

-
काभ्रेपलाञ्चोक । प्रहरीले गत पुस १६ गते विराटनगरबाट बिपी राजमार्गहुँदै बनेपा आउँदै गरेको गाडीमा ‘नाइट्राभेट–१०’ नामक प्रतिबन्धित लागुऔषधिसहित दुई जनालाई पक्राउ गर्यो ।तराई क्षेत्रबाट बिपी राजमार्ग हुँदै आउने क्रममा काभ्रेपलाञ्चोक प्रहरीले नमोबुद्ध नगरपालिका–७ मङ्गलटारमा गाडी खानतलासी गर्दा सुनसरी गढी गाउँपालिका–३ छिटाहाका २० वर्षीय सरोजकुमार मेहता र भारतको कानपुरस्थित यूपीका २१ वर्षीय मनोजकुमार मेहतालाई ७५० चक्की नाइट्राभेट–१० लागुऔषधसहित पक्राउ गरेर लागुऔषध ऐन–२०३३ अनुसार मुद्दा चलायो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रवीराज खड्काले भने, ‘प्राप्त सूचना आधारमा खानतलासी ग¥यौँ, अहिलेसम्मकै ठूलो परिमाणमा लागुऔषध बरामद ग¥यौँ, ओसारपसार गर्ने व्यक्ति पक्राउ गरी ऐन अनुसारको मुद्दा चलाएका छौँ । अहिले उनीहरु थुनामा छन् ।’
पक्राउ परेकाले भारतका विभिन्न स्थानबाट लागुऔषध सङ्कलन गरी बनेपा र आसपासका शहरमा बिक्री गर्दै आएको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक खड्काले बताए ।
गत पुस महीनामा इलाका प्रहरी कार्यालय बनेपाले पनि प्राप्त सूचनाका आधारमा नै नाइट्राभेट–१० नामक लागुऔषधको ८२ पत्तासहित बनेपा नपाकै विभिन्न स्थानबाट सात जनालाई पक्राउ ग¥यो । इप्रका बनेपाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईका अनुसार पुस १३ गते बनेपा नपा–१३ स्थित साँगाबाट ५० पत्ता ९एक हजार पाँच सय १४ चक्की० बोकेका तनहुँ शुक्लागण्डकी नपा–१ का २४ वर्षीय उत्तम कार्की र खोटाङ चिउरीडाँडा नपाका २५ वर्षीय आशिष थापालाई पक्राउ गरियो ।
प्रहरीले कार्की र थापाको बयानकै आधारमा पुस १७ गते राति अरनिको राजमार्गको बनेपा–१३ साँगामा काठमाडौँबाट बनेपातर्फ मोटरसाइकलमा आउँदै गरेको अवस्थामा विराटनगर महानगरपालिका–१५ का २३ वर्षीय प्रशिल थापा क्षेत्री र मोरङ सुनबर्सी नपा–६ का ३६ वर्षीय देवकुमार राजवंशीलाई झोलामा लुकाएको अवस्थामा २५ पत्ता लागुऔषधसहित पक्राउ गर्यो ।
सोही रातिनै बनेपा नपा–८ चाँदनीचोकबाट बनेपा नपा–१० जनागालका २३ वर्षीय सविन हुमागाईं, महोत्तरी लक्ष्मिनीया गाउँपालिका–३ का ४० वर्षीय लालबाबु मण्डल र २४ वर्षीय अजय शाहलाई सातपत्ता नाइट्राभेट–१० सहित पक्राउ ग¥यो । प्रहरीले प्राप्त सूचनाकै आधारमा मात्रै जेकजाँच गरी लागुऔषध बरामद तथा ओसापसारकर्ता पक्राउ गरी सार्वजनिक गर्ने गरेको छ ।
घटना विवरणअनुसार पछिल्लो समय लागुऔषधको ‘ट्रान्जिट प्वाइन्ट’ काभ्रेपलाञ्चोक बन्दै गएको देखिन्छ । प्रहरीले पनि नियमित चेकजाँच नगर्दा लागुऔषध कारोबार फस्टाउँदै गएको मानवअधिकारकर्मी भोजराज तिमल्सिना बताउँछन् ।
उनी भन्छन्, ‘तराईसँग छोटो दुरीका रुपमा प्रयोग गरिने बिपी राजमार्गबाट लागुऔषध भित्रिने गरेको पाइएको छ, प्रहरीले त्यसबारे योजना नै बनाउनुपर्ने देखिन्छ ।’ उनका अनुसार बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास)बाट लागुऔषध तस्करी भएको घटनाले पनि राजमार्गमा प्रहरीले आफ्ना गतिविधि बढाउनुपर्ने आवश्यकता छ ।
प्रतिबन्धित लागुऔषध विशेषगरी युवा पुस्ताले प्रयोग गरेको पाइएको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक खड्काले बताए । उनी भन्छन्, ‘अनुसन्धानबाट विशेषगरी विद्यालय र कलेजका युवाले अवैध लागुऔषध नाइट्राभेट बढी प्रयोग गरिएको पाइएको छ, यस्ता लागुऔषध नशाका लागि सेवन गर्ने गरेको देखिन्छ ।’ उनका अनुसार यस्ता लागुऔषध भारतबाट तराईहुँदै बनेपा र राजधानी तथा शहरी क्षेत्रमा बिक्री वितरण हुनेगरेको देखिन्छ ।
प्रहरीको अनुसन्धानबाट अवैध लागुऔषध नाइट्रोभेट प्रतिचक्की एक हजारदेखि एक हजार पाँचसय रुपैयाँसम्ममा बिक्री हुने गरेको खुलेको छ । नाइट्राभेट–१० एक पत्तामा १५ चक्की हुन्छ । छिमेकी देश भारतमा निद्रा नलाग्दा प्रयोग गरिने नाइट्राभेट–१० नेपालमा प्रतिबन्धित औषधि हो ।
जिल्ला प्रहरी कार्यालय धुलिखेलको तथ्याङ्कअनुसार बितेको तीन वर्षको अवधिमा लागुऔषध ओसारपसार सम्बन्धी ३१ वटा मुद्दा दर्ता भएका छन् । उक्त मुद्दामा ६० जना पक्राउ परेका छन् । ‘पक्राउ परेकामध्ये अधिकांशले भरियाको रुपमा काम गरिरहेको बयान दिएका छन्’ प्रहरी उपरीक्षक खड्काले भने, ‘डरलाग्दो अवस्थामा लागुऔषध ओसारपसार हुन थालेपछि नियन्त्रणका लागि अभियान नै थाल्ने योजना बनाउँदैछौँ ।’
News Desk 0 response सोमवार, फाल्गुन २०, २०७५

सम्बन्धित शीर्षकहरु
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सकिने
शुक्रबार, असार २६, २०८३-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
एमाले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा..
बिहिबार, असार २५, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३
-
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त
बुधबार, असार २४, २०८३ -
सबैभन्दा छाेटाे माैद्रिक नीति सार्वजनिक (पूर्णपाठ)
मङ्लबार, असार २३, २०८३



