

-
काठमाडौं ।
पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य स्थिति नाजूक भएपछि एक महिना अघिदेखि अस्पतालमा राखिएको थियो । शनिवार राति अधिकारीको ८२ वर्षको उमेरमा निधन भएको अस्पतालले जानकारी दियो । महोत्तरी जिल्लामा जन्मिएका अधिकारीको स्थायी ठेगना भने मोरङ विराटनगर हो । हाल उनी ललितपुरको सानेपामा बस्दै आएका थिए। उनका तीन सन्तान छन् । अर्थशास्त्र र कानूनमा एमए गरेका अधिकारी २००८ सालदेखि राजनीतिमा सक्रिय रहेका थिए। राजनीतिक यात्राका क्रममा चार वर्ष भूमिगत, तीन वर्ष निर्वासन बिताएका थिए। अधिकारीका नेपालमा औद्योगीकरणका समस्या, मेरो जीवनयात्रा नामक किताब पनि प्रकाशन भएका छन्। चारपटक अर्थमन्त्री, एकपटक यातायात तथा निर्माणमन्त्री, चारपटक सांसद, संसदीय दलको उपनेता, प्रमुख सचेतक, पार्टीको आर्थिक, उद्योग, संसदीय, अनुगमन जस्ता विभाग प्रमुख जस्ता भूमिका निर्वाहा गरेका थिए। आफ्नो गाउँ आफैँ बनाऊँदेखि तत्कालीन एमाले सरकारको पालामा वृद्धवृद्धालाई भत्ता दिनेगरी बजेट विनियोजन गरेको कारण उनलाई लोकप्रिय नेताको रूपमा लिइन्छ। नेता अधिकारीले पार्टीका विभिन्न विभागमा बसेर काम गर्नेखि पाँच पटक मन्त्री पद सम्हालेका थिए।
News Desk 0 response आइतवार, फाल्गुन १९, २०७५

सम्बन्धित शीर्षकहरु
बिहार चुनावको एक्जिट पोल : ‘एनडीए’लाई बहुमतको संकेत, विपक्षीद्वारा अस्वीकार
बुधबार, कार्तिक २७, २०८२-
लोक सेवा आयोगले माग्यो १७० कर्मचारी (विज्ञापनसहित)
बुधबार, कार्तिक २७, २०८२ -
आजको मौसम कस्तो रहला ?
बुधबार, कार्तिक २७, २०८२ -
भीम रावल आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित..
बुधबार, कार्तिक २७, २०८२ -
बिहार चुनावको एक्जिट पोल : ‘एनडीए’लाई बहुमतको..
बुधबार, कार्तिक २७, २०८२ -
मेलम्ची खानेपानी आयोजनामा देखिएको अवरोध हट्यो
बुधबार, कार्तिक २७, २०८२
-
लोक सेवा आयोगले माग्यो १७० कर्मचारी (विज्ञापनसहित)
बुधबार, कार्तिक २७, २०८२ -
आजको मौसम कस्तो रहला ?
बुधबार, कार्तिक २७, २०८२ -
भीम रावल आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित..
बुधबार, कार्तिक २७, २०८२ -
बिहार चुनावको एक्जिट पोल : ‘एनडीए’लाई बहुमतको..
बुधबार, कार्तिक २७, २०८२ -
मेलम्ची खानेपानी आयोजनामा देखिएको अवरोध हट्यो
बुधबार, कार्तिक २७, २०८२
-
भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे..
शुक्रबार, कार्तिक २२, २०८२ -
मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध
शुक्रबार, कार्तिक २२, २०८२ -
‘स्टोरकिपर’ हाकिमसँगै पत्रकारदेखि नेतासम्म खुशी पार्नुपर्ने पात्र
सोमवार, कार्तिक १८, २०८२ -
नेपाल प्रहरीका एसएसपी रानाभाटको राजीनामा स्वीकृत
बिहिबार, कार्तिक २१, २०८२ -
कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ३..
आइतवार, कार्तिक २४, २०८२



