• नेपाली कांग्रेसले वर्तमान सरकारले खासै काम नगरेको धारणा सार्वजनिक गरेको छ ।
    पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यो सरकार तेस्रो श्रेणीमा पनि पास नभएको बताए । सरकारका शुरुवाती पाइला नै लडखडाएको कांग्रेसको भनाई छ । बितेको एक वर्षमा सरकारले सबैभन्दा बढी विश्वास गुमाएको उसले बताएको छ ।