

भन्सार कर्मचारीले राजस्व ठग्ने यस्तो छ तरिका
आठजना कर्मचारीविरुद्ध साढे सात करोड रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
-
काठमाडौँ ।
सरकारलाई बुझाउन पर्ने राजस्व कम तिर्ने नियतले राजस्वको र दायित्व कम हने गरी र एउटा मुलुकमा बनेको सामान अर्को मुलुकको भनी उत्पत्तिको मुलुक फरक पारी राजस्व रकम देखाउँदै काममा भन्सार कर्मचारीले कुम्ल्याउने गरेका छन् ।रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार अधिकृत पवित्रकुमार खड्कासहित आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएपछि यसको खुलासा भएको हो ।
जुत्ता पैठारीकर्ता वा भन्सार एजेण्टले एउटा मालवुस्तालाई अर्कै भनी ल्याएको पाइएको छ । मालवस्तुको प्रकृति, भौतिक विशेषता, चारित्रिक गुण, नाप, अकार र गुणस्तरमध्ये सबै वा कुनै कुरा फरक पारी घोाण गरेमा वा कुनै मालवस्तु घोषणा नगरे भन्सार ऐन बमोजिम सजाय हुने व्यवस्था छ ।थाइल्याण्डमा बनेको क्लासिक फुटवयर उल्लेख भएको दुई हजार १६० जोडा लेडिज सुजको उत्पत्तिको मुल चाइना देखाई भन्सारबाट ल्याइएको पाइएको छ । उत्पत्तिको मुलुक फरक पारी गलत घोषाण गरिएकोमा भन्सार कार्यालयबाट जरिवाना गर्नु पर्नेमा नगरिएको पाइएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्कासहित आठजनाविरुद्ध साढे सात करोड रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।उनीहरुले २०७५ मंसिर २५ गते चाइल्ड भेष्ट, बेबी इलास्टिक कट्टु, इलास्टिक कट्टु, भेष्ट भनी जाँचपास गरी ना ५ ख ६६५४ नम्बरको मालबाहक ट्रकमा ल्याएका थिए ।
राजस्व अनुसन्धान विभागले काठमाण्डौं जिल्ला अदालतमा राजस्व चुहावटको कसुरमा भन्सार अधिकृत खड्कासमेत माथि मुद्दा दायर गरी उक्त मुद्दाको अभियोग पत्रसहितका प्रतिलिपी कागजात उजुरी उपर अनुसन्धान हुँदा एडिडास लेखिएका भेष्ट र कट्टु एउटै प्लास्टिकमा रहेका सेट ल्याएको पाइएको छ ।
News Desk 0 response बुधबार, फाल्गुन १, २०७५

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



