

-
काठमाडौं ।
विभिन्न जिल्ला र उच्च अदालतबाट तानिएका ११ न्यायाधीशमाथि न्यायपरिषद्ले छानबिन गरिरहेको छ । तानिएका विराटनगर उच्च अदालतका ८ तथा काठमाडौं, ललितपुर र तनहुँ जिल्ला अदालतका एक–एक न्यायाधीशमाथि छुट्टाछुट्टै समिति बनाएर छानबिन भइरहेको छ ।
विराटनगरबाट तानिएका मुख्य न्यायाधीश डा कुलरत्न भुर्तेल, न्यायाधीशहरू नागेन्द्र लाभ कर्ण, थीरबहादुर कार्की, सारंगा सुवेदी, उमेशकुमार पौड्याल, उमेशकुमार सिंह, साधुराम सापकोटा र जनक पाण्डेमाथि छानबिन गर्न सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको नेतृत्वमा समिति गठन गरिएको छ । १५ माघको न्यायपरिषद् बैठकले फागुन मसान्तसम्म प्रतिवेदन पेस गर्न समितिलाई समय तोकेको छ ।
त्यस्तै, जिल्ला अदालत काठमाडौंबाट न्यायपरिषद्मा काजसरुवा भएका न्यायाधीश बाबुकाजी बानियाँ, ललितपुरका विश्वमंगल आत्रेय र तनहुँका ओमकार उपाध्यायको छानबिन पनि छुट्टाछुट्टै समितिमार्फत भइरहेको छ । १७ माघमा पाँच लाख घुससहित काठमाडौं जिल्ला अदालतका नायब सुब्बा भोलानाथ चालिसे पक्राउ परेपछि न्यायाधीश बानियाँ पनि संलग्न रहेको आशंकामा न्यायपरिषद्मा तानिएका थिए । परिषद्ले बानियाँको छानबिनका लागि २ फागुनमा सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा समिति गठन गरेको थियो । प्रतिवेदन बुझाउन समितिलाई १५ दिनको म्याद दिएको छ ।
यस्तै, न्ययाधीश आत्रेय र उपाध्यायमाथि छानबिनका लागि १७ माघको न्यायपरिषद् बैठकले सर्वोच्चका न्यायाधीश डा आनन्दमोहन भट्टराईको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । यो समितिलाई भने ४५ दिनको समय दिएर प्रतिवेदन बुझाउन भनेको छ । न्यायपरिषद्का प्रवक्ता सहसचिव रामेश्वर रेग्मीले तानिएका न्यायाधीशमाथि छानबिन भइरहेको बताएको नयाँ पत्रिकाले लेखेको छ ।
News Desk 0 response मङ्लबार, फाल्गुन १४, २०७५

सम्बन्धित शीर्षकहरु
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



