

मेलम्चीमा बदमाशी गर्ने सचिव ठाकुर र प्रमुख कँडेल छानविनको घेरामा
यसरी बदमाशी गर्ने सचिव र आयोजना प्रमुखलाई अख्तियारले दायरामा ल्याउनु पर्छ र छानवीन गर्नुपर्ने आवाज उठ्न थालेको छ ।
-
काठमाडौं ।
मेलम्ची ठेकेदार सीएमसीको भुक्तानी रोकी सिंगो आयोजनाको भविष्य अन्योल बनाउने खानेपानी सचिव गजेन्द्र ठाकुरका कारण देशको भविष्य जोडिएको मेलम्ची खानेपानी आयोजनमा समस्या आएको छ । सीएमसीले भुक्तानी नपाए काम छाडिदिने औपचारिक जानकारी सरकारलाई गराएकै हो। तर मेलम्ची बोर्डको अध्यक्षसमेत रहेका सचिवले मेलम्ची आयोजनाले पटकपटक बोलाएको बोर्ड बैठकमा अनुपस्थित भएर सरकारलाई असहयोग गरेका थिए। सचिवको गलत काम र अभ्यासलाई साथ दिँदै आयोजना पछि धकेल्न मद्दत गर्ने आयोजना प्रमुख सूर्यराज कँडेलको पनि हात रह्यो।
सचिव ठाकुरको मन्त्रालयमा दण्डहीनता मौलाउँदै गएको थियो। आर्थिक वर्षको आखिरी दिनमा उनले दुई अर्ब ५४ करोड रुपैयाँ रकमान्तर गरे। हतारहतारमा गरिएको करोडौं रुपैयाँ केमा खर्च गरियो, त्यसको अब छानबिन हुनुपर्छ। सचिव ठाकुरको कुशासनको हद कतिसम्म थियो भने सरकारका सहसचिवजस्तो प्रथम श्रेणीका चारचारजना अधिकृतलाई लामो समयदेखि कुनै जिम्मेवारी नै नदिई कर्तव्यविमुख बनाउँदै आएका थिए। सचिव ठाकुरसित स्वार्थ नमिलेपछि जिम्मेवारविहीन बनाइएकामध्ये एकजना सहसचिव राजनराज पाण्डेले गत माघ ७ मा आफ्नो कार्यसम्पादन मूल्यांकनमा ‘माननीय मन्त्रीज्यू र श्रीमान् सचिवज्यूबाट म घुस नखाने कर्मचारीलाई कुनै पनि कामको जिम्मेवारी नदिइएको हुँदा काम गर्न नपाएको’ उल्लेख गरेका थिए।पाण्डेसहित चारजना सहसचिव दायित्वविहीन छन्। दण्डहीनता मौलाएपछि ठाकुर प्रवृत्तिले हौसला पाउँछ। काम गर्न नसक्ने मन्त्री हुन् कि सचिव तिनीहरू कारबाहीको भागीदार बन्नैपर्छ। यसमा प्रधानमन्त्रीले समय गर्न नसक्नेहरूबारे सोधखोज गरी कारबाही गरेको खण्डमा मात्र सुशासन कायम हुन सक्छ।
पछिल्लो समयमा प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्री मगरले सचिवको कुनियत र चुतर्याईं बुझेपछि सचिव ठाकुरको सरुवा भएको हो। ठेकेदारले आफ्ना जायज माग पूरा हुनुपर्ने र शान्तिसुरक्षाको प्रत्याभूति सरकारले गर्नुपर्ने सर्त पूरा भए मात्र काममा फर्कने पत्राचार गरेको थियो। तर सचिव ठाकुर जसरी पनि सीएमसीलाई काम गर्न नदिने बरु नयाँ ठेक्का गर्ने दाउमा थिए। नयाँ ठेक्का गर्दा सरकारलाई अर्बौं सोभैm घाटा पर्ने त थियो नै, साथै मेलम्ची पूर्णरूपमा सम्पन्न हुन अर्को तीन वर्ष लाग्ने थियो। सरकारले सीएमसीलाई नै पुनः काममा फर्काउन जुन प्रयत्न गरेको छ, त्यो राष्ट्रहितमा छ। यसरी बदमाशी गर्ने सचिव र आयोजना प्रमुखलाई अख्तियारले दायरामा ल्याउनु पर्छ र छानवीन गर्नुपर्ने आवाज उठ्न थालेको छ ।
News Desk 0 response सोमवार, फाल्गुन १३, २०७५

सम्बन्धित शीर्षकहरु
-
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
भारतीय मूलकी नित्या रमन बनिन् अमेरिकाको लस..
शुक्रबार, कार्तिक २१, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३


