

समायोजनमा पनि संघमै कर्मचारी थुप्रिदा प्रदेश र स्थानीयमा अझै अभाव
प्रदेश र स्थानीय तहको तुलनामा अत्यधिक कर्मचारी संघमै समायोजन भएको छ। करिब ७७ हजार कर्मचारीमध्ये २२ हजार नौ सय १७ कर्मचारी समायोजन भइसकेको छ।
-
काठमाडौं ।
कर्मचारीको समायोजन करिव सकिएको छ । तर, प्रदेश र स्थानीयतहमा अझै कर्मचारी अभावनै देखिएको छ । प्रदेशस्तरीय लोकसेवा आयोग गठन गरी नयाँ कर्मचारी भर्ना नलिएसम्म प्रदेशमा कर्मचारीको अभाव हुने अवस्था आएको जानकारहरु बताउँछन् । प्रदेश र स्थानीय तहको तुलनामा अत्यधिक कर्मचारी संघमै समायोजन भएको छ। करिब ७७ हजार कर्मचारीमध्ये २२ हजार नौ सय १७ कर्मचारी समायोजन भइसकेको छ। हालसम्म संघमा १७ हजार दुई सय ७९, प्रदेशमा दुई हजार चार सय ४८ र स्थानीय तहमा तीन हजार एक सय ९० कर्मचारी समायोजन भएका छन्। करिब ७७ हजारमध्ये २७ हजार चार सय ६१ जनाले स्थानीय तह र १४ हजार दुई सय ६९ जना प्रदेश रोजेका थिए। प्रदेशमा २२ हजार सात सय ५५ र स्थानीय तहमा ६७ हजार पाँच सय तीन वटा दरबन्दी छ। स्थानीय तहमा एक हजार निजामतीसहित अहिले करिब १८ हजार कर्मचारी कार्यरत छन्। त्यसैले सबै कर्मचारीको समायोजन टुंगिए पनि प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हुने अवस्था देखिएको हो। ‘प्रदेश र स्थानीय तहमा प्रशासनिक काम अघि बढाउन थप कर्मचारी भर्ना नगरी हुँदैन। केन्द्रले अहिले कर्मचारी खटाए पनि यो जनशक्तिले प्रदेश र स्थानीय तहको कार्यभार सम्हाल्न सक्दैन’,मन्त्रालयका प्रवक्ता एवं सहसचिव सुरेश अधिकारीले भने।
News Desk 0 response मङ्लबार, फाल्गुन १४, २०७५


सम्बन्धित शीर्षकहरु
-
सार्वजनिक यातायात सुधारका लागि कार्यदल गठन
शुक्रबार, माघ १३, २०७९ -
उपप्रधानमन्त्री लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै
शुक्रबार, माघ १३, २०७९ -
कार्यालयमा जनशक्ति अभाव, सेवाग्राहीलाई सास्ती
शुक्रबार, माघ १३, २०७९ -
बाजुरामा भूकम्पबाट ४२ परिवार विस्थापित, ४ सय..
शुक्रबार, माघ १३, २०७९ -
टरिगाउँमा आजदेखि सीता एयरले उडान भर्दै
शुक्रबार, माघ १३, २०७९
-
सार्वजनिक यातायात सुधारका लागि कार्यदल गठन
शुक्रबार, माघ १३, २०७९ -
उपप्रधानमन्त्री लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै
शुक्रबार, माघ १३, २०७९ -
कार्यालयमा जनशक्ति अभाव, सेवाग्राहीलाई सास्ती
शुक्रबार, माघ १३, २०७९ -
बाजुरामा भूकम्पबाट ४२ परिवार विस्थापित, ४ सय..
शुक्रबार, माघ १३, २०७९ -
टरिगाउँमा आजदेखि सीता एयरले उडान भर्दै
शुक्रबार, माघ १३, २०७९
-
धौलागिरिमा बेपत्ता दुई युवाको शव फेला
बिहिबार, माघ ५, २०७९ -
अन्जुको शोकमा छ चाँदनी चोक
बुधबार, माघ ४, २०७९ -
पाइलट केसीको शालिकसहित उद्यान निर्माण गरिने
बुधबार, माघ ४, २०७९ -
तीन व्यक्तिबाट सात सय ३१ थान राहदानी..
बिहिबार, माघ ५, २०७९ -
विमान दुर्घटना : थप एक जनाको शव..
मङ्लबार, माघ ३, २०७९