

एनसेलले कर तिर्नुपर्ने आदेश न्याय नमरेको उदाहरणः पूर्वकानुनमन्त्री तामाङ
उनले भनेका छन्,‘मैले नेपाल सरकारको कानुन मन्त्रीको जिम्मेवारी लिएपछि एनसेल लगायत विभिन्न कम्पनीबाट भएको कर छली सम्बन्धि ६० अरब रुपैयाँ भन्दा बढीको मुद्दामा अदालतबाटै विभिन्न मितिमा अन्तरिम आदेश गरेर राष्ट्रको ढुकुटीमा राजस्व जम्मा हुन नसकेको कुरा उठाएको थिए । मैले त्यतिखेर च्यालेन्ज गरेको थिए कि–‘यो अदालतको अन्तरिम आदेशमात्र हो,अन्तिम आदेश कस्तो आउँछ सार्वभौम नेपाली जनताले हेरेर बसेकाछन् । यदि गलत फैसला आयो भने छानबिन गरेर संसदमा महाअभियोगसमेत लाग्न सक्छ ।’
-
काठमाडौं ।
News Desk 0 response बिहिबार, माघ २४, २०७५
आफू कानुनमन्त्री हुँदा ठूला करका मुद्धा न्यायालयमा अड्किएको अभिब्यक्ति दिएपछि तारो बनेको पूर्व कानुनमन्त्री शेरवहादुर तामाङले एनसेलका बारे सर्वोच्च अदालतको पछिल्लो फैसलालाई न्याय नमरेको रुपमा लिएका छन् ।
नेपालको अदालत बल्ल ट्रयाकमा हिंड्न थालेको उनले प्रतिकृया दिए । सामाजिक सञ्जालमा प्रतिकृया दिँदै तामाङले सर्वोच्च अदालत र यसको नेतृत्वलाई धन्यवाद दिएका छन् ।उनले भनेका छन्,‘मैले नेपाल सरकारको कानुन मन्त्रीको जिम्मेवारी लिएपछि एनसेल लगायत विभिन्न कम्पनीबाट भएको कर छली सम्बन्धि ६० अरब रुपैयाँ भन्दा बढीको मुद्दामा अदालतबाटै विभिन्न मितिमा अन्तरिम आदेश गरेर राष्ट्रको ढुकुटीमा राजस्व जम्मा हुन नसकेको कुरा उठाएको थिए । मैले त्यतिखेर च्यालेन्ज गरेको थिए कि–‘यो अदालतको अन्तरिम आदेशमात्र हो,अन्तिम आदेश कस्तो आउँछ सार्वभौम नेपाली जनताले हेरेर बसेकाछन् । यदि गलत फैसला आयो भने छानबिन गरेर संसदमा महाअभियोगसमेत लाग्न सक्छ ।’
त्यतिखेर यो भनाई सार्वजनिक भएपछि कानुनका ठेकेदारहरुले कार्यकारी जिम्मेवारी लिएको ब्यक्तिले यसरी अदालतमा विचाराधीन विषयमा सार्वजनिक धारणा राख्न हुँदैन पनि भनेका थिए ।
यसले न्यायालय र कार्यपालिकाको बिचमा द्वन्द्व हुन्छ भनेर अर्थ लगाईएको थियो ।उनको मन्त्री पद जानुमा यो पनि एउटा कारण बनेको थियो ।
तामाङका अनुसार अन्तरिम आदेशहरुको प्रकृति र नियतको जाँचबुझ हुन जरुरी छ । भ्रष्टाचारलाई समुल अन्त्य गर्न अदालतको भूमिका महत्वपूर्ण हुने कारण अरु कर छलीका मुद्दाहरु हाललाई नतिर्नु नतिराउनु भन्ने जस्ता अन्तरिम आदेश भएर बसेको छ । त्यसलाई पनि छिटै किनारा लगाउन मन्त्री तामाङले अनुरोध गरेका छन् ।

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब..
मङ्लबार, जेष्ठ २६, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३ -
१० सचिवको सरुवा
सोमवार, जेष्ठ २५, २०८३ -
अबदेखि स्वास्थ्य मन्त्रालयमा सचिवको दरवन्दी एक जना..
सोमवार, जेष्ठ २५, २०८३
-
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब..
मङ्लबार, जेष्ठ २६, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३ -
१० सचिवको सरुवा
सोमवार, जेष्ठ २५, २०८३ -
अबदेखि स्वास्थ्य मन्त्रालयमा सचिवको दरवन्दी एक जना..
सोमवार, जेष्ठ २५, २०८३
-
कर्मचारीको १७ वर्षदेखिको तलबी विवरण अब अनलाइनबाटै..
बुधबार, जेष्ठ २०, २०८३ -
धवलशमशेरले छाडे राप्रपा, नयाँ अभियानमा सहभागी हुन..
आइतवार, जेष्ठ १७, २०८३ -
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
सांसदको प्रश्नमा प्रधानमन्त्री बालेनको उत्तर (पूर्णपाठ)
आइतवार, जेष्ठ १७, २०८३



