

-
काठमाडौं ।
सरकारले हालै जारी गरेको मर्यादाक्रमलाई लिएर संघीय संसद् प्रतिनिधिसभामा नेपाली काँग्रेसका सांसदले आपत्ति जनाएको छ । पूर्व गृहराज्यमन्त्रीसमेत रहेका काँग्रेस सांसद देवेन्द्रराज कँडेलले जिल्लामा प्रशासनको नेतृत्व सम्हाल्ने प्रमुख जिल्ला अधिकारीको मनोबल गिरेको भन्दै उक्त मर्यादाक्रम सच्याउन आग्रह गरेका हुन्। प्रतिनिधिसभाको बैठकमा सांसद कँडेलले गाउँपालिका र नगरपालिकाको तलको मर्यादाक्रममा प्रमुख जिल्ला अधिकारीलाई राखिएकोमा आपत्ति प्रकट गरे । यसले उनीहरूको मनोबल गिरेको उनको भनाई थियो । मनोवल उठाउनका लागि प्रजिअको मर्यादाक्रम गाउँ र नगरभन्दा माथि राख्नुपर्ने कडेलले बताए । राजनीतिक व्यक्तिहरू केही समयका भएको र प्रशासनिक निकाय सधैँ रहने भएकोले यसमा पुर्नबिचार गर्नुपर्ने उनको भनाई थियो । उनले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाले एक अर्काको अस्तित्व स्वीकार्नुपर्ने पनि धारणा राखेका थिए। जो प्रशासन क्षेत्रमा छन् उनीहरू निरन्तर रूपमा स्वच्छ प्रशासन दिने दायित्व सम्हालेका हुनेकारण संघीय सांसदलाई प्रदेश मन्त्रीभन्दा तल राखिनु न्यायोचित नभएको पनि बताए।
News Desk 0 response बिहिबार, माघ २४, २०७५

सम्बन्धित शीर्षकहरु
-
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२ -
चिसोबाट जोगिन के गर्ने के नगर्ने ?
बिहिबार, कार्तिक २८, २०८२ -
देशभरको मौसम सफा
बिहिबार, कार्तिक २८, २०८२ -
सदर चिडियाखानामा कालो रङको चितुवा
बुधबार, कार्तिक २७, २०८२ -
प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको भेटवार्ता
बुधबार, कार्तिक २७, २०८२
-
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२ -
देशभरको मौसम सफा
बिहिबार, कार्तिक २८, २०८२ -
सदर चिडियाखानामा कालो रङको चितुवा
बुधबार, कार्तिक २७, २०८२ -
प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको भेटवार्ता
बुधबार, कार्तिक २७, २०८२ -
ट्रम्पद्वारा ‘एच–वान बी’ भिसाको बचाउ, अमेरिकासँग पर्याप्त..
बुधबार, कार्तिक २७, २०८२
-
भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे..
शुक्रबार, कार्तिक २२, २०८२ -
मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध
शुक्रबार, कार्तिक २२, २०८२ -
नेपाल प्रहरीका एसएसपी रानाभाटको राजीनामा स्वीकृत
बिहिबार, कार्तिक २१, २०८२ -
कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ३..
आइतवार, कार्तिक २४, २०८२ -
आन्दोलनमा घर जलाइएका एक उच्च अधिकारी,सरकारी सम्पत्ति..
मङ्लबार, कार्तिक २६, २०८२



