

प्रधानमन्त्री ओलीको नजरमा रवीन्द्र अधिकारी विकासवादी नेता
वाइडबडीमा रबीन्द्रले केही नगरेको ओलीको भनाई थियो । कर्मठ र क्रियाशील मानिसलाई अनुचित ढंगले आरोप लगाईएको ओलीको भनाई थियो । ओलीले रवीन्द्रको सम्झना गर्दै यो कार्यकालमा भएको कामको फेहरिस्ता पनि सुनाए ।
-
काठमाडौं ।
नेकपाको संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले रवीन्द्र अधिकारीलाई विकासप्रेमी र जनप्रिय नेताका रूपमा सम्झना गरे। संसदीय दलका नेतासमेत बोलिरहेका ओली बोलिरहँदा नेकपाका सांसद भावुक भएका थिए। प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदले परिवारका सदस्यहरूलाई सहयोग गर्न सरकार तयार रहेको र अलपत्र पर्न नदिने प्रतिवद्धता सुनाए। उनले सरकारले छानबिन समिति गठन गरेको र अब त्यस्ता दुर्घटना नहोउन भनेर सचेतता अपनाउने पनि बताए। प्रधानमन्त्रीले मन्तव्यको लामो समय दिवंगत मन्त्री रवीन्द्र अधिकारीको व्यक्तित्व र कामका बारेमा खर्चिएका थिए।
News Desk 0 response शुक्रबार, फाल्गुन १७, २०७५
प्रधानमन्त्री ओलीले अत्यन्त अनुचीत ढंगले अधिकारीका बारे कुनै सरोकार नभएको विषयमा वाइडबडीको सन्दर्भ जोडेर केही तत्वहरूले बदनाम गर्न खोजेको बैठकमा सुनाए । वाइडबडीमा रबीन्द्रले केही नगरेको ओलीको भनाई थियो । कर्मठ र क्रियाशील मानिसलाई अनुचित ढंगले आरोप लगाईएको ओलीको भनाई थियो । ओलीले रवीन्द्रको सम्झना गर्दै यो कार्यकालमा भएको कामको फेहरिस्ता पनि सुनाए । नचलेका विमानस्थल चालु गर्ने, अपग्रेड गर्ने, राति चल्ने बनाउने, अहिलेसम्म ६ विमानस्थल अपग्रेड गरेर राति पनि संचालनमा ल्याउने काम रवीन्द्रकै अगुवाईमा भएको ओलीको भनाई छ । जनकपुर झापा विराटनगर र धनगढी विमासन्थल विस्तार गर्ने योजना अधिकारीकै भएको प्रधानमन्त्रीले सुनाए ।


सम्बन्धित शीर्षकहरु
-
अमेरिकी आकाशमा आफ्नो बेलुन पुगेको घटनाप्रति चीनले..
शनिबार, माघ २१, २०७९ -
लोकतन्त्र बलियो हुन प्रेस बलियो हुनुपर्छ :..
शनिबार, माघ २१, २०७९ -
संविधानको उल्लङ्घन गर्नेहरु नै सरकारमा जाँदा सङ्कट..
शनिबार, माघ २१, २०७९ -
तापक्रम बढ्दै, तत्काल पानी पर्ने सम्भावना हट्यो
शनिबार, माघ २१, २०७९ -
रबिको अल्टिमेटम आज सकिँदै, गृह मन्त्रालय नदिने..
शनिबार, माघ २१, २०७९
-
लोकतन्त्र बलियो हुन प्रेस बलियो हुनुपर्छ :..
शनिबार, माघ २१, २०७९ -
संविधानको उल्लङ्घन गर्नेहरु नै सरकारमा जाँदा सङ्कट..
शनिबार, माघ २१, २०७९ -
तापक्रम बढ्दै, तत्काल पानी पर्ने सम्भावना हट्यो
शनिबार, माघ २१, २०७९ -
खर्च कटौती गर्न पालिका र जिल्ला समन्वय..
शनिबार, माघ २१, २०७९ -
नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग..
शुक्रबार, माघ २०, २०७९
-
अर्थतन्त्रका सूचकहरु अझै चिन्ताजनक : प्रधानमन्त्री
बिहिबार, माघ १२, २०७९ -
मधेस प्रदेशका दुई सांसदले आज शपथ लिए
बुधबार, माघ ११, २०७९ -
बैतडीमा महिला टी–२० क्रिकेट आजदेखि
बिहिबार, माघ १२, २०७९ -
आज शहीद दिवस : विभिन्न कार्यक्रम गरी..
सोमवार, माघ १६, २०७९ -
आत्मनिर्भर लघुवित्तको आइपिओ खुला
सोमवार, माघ १६, २०७९