

-
काठमाडौं, ।
एसपी–एसएसपी बढुवासँगै पदस्थापनको लागि दौडधुप सुरु भएको छ । आइजीपी सर्वेन्द्र खनालले फूली लगाउनासाथ यही हप्ता बढुवा भएका एसपी र एसएपीहरुको पदस्थापन हुँदैछ । बढुवा भएका एसपीहरु पदस्थापनमै बजेट, कास्की, चितवन जस्ता जिल्लाको इन्चार्ज शक्तिकेन्द्र धाइरहेका छन् ।
एसपीद्वय प्रकाश रानाभाट र जनार्दन जीसी बजेट शाखाको प्रमुखमा पदस्थापन हुन खोजिरहेका छन् । बजेटका एसपी दीपक थापा एसएसपी बढुवा भइसकेपछि उक्त ठाउँ रिक्त छ । अजय केसी लागूऔषध ब्यूरोमा सरुवा हुन खोजिरहेका छन् ।
फूली नलगाउँदै एसपी दानबहादुर मल्ल चितवनको इन्चार्जमा पदस्थापन हुने दाउमा नेकपा अध्यक्ष पुष्पकमल दाहालकोमा धाइरहेका छन् । उनी दाहालका पीएसओ भइसकेकाले पहुँच प्रयोग गरी पदस्थापनमै चितवनमा गराउन खोजिरहेका छन् । उनी एक डेढ महिनापछि भए पनि चितवन वा कास्की जाने प्रयासमा छन् । यस्तै प्रयासमा अर्का एसपी रमेश थापा पनि छन् । उनी चितवन, कास्की वा बजेटमा जाने ध्याउन्नमा छन् ।
यसैबीच, कर्मचारी प्रशासनका एसपी चन्द्रकुवेर खापुङ झापाको इन्चार्ज हुने चाहनामा थिए । तर प्रधानमन्त्री केपी शर्मा ओलीको जोडमा दिनेश मैनालीलाई झापा सरुवा गरिएको छ, आजको साँघु साप्ताहिकमा समाचार छ । अब खापुङ पर्सा वा कास्की ताक्न थालेका छन् । आइजीपी सचिवालयका एसपी दानबहादुर कार्कीले पनि पर्सा, कास्की र रुपन्देही ताकेका छन् । कर्मचारी प्रशासन शाखाका खापुङ र आइजीपी सचिवालयका कार्कीबीच आकर्षक जिल्लाको इन्चार्ज हुन रस्साकस्सी चलेको छ ।
पर्सा, कास्की र रुपन्देहीका एसपीको ९ महिना पुगिसकेको छ । अब १ देखि २ महिनाको बीचमा यी तीनवटै जिल्लाका इन्चार्ज परिवर्तन हुने र ती जिल्लामा जानका लागि खापुङ र कार्कीबीच हानथाप छ । कार्की रुपन्देहीमा इन्चार्ज हुनका लागि उनले डीएसपी धर्म भण्डारीलाई सरुवा गरिसकेका छन् । रुपन्देहीका डीएसपी कुमोद ढुंगेल केही महिना त्यहीँ काम गर्न इच्छुक भए पनि उनलाई भूपेन्द्र थापामातहतको रौतहटको चन्द्रनिगाहापुर इलाका प्रहरी कार्यालयमा सरुवा गरिएको छ । कर्मचारी प्रशासन शाखाका एसपी खापुङ भण्डारीलाई रुपन्देही पठाउने बिषयमा सकारात्मक नभए पनि कार्कीले जापानमै बसेर चलखेल गरी उनलाई रुपन्देही सरुवा गरेका छन् । आफू सरुवा भएपछि सेटिङ मिलाउन भण्डारीलाई अहिले नै पठाउने काम कार्कीले गरेका छन् ।
आइजीपी खनालका निकट कार्की र खापुङबीचको द्वन्दमा कार्कीले भण्डारीलाई पठाएर बाजी मारेका छन् । कुमोद ढुंगेल यसअघि पुस्कर कार्की निकटका रुपमा चिनिए पनि पछिल्लो समय हालका आइजीपी खनालसँग सम्बन्ध सुधार गर्दैआएका थिए । तर उनलाई पूर्वआइजीपी उपेन्द्रकान्त अर्यालका पीए खत्री प्रमुख रहेको चन्द्रनिगाहापुरमा पठाइएको छ ।
News Desk 0 response सोमवार, फाल्गुन ६, २०७५
यसैबीच, डीएसपी ऋषि कँडेल एसपी बढुवा नभएपछि कर्मचारी प्रशासन शाखामा जान खोजिरहेका छन् ।

सम्बन्धित शीर्षकहरु
-
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३
-
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



