• काठमाडौं ।

    समायोजनमा चित्त दुखाएका सरकारी चिकित्सक देशभर एकैपटक बिदामा बसेका छन् । बुधबार सामूहिक रूपमा विदामा बसेका हुन् । सरकारी चिकित्सकहरूको दरबन्दी संघअन्तरगर्त राख्नुपर्ने मुख्य ‍माग राख्दै विरोध जनाइरहेका उनीहरूले आफूहरूको मागमा सकारले बेवास्ता गरेको भन्दै सामूहिक बिदामा बसेका हुन्। देशभरका सरकारी चिकित्सकहरू बिदामा बसिदिँदा सरकारी अस्पतालबाट दिइने नियमित सेवामा प्रभाव परेको छ। यसको प्रत्यक्ष असर उपत्यकाका ठूला सरकारी अस्पतालहरूमा समेत परेको छ। देशकै केन्द्रीय बाल अस्ताल कान्ति बाल अस्पतालमा कार्यरत चिकित्सकहरु एकैपटक बिदामा बस्दा अस्पतालको सेवा प्रभावित भएको छ । अस्पतालका निर्देशक डा गणेश राईले बताए। दैनिक ओपिडीमा चार सयभन्दा बढी बिरामी आउने कान्तिमा यसरी एकैपटक चिकित्सक बिदामा बस्दा बिरामीको उपचार गर्न अप्ठ्यारो भएको छ ।