

-
मलेशिया रोजगारीका लागि जाने प्रकृया अवरोध भएको नौ महिना भयो । तर, पनि यो काम सल्टिएको छैन । यस बीचमा धेरै प्रयास भए तर, समस्या ज्यूँका त्यूँ छ ।
गत साता सत्ताधारी दलनिकट केही व्यवसायी र सांसदको टोलीले मलेसिया भ्रमण गरी गतिरोध हटाउने विभिन्न विकल्प मलेसियाली अधिकारीहरुलाई दिएको छ । टोलीले त्यहाँको मानव संशाधनमन्त्री एम के कुलासेगरनसँग जारी गतिरोध हटाउने विषयमा छलफल गरेको थियो । भिसा प्रक्रियामा बिचौलिया कम्पनीको भूमिका नहुने गरी सोझै दूतावासबाट अघि बढाउने विकल्पमा मलेसियाली अधिकारीहरु पनि सकारात्मक रहेको टोलीका एक सदस्य एवं नेकपा सांसद एलपी साँवा लिम्बूको भनाइ छ ।यस बीचमा केही नेपाली कामदारले मलेसियाली दूतावासबाटै भिसा प्राप्त गरी रोजगारीका लागि गइसकेका छन् । सरकारले पनि अन्तिम श्रम इजाजत प्राप्त गरिसकेका अर्थात् कलिङ भिसा पाएका कामदारको लगत संकलन गरिरहेको छ । त्यस्ता कामदारको लगत प्राप्त भएपछि सोझै नेपालस्थित मलेसियाली दुतवासलाई भिसा जारी गर्न अनुरोध गर्ने बुझिएको छ । साथै शून्य लागतमा कामदार पठाउने सम्झौता कार्यान्वयनका लागि पनि दुई मुलुकबीच छलफल जारी रहेको सरकारी अधिकारीले बताएका छन् ।
News Desk 0 response शुक्रबार, फाल्गुन ३, २०७५
यसअघि भिसा प्रक्रियामा सामेल बिचौलिया संस्थाहरुले कामदारबाट अवैध रुपमा मोटो रकम असुलेको भन्दै सरकारले अदालतमा मुद्दा नै चलाएको छ । सरकारले अवैध भनेका संस्थालाई नै निरन्तरता दिनुपर्ने अडान नेपालस्थित मलेसियाली दूतावासका अधिकारीले राखेपछि सरकारले मलेसिया सरकारलाई यसबारे प्रष्ट पार्न अनौपचारिक माध्यम अपनाएको हो ।

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



