
-
मलेशिया रोजगारीका लागि जाने प्रकृया अवरोध भएको नौ महिना भयो । तर, पनि यो काम सल्टिएको छैन । यस बीचमा धेरै प्रयास भए तर, समस्या ज्यूँका त्यूँ छ ।
गत साता सत्ताधारी दलनिकट केही व्यवसायी र सांसदको टोलीले मलेसिया भ्रमण गरी गतिरोध हटाउने विभिन्न विकल्प मलेसियाली अधिकारीहरुलाई दिएको छ । टोलीले त्यहाँको मानव संशाधनमन्त्री एम के कुलासेगरनसँग जारी गतिरोध हटाउने विषयमा छलफल गरेको थियो । भिसा प्रक्रियामा बिचौलिया कम्पनीको भूमिका नहुने गरी सोझै दूतावासबाट अघि बढाउने विकल्पमा मलेसियाली अधिकारीहरु पनि सकारात्मक रहेको टोलीका एक सदस्य एवं नेकपा सांसद एलपी साँवा लिम्बूको भनाइ छ ।यस बीचमा केही नेपाली कामदारले मलेसियाली दूतावासबाटै भिसा प्राप्त गरी रोजगारीका लागि गइसकेका छन् । सरकारले पनि अन्तिम श्रम इजाजत प्राप्त गरिसकेका अर्थात् कलिङ भिसा पाएका कामदारको लगत संकलन गरिरहेको छ । त्यस्ता कामदारको लगत प्राप्त भएपछि सोझै नेपालस्थित मलेसियाली दुतवासलाई भिसा जारी गर्न अनुरोध गर्ने बुझिएको छ । साथै शून्य लागतमा कामदार पठाउने सम्झौता कार्यान्वयनका लागि पनि दुई मुलुकबीच छलफल जारी रहेको सरकारी अधिकारीले बताएका छन् ।
News Desk 0 response शुक्रबार, फाल्गुन ३, २०७५
यसअघि भिसा प्रक्रियामा सामेल बिचौलिया संस्थाहरुले कामदारबाट अवैध रुपमा मोटो रकम असुलेको भन्दै सरकारले अदालतमा मुद्दा नै चलाएको छ । सरकारले अवैध भनेका संस्थालाई नै निरन्तरता दिनुपर्ने अडान नेपालस्थित मलेसियाली दूतावासका अधिकारीले राखेपछि सरकारले मलेसिया सरकारलाई यसबारे प्रष्ट पार्न अनौपचारिक माध्यम अपनाएको हो ।


सम्बन्धित शीर्षकहरु
-
भरतपुरमा रेनु दाहालको मतान्तर बढ्यो, २२०५ मतको..
बुधबार, जेष्ठ ४, २०७९ -
बालेन शाहलाई ८ हजार ७८३ मतको अग्रता
बुधबार, जेष्ठ ४, २०७९ -
पूर्व अध्यक्ष थापालाई फिफाको चेतावनी
बुधबार, जेष्ठ ४, २०७९ -
ड्रग्स तस्करीका लागि मेक्सिको–अमेरिका सिमानामा रेल चल्ने..
बुधबार, जेष्ठ ४, २०७९ -
श्रीलङ्कालाई विश्व बैंकको १६ करोड डलर सहयोग,..
बुधबार, जेष्ठ ४, २०७९
-
बालेन शाहलाई ८ हजार ७८३ मतको अग्रता
बुधबार, जेष्ठ ४, २०७९ -
स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद वा..
बुधबार, जेष्ठ ४, २०७९ -
‘बजेटको प्राथमिकता कृषिको आधुनिकीकरण र यान्त्रीकरणमा हुनुपर्छ’
बुधबार, जेष्ठ ४, २०७९ -
पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न–गराउन आयोगको..
बुधबार, जेष्ठ ४, २०७९ -
गृहमन्त्री खाणसँग चिनियाँ राजदूत यान्छीको शिष्टाचार भेटघाट
बुधबार, जेष्ठ ४, २०७९
-
भोटेकोशीमा माओवादी जगाउने राजकुमार माओवादीकै कारण..
सोमवार, जेष्ठ २, २०७९ -
अधिवक्ता केसीको कानून व्यवसायी प्रमाणपत्र रद्द
बिहिबार, बैशाख २९, २०७९ -
श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा
सोमवार, बैशाख २६, २०७९ -
इलाममा गाडी भित्रै १७ वर्षीया किशोरी बलात्कृत
सोमवार, बैशाख २६, २०७९ -
उम्मेदवार मृत्युपछि तुलसीपुरमा आज मनोनयन दर्ता, जेठ..
बुधबार, बैशाख २८, २०७९