• काठमाडौं । बिवादास्पद न्यायाधीश दीपकराज जोशीले राजीनामा दिएका छन्। उनले प्रधानन्यायाधीशमार्फत राष्ट्रपति विद्यादेवि भण्डारीलाई राजीनामा दिएका हुन् ।
    चोलेन्द्र शमशेर जबरा प्रधानन्यायाधीश भएसँगै जोशी लामो समयदेखि घर बिदामा बसेका थिए। जबरा प्रधानन्यायाधीश भएर आएपछि जोशीलाई इजलास तोक्न छाडेपछि जोशी घर बिदामा बसेका थिए।