• धनगढी ।

    केही समय अघि शपथ ग्रहण गरेका सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला भएको छ । कैलालीको टीकपुरमा ७ प्रहरी र एक नाबालकको ज्यान जाने गरी भएको हत्याकाण्डमा संलग्नताको आधारमा उनीहरुलाई सजया भएको हो ।

    जिल्ला न्यायाधीश परशुराम भट्टराईको इजलासले टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीसहित ११ जनालाई दोषी ठहर गरेको हो । यो घटनामा ३ जना अभियुक्तले सफाइ पाएका छन्। टीकापुर हत्याकाण्डपछि पक्राउ परेर हाल थुनामा रहेका १२ जनालाई २ देखि ३ वर्षसम्म कैद सजाय भएको छ

    उनीहरु हाल कैलाली कारागरामै कैद भुक्तान गरिरहेका छन् । उनीहरुले अदालतबाट तोकिए बमोजिमको सजाय भुक्तान गरिसकेकाले रिहा हुने भएका छन् ।

    टीकापुर हत्याकाण्डमा प्रहरीले ५८ जनाविरुद्ध कर्तव्य ज्यान, डाका चोरी र ज्यान मार्ने उद्योगको मुद्दा चलाएको थियो । ५८ जनामा २७ जना पक्राउ परिसकेका छन् । रेशमले भने अदालतमा पुगेर आत्मसर्मपण गरेका थिए । यो हत्याकाण्डमा संलग्न भनिएका ३१ जना अझै फरार रहेका छन् ।