• काठमाडौं । प्रदेश र स्थानीय तहमा गएका निजामती कर्मचारीको संघमा आउन नपाउने पतिवेदन तयार भएको छ ।
    संसदको राज्य व्यवस्था समितिले कर्मचारी समायोजन विधेयकको छलफलका क्रममा समायोजन भई प्रदेश र स्थानीय तहमा पुगेका कर्मचारीको संघमा सरुवा हुने व्यवस्था नराखी प्रतिवेदन तयार पारेको हो । यो बिषयमा संशोधनको दर्ता भएको थियो । तर, छलफलमा उनीहरुले यो कुरा उठाएनन् ।

    अब कर्मचारी समायोजन विधेयक राज्य व्यवस्था समितिको प्रतिवेदनसहित प्रतिनिधिसभमा पेश हुनेछ ।

    त्यस्तै सघीय संसद सेवामा कार्यरत कर्मचारीको प्रदेशसभा बाहेक अन्यत्र पनि सरुवा खुला भएको छ । यसअघि सरुवा भई प्रदेशसभामा मात्र जान पाउने व्यवस्था भए पनि कर्मचारी समायोजन विधेयकमा अन्य ठाउँमा पनि सरुवा हुने बाटो खुला गरिएको हो ।