
संघीय लोकसेवाकै मोडलमा प्रदेश लोकसेवा आयोग
संघीय सरकारसँग हाल रहेका कर्मचारीको समायोजन र प्रदेश लोकसेवा आयोग गठनले कर्मचारीतन्त्रको संघीय संक्रमण अन्त्य गर्दै छ । अहिलेसम्म विश्वसनीय मानिएको संघीय लोकसेवा आयोगको साख प्रदेश लोकसेवाले पनि कायम गर्न सक्छ कि सक्दैन भन्ने संशय उठेको छ ।
-
काठमाडौं । राष्ट्रियसभाबाट पारित भै प्रतिनिधिसभामा पुगेको विधेयक हेर्ने हो भने अधिकांश मापदण्ड संघीय लोकसेवा आयोगकै राखिएका छन् । संघीय आयोगले अपनाएकै सिद्धान्त, कार्यविधि र मापदण्ड अनुसार काम नभए त्यसलाई बदर गर्न सकिने व्यवस्था समेत गरिएको छ । प्रदेश र स्थानीय तहका कर्मचारी भर्ना गर्दा आयोगलाई पूरै विश्वसनीय बनाउन यस्तो प्रावधान राखिएको कानुन निर्माताको भनाइ छ । मुख्यमन्त्री अध्यक्ष र प्रदेश सभाका सभामुख तथा विपक्षी दलका नेता सदस्य रहेको समितिले प्रदेश लोकसेवाका पदाधिकारी नियुक्त गर्ने भनिएको छ । त्यसमा राजनीतिक भागबन्डा हुँदा कर्मचारी भर्नासमेत प्रभावित हुन सक्ने जोखिम कायमै छ ।
पुराना कर्मचारीको समायोजनपछि प्रदेश र स्थानीय तहका खाली दरबन्दीमा प्रदेश लोकसेवा आयोगले काम गर्ने तयारी छ । प्रदेशैपिच्छे त्यस्ता आयोग गठन गर्न राष्ट्रिय सभाबाट विधेयक पारित भइसकेको छ । र, प्रतिनिधि सभाबाट पारित भइ राष्ट्रपतिले प्रमाणीकरण गरेपछि प्रदेशमा लोकसेवा आयोग गठनको बाटो खुल्नेछ ।
संघीय सरकारसँग हाल रहेका कर्मचारीको समायोजन र प्रदेश लोकसेवा आयोग गठनले कर्मचारीतन्त्रको संघीय संक्रमण अन्त्य गर्दै छ । अहिलेसम्म विश्वसनीय मानिएको संघीय लोकसेवा आयोगको साख प्रदेश लोकसेवाले पनि कायम गर्न सक्छ कि सक्दैन भन्ने संशय उठेको छ । खासगरी परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण तथा अन्तर्वार्तामा सामान्य गडबढी भए पनि त्यसले सिंगो प्रणालीकै विश्वसनीयतालाइ कमजोर बनाउनेछ । आयोग गठन सम्बन्धी कानुन संघीय संसदले बनाए पनि कर्मचारी भर्ना सम्बन्धी कानुन, नियमावली र कार्यविधि प्रदेशबाटै हुन्छ ।
News Desk 0 response मङ्लबार, फाल्गुन २१, २०७५


सम्बन्धित शीर्षकहरु
-
भरतपुरमा रेनु दाहालको मतान्तर बढ्यो, २२०५ मतको..
बुधबार, जेष्ठ ४, २०७९ -
बालेन शाहलाई ८ हजार ७८३ मतको अग्रता
बुधबार, जेष्ठ ४, २०७९ -
पूर्व अध्यक्ष थापालाई फिफाको चेतावनी
बुधबार, जेष्ठ ४, २०७९ -
ड्रग्स तस्करीका लागि मेक्सिको–अमेरिका सिमानामा रेल चल्ने..
बुधबार, जेष्ठ ४, २०७९ -
श्रीलङ्कालाई विश्व बैंकको १६ करोड डलर सहयोग,..
बुधबार, जेष्ठ ४, २०७९
-
बालेन शाहलाई ८ हजार ७८३ मतको अग्रता
बुधबार, जेष्ठ ४, २०७९ -
स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद वा..
बुधबार, जेष्ठ ४, २०७९ -
‘बजेटको प्राथमिकता कृषिको आधुनिकीकरण र यान्त्रीकरणमा हुनुपर्छ’
बुधबार, जेष्ठ ४, २०७९ -
पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न–गराउन आयोगको..
बुधबार, जेष्ठ ४, २०७९ -
गृहमन्त्री खाणसँग चिनियाँ राजदूत यान्छीको शिष्टाचार भेटघाट
बुधबार, जेष्ठ ४, २०७९
-
भोटेकोशीमा माओवादी जगाउने राजकुमार माओवादीकै कारण..
सोमवार, जेष्ठ २, २०७९ -
श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा
सोमवार, बैशाख २६, २०७९ -
अधिवक्ता केसीको कानून व्यवसायी प्रमाणपत्र रद्द
बिहिबार, बैशाख २९, २०७९ -
इलाममा गाडी भित्रै १७ वर्षीया किशोरी बलात्कृत
सोमवार, बैशाख २६, २०७९ -
उम्मेदवार मृत्युपछि तुलसीपुरमा आज मनोनयन दर्ता, जेठ..
बुधबार, बैशाख २८, २०७९