका लागि २१ गाडी छन् ।
-
काठमाडौ ।
काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापनमा दैनिक दुई लाख सात हजार खर्च गर्दै आएको छ । आम्दानी भने दैनिक २५ हजार मात्रै हुने गरेको छ । फोहोर व्यवस्थापनको जिम्मा लिएका निजी क्षेत्रबाट महानगरले उक्त रकम लिन्छ ।
महानगर क्षेत्रभित्र दैनिक तीन लाख ५० टन फोहोर उत्पादन हुन्छ । काठमाडौंको फोहोर सिसडोल ल्यान्डफिल साइटमा व्यवस्थापन गरिँदै आएको छ । निजी क्षेत्रले सिसडोलमा फोहोर फालेबापत ठूला गाडीको प्रतिटिप तीन सय ५० र साना गाडीले दुई सय ५० तिर्नुपर्छ । ‘उनीहरू ९निजी क्षेत्र० ले सिसडोलमा फोहार फाल्ने मात्रै गर्छन् । त्यसपछिको व्यवस्थापन महानगरले गर्छ । त्यसैले न्यूनतम शुल्क लिएका हौँ,’ प्रवक्ता ईश्वरमान डंगोलले भने ।महानगरले फोहोर व्यवस्थापनमा वार्षिक सात करोड ४५ लाख २० हजार खर्च गर्ने गरेको छ । फोहोर व्यवस्थापनमा उपत्यकाका अन्य स्थानीय तहले खर्च गर्दैनन् । अब भने महानगरपालिकाले अन्य स्थानीय तहसँग समन्वय गरेर खर्च बाँडफाँड गर्नुपर्ने प्रस्ताव अघि सारेको छ । महानगरपालिकासँग नौ सय ५६ सफाइ मजदुर छन् भने फोहार संकलनका लागि २१ गाडी छन् । काठमाडौं उपत्यकामा वार्षिक तीन लाख सात हजार टनभन्दा बढी फोहोर उत्पादन हुने गरेको नयाँ पत्रिकाले लेखेको छ ।
News Desk 0 response आइतवार, फाल्गुन २६, २०७५

सम्बन्धित शीर्षकहरु
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



