

अख्तियारका आयुक्तले लिएको घुस प्रकरणमा उपराष्ट्रपति पुत्र दीपेश पनि
अख्तियारले उपराष्ट्रपति पुनका छोरा दीपेश र अखिल क्रान्तिकारी नेता कैलाश मगर तथा उक्त प्रकरणमा मुछिएका एक दर्जनभन्दा बढी व्यक्तिसँग बयान लिन लागेपछि यसको खुलासा भएको हो ।
-
काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन आयुक्त राजनारायण पाठकको घुस प्रकरणमा उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन पनि जोडिएका छन् । अख्तियारले उपराष्ट्रपति पुनका छोरा दीपेश र अखिल क्रान्तिकारी नेता कैलाश मगर तथा उक्त प्रकरणमा मुछिएका एक दर्जनभन्दा बढी व्यक्तिसँग बयान लिन लागेपछि यसको खुलासा भएको हो ।
आयोगले पाठकलाई घुस बुझाउने चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज भक्तपुरका अध्यक्ष लम्बोदर न्यौपानेसँग बिहीबार बयान लिने भएको छ। राजपा नेपालका नेता ज्ञानेन्द्र झाले लम्बोदरको ७८ लाख रुपैयाँ पाठकलाई बुझाएका थिए। अस्ट्रेलियामा स्थायी बसोबासको अनुमति ९पीआर० पाएका लम्बोदर र अर्का सञ्चालक दीपक भट्टराईबीच इन्जिनियरिङ कलेजको स्वामित्वका विषयमा विवाद छ।
न्यौपाने पक्षले इन्जिनियरिङ कलेजलाई निजी भन्दै आएको छ भने भट्टराई पक्षले समुदायबाट सञ्चालित गैरमुनाफामूलक भएको बताउँदै आएको छ। विगत दुई वर्षदेखि भट्टराई पक्षले लम्बोदर पक्षलाई कलेजमा प्रवेश गर्न दिएको छैन। उक्त विवाद मिलाउन लम्बोदर राजपा नेतामार्फत तत्कालीन आयुक्त पाठककहाँ पुगेका थिए।
त्यस्तै अख्तियारले राजपा नेता झासँग १५ लाख लिने राजनारायणका भाइ शुभनारायणसँग बयान लिँदैछ। पाँच वर्षअघि शुभनारायणले छोरी पढाउन भनेर झासँग १५ लाख लिएका थिए। उनले त्यो रकम अहिलेसम्म फिर्ता गरेका छैनन्। अख्तियारले पाठकको भिडियो बनाउने नेकपाका कार्यकर्ता ध्वजमान मोक्तानसँग बयान लिनेछ। राजपा नेता झा र मोक्तानले भिडियो बनाएर पाठकको कर्तुत बाहिर ल्याएका थिए। अहिले मोक्तान भारतमा छन्। पाठकको घुस प्रकरणको अडियो–भिडियो झा र मोक्तानले सार्वजनिक गरेका थिए। शुभनारायणले लम्बोदर र झालाई आयुक्त पाठकसम्म पु¥याएका थिए। घुस विवाद मुछिएका शुभनारायण पूर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ विभागका डिन हुन्।यसैगरी अख्तियारले महानगरीय अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी धीरजप्रताप सिंहसँग पनि बयान लिने भएको छ। पाठकले भिडियो खिच्ने झा र मोक्तानलाई भिडियो डिलेट गराउन एसएसपी सिंह र उपराष्ट्रपतिका छोरा दीपेशको साथ लिन खोजेको पाइएको छ। घुस लिएर पनि काम नगरेपछि पाठकले घुस स्वीकारेको भिडियो–अडियो डिलिट गराउन एएसपी सिंह र पुनलाई प्रयोग गरेको अख्तियार स्रोतको दाबी छ।
दीपेशकहाँ पाठकको घुस प्रकरणको विषय पुगेपछि उनी आफैंले भिडियो खिच्ने झा र मोक्तानसँग कुराकानी गरेका थिए। तर कुरा ननमिलेपछि पुनले उनीहरूसँग थप कुरा गर्न कैलाश मगरलाई पठाएको अन्नपूर्णले लेखेको छ ।
News Desk 0 response बिहिबार, फाल्गुन २३, २०७५

सम्बन्धित शीर्षकहरु
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



