

सुरक्षा अभावमा सर्वसाधारण मारिदै, पूर्वभीआईपीलाई नीति बिपरित सुरक्षाकर्मी
सुरक्षा चुनौतीको मूल्यांकनबिनै एकै व्यक्तिको नाममा राज्यले १२ जनासम्म सुरक्षाकर्मी, गाडी र मासिक १ हजार लिटर इन्धन दिइरहेको छ । वर्षौंअघि उपप्रधानमन्त्री र गृहमन्त्री भएकै आधारमा अहिले गाडीसहित सुरक्षाकर्मी खटाउँदा राज्यको स्रोतसाधन त दुरुपयोग भइरहेको छ नै, देशमा शान्ति सुरक्षा ठिक छैन भन्ने सन्देश पनि प्रवाहित गर्छ ।
-
काठमाडौं ।
केन्द्रीय राजधानीमै बम विष्फोट भएर सुरक्षामा चुनौती थपिईरहेको छ । सुरक्षाकर्मीको अभावमा आक्रमणकारी तथा अपराधीले खुल्लारुपमा अपराध गरिरेहका छन् । तर, सरकारका सुरक्षा निकायका ब्यक्ति भने नेता र प्रहरीकै सेवामा फुर्सत पाएका छैनन् । पद र चुनौती हेरेर पूर्वपदाधिकारीलाई सुरक्षा दिनुपर्छ । तर, मुलुकको शान्ति सुरक्षा सामान्य रहेको अवस्थामा भने पदमा बहाल नरहेकाहरुका लागि सुरक्षाकर्मीको लावालस्कर लगाउनु स्वाभाविक होइन । बरु त्यही जनशक्ति र स्रोतसाधन अन्य क्षेत्रमा परिचालन गर्न सके मुलुककै शान्ति सुरक्षा बलियो बनाउन मद्दत पुग्नेछ ।
सशस्त्र प्रहरी बलका एक सय १५ वटा युनिटमा एउटा पनि गाडी छैन । तर कार्यविधि विपरीत पूर्वउपप्रधान तथा गृहमन्त्रीको पछुवाका लागि मात्रै २६ वटा गाडी परिचालित छन् । पछुवाका रुपमा दुई सय जनशक्ति पनि खटाइएको छ । १५ वर्षअघि मन्त्री भएकाहरुले समेत सुरक्षाकर्मी र गाडी फिर्ता गरेका छैनन् । जबकि कार्यविधिमा पूर्वउपप्रधानमन्त्री र गृहमन्त्रीलाई बढीमा तीन वर्षसम्म पछुवा दिने व्यवस्था छ । सुरक्षा चुनौतीको मूल्यांकनबिनै एकै व्यक्तिको नाममा राज्यले १२ जनासम्म सुरक्षाकर्मी, गाडी र मासिक १ हजार लिटर इन्धन दिइरहेको छ । वर्षौंअघि उपप्रधानमन्त्री र गृहमन्त्री भएकै आधारमा अहिले गाडीसहित सुरक्षाकर्मी खटाउँदा राज्यको स्रोतसाधन त दुरुपयोग भइरहेको छ नै, देशमा शान्ति सुरक्षा ठिक छैन भन्ने सन्देश पनि प्रवाहित गर्छ । पूर्वविशिष्ट पदाधिकारीको सुरक्षा चुनौतिको हरेक तीन महिनामा मूल्यांकन गरिनुपर्छ । मूल्यांकनका लागि गृह मन्त्रालयमा एउटा संयन्त्र नै छ । तर सुरक्षाकर्मी खटाउँदा न चुनौती मूल्यांकन गरिन्छ, न त कार्यविधि पालना नै ।
News Desk 0 response मङ्लबार, फाल्गुन १४, २०७५

सम्बन्धित शीर्षकहरु
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सकिने
शुक्रबार, असार २६, २०८३-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
एमाले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा..
बिहिबार, असार २५, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३
-
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त
बुधबार, असार २४, २०८३ -
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३



