

-
काठमाडौं ।
पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य स्थिति नाजूक भएपछि एक महिना अघिदेखि अस्पतालमा राखिएको थियो । शनिवार राति अधिकारीको ८२ वर्षको उमेरमा निधन भएको अस्पतालले जानकारी दियो । महोत्तरी जिल्लामा जन्मिएका अधिकारीको स्थायी ठेगना भने मोरङ विराटनगर हो । हाल उनी ललितपुरको सानेपामा बस्दै आएका थिए। उनका तीन सन्तान छन् । अर्थशास्त्र र कानूनमा एमए गरेका अधिकारी २००८ सालदेखि राजनीतिमा सक्रिय रहेका थिए। राजनीतिक यात्राका क्रममा चार वर्ष भूमिगत, तीन वर्ष निर्वासन बिताएका थिए। अधिकारीका नेपालमा औद्योगीकरणका समस्या, मेरो जीवनयात्रा नामक किताब पनि प्रकाशन भएका छन्। चारपटक अर्थमन्त्री, एकपटक यातायात तथा निर्माणमन्त्री, चारपटक सांसद, संसदीय दलको उपनेता, प्रमुख सचेतक, पार्टीको आर्थिक, उद्योग, संसदीय, अनुगमन जस्ता विभाग प्रमुख जस्ता भूमिका निर्वाहा गरेका थिए। आफ्नो गाउँ आफैँ बनाऊँदेखि तत्कालीन एमाले सरकारको पालामा वृद्धवृद्धालाई भत्ता दिनेगरी बजेट विनियोजन गरेको कारण उनलाई लोकप्रिय नेताको रूपमा लिइन्छ। नेता अधिकारीले पार्टीका विभिन्न विभागमा बसेर काम गर्नेखि पाँच पटक मन्त्री पद सम्हालेका थिए।
News Desk 0 response आइतवार, फाल्गुन १९, २०७५

सम्बन्धित शीर्षकहरु
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



