

संघीय लोकसेवाकै मोडलमा प्रदेश लोकसेवा आयोग
संघीय सरकारसँग हाल रहेका कर्मचारीको समायोजन र प्रदेश लोकसेवा आयोग गठनले कर्मचारीतन्त्रको संघीय संक्रमण अन्त्य गर्दै छ । अहिलेसम्म विश्वसनीय मानिएको संघीय लोकसेवा आयोगको साख प्रदेश लोकसेवाले पनि कायम गर्न सक्छ कि सक्दैन भन्ने संशय उठेको छ ।
-
काठमाडौं । राष्ट्रियसभाबाट पारित भै प्रतिनिधिसभामा पुगेको विधेयक हेर्ने हो भने अधिकांश मापदण्ड संघीय लोकसेवा आयोगकै राखिएका छन् । संघीय आयोगले अपनाएकै सिद्धान्त, कार्यविधि र मापदण्ड अनुसार काम नभए त्यसलाई बदर गर्न सकिने व्यवस्था समेत गरिएको छ । प्रदेश र स्थानीय तहका कर्मचारी भर्ना गर्दा आयोगलाई पूरै विश्वसनीय बनाउन यस्तो प्रावधान राखिएको कानुन निर्माताको भनाइ छ । मुख्यमन्त्री अध्यक्ष र प्रदेश सभाका सभामुख तथा विपक्षी दलका नेता सदस्य रहेको समितिले प्रदेश लोकसेवाका पदाधिकारी नियुक्त गर्ने भनिएको छ । त्यसमा राजनीतिक भागबन्डा हुँदा कर्मचारी भर्नासमेत प्रभावित हुन सक्ने जोखिम कायमै छ ।
पुराना कर्मचारीको समायोजनपछि प्रदेश र स्थानीय तहका खाली दरबन्दीमा प्रदेश लोकसेवा आयोगले काम गर्ने तयारी छ । प्रदेशैपिच्छे त्यस्ता आयोग गठन गर्न राष्ट्रिय सभाबाट विधेयक पारित भइसकेको छ । र, प्रतिनिधि सभाबाट पारित भइ राष्ट्रपतिले प्रमाणीकरण गरेपछि प्रदेशमा लोकसेवा आयोग गठनको बाटो खुल्नेछ ।
संघीय सरकारसँग हाल रहेका कर्मचारीको समायोजन र प्रदेश लोकसेवा आयोग गठनले कर्मचारीतन्त्रको संघीय संक्रमण अन्त्य गर्दै छ । अहिलेसम्म विश्वसनीय मानिएको संघीय लोकसेवा आयोगको साख प्रदेश लोकसेवाले पनि कायम गर्न सक्छ कि सक्दैन भन्ने संशय उठेको छ । खासगरी परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण तथा अन्तर्वार्तामा सामान्य गडबढी भए पनि त्यसले सिंगो प्रणालीकै विश्वसनीयतालाइ कमजोर बनाउनेछ । आयोग गठन सम्बन्धी कानुन संघीय संसदले बनाए पनि कर्मचारी भर्ना सम्बन्धी कानुन, नियमावली र कार्यविधि प्रदेशबाटै हुन्छ ।
News Desk 0 response मङ्लबार, फाल्गुन २१, २०७५

सम्बन्धित शीर्षकहरु
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



