

-
काठमाडौं ।
विभिन्न जिल्ला र उच्च अदालतबाट तानिएका ११ न्यायाधीशमाथि न्यायपरिषद्ले छानबिन गरिरहेको छ । तानिएका विराटनगर उच्च अदालतका ८ तथा काठमाडौं, ललितपुर र तनहुँ जिल्ला अदालतका एक–एक न्यायाधीशमाथि छुट्टाछुट्टै समिति बनाएर छानबिन भइरहेको छ ।
विराटनगरबाट तानिएका मुख्य न्यायाधीश डा कुलरत्न भुर्तेल, न्यायाधीशहरू नागेन्द्र लाभ कर्ण, थीरबहादुर कार्की, सारंगा सुवेदी, उमेशकुमार पौड्याल, उमेशकुमार सिंह, साधुराम सापकोटा र जनक पाण्डेमाथि छानबिन गर्न सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको नेतृत्वमा समिति गठन गरिएको छ । १५ माघको न्यायपरिषद् बैठकले फागुन मसान्तसम्म प्रतिवेदन पेस गर्न समितिलाई समय तोकेको छ ।
त्यस्तै, जिल्ला अदालत काठमाडौंबाट न्यायपरिषद्मा काजसरुवा भएका न्यायाधीश बाबुकाजी बानियाँ, ललितपुरका विश्वमंगल आत्रेय र तनहुँका ओमकार उपाध्यायको छानबिन पनि छुट्टाछुट्टै समितिमार्फत भइरहेको छ । १७ माघमा पाँच लाख घुससहित काठमाडौं जिल्ला अदालतका नायब सुब्बा भोलानाथ चालिसे पक्राउ परेपछि न्यायाधीश बानियाँ पनि संलग्न रहेको आशंकामा न्यायपरिषद्मा तानिएका थिए । परिषद्ले बानियाँको छानबिनका लागि २ फागुनमा सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा समिति गठन गरेको थियो । प्रतिवेदन बुझाउन समितिलाई १५ दिनको म्याद दिएको छ ।
यस्तै, न्ययाधीश आत्रेय र उपाध्यायमाथि छानबिनका लागि १७ माघको न्यायपरिषद् बैठकले सर्वोच्चका न्यायाधीश डा आनन्दमोहन भट्टराईको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । यो समितिलाई भने ४५ दिनको समय दिएर प्रतिवेदन बुझाउन भनेको छ । न्यायपरिषद्का प्रवक्ता सहसचिव रामेश्वर रेग्मीले तानिएका न्यायाधीशमाथि छानबिन भइरहेको बताएको नयाँ पत्रिकाले लेखेको छ ।
News Desk 0 response मङ्लबार, फाल्गुन १४, २०७५


सम्बन्धित शीर्षकहरु

एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा, यस बर्ष पाँच लाख १४ हजार ७१ जना सहभागी हुँदै
सोमवार, चैत्र ३, २०८१-
प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त
सोमवार, चैत्र ३, २०८१ -
गणतन्त्र उल्ट्याउने कुनै पनि प्रयास सफल हुन..
सोमवार, चैत्र ३, २०८१ -
धनुषामा गोली चल्यो, एक जना घाइते
सोमवार, चैत्र ३, २०८१ -
एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा, यस बर्ष..
सोमवार, चैत्र ३, २०८१ -
अमेरिकाद्वारा भेनेजुएलाका आपराधिक गिरोह सदस्यहरूलाई देश निकाला
सोमवार, चैत्र ३, २०८१
-
प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त
सोमवार, चैत्र ३, २०८१ -
गणतन्त्र उल्ट्याउने कुनै पनि प्रयास सफल हुन..
सोमवार, चैत्र ३, २०८१ -
धनुषामा गोली चल्यो, एक जना घाइते
सोमवार, चैत्र ३, २०८१ -
एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा, यस बर्ष..
सोमवार, चैत्र ३, २०८१ -
स्ववियु चुनाव शान्तिपूर्ण रुपमा गराउन शिक्षा मन्त्रालयको..
सोमवार, चैत्र ३, २०८१
-
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
विपन्न समुदायका लागि कोहलपुरमा नमूना बस्ती निर्माण
शुक्रबार, फाल्गुन ३०, २०८१ -
जनकपुरधाममा महामूर्ख साबित गर्न तछाडमछाड
शुक्रबार, फाल्गुन ३०, २०८१ -
सडकमा फोहोर गरेको र क्षति पुर्याएको भन्दै..
सोमवार, फाल्गुन २६, २०८१ -
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
बुधबार, फाल्गुन २८, २०८१