• काठमाडौँ ।

    दौडघुप बढेपछि प्रधामन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । फलोअपका लागि प्रधानमन्त्री त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका हुन् ।

    प्रधानमन्त्री ओली मुटुको नियमित परीक्षणका लागि भर्ना हुनुभएको त्रिवि शिक्षण अस्पतालस्थित मनामोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ ।

    उनको अहिले सेन्टरमै राखेर स्वास्थ्य परीक्षण भइरहेको छ ।

    कार्यकारी निर्देशक श्रेष्ठका अनुसार प्रारम्भीक परीक्षणमा प्रधानमन्त्री ओलीको स्वास्थ्य सामान्य देखिएको छ ।