-
काठमाडौं । न्यूनतम पारिश्रमिक सम्बन्धमा सर्वोच्च अदालतबाट भएको अन्तरिम आदेशप्रति नेपाल पत्रकार महासंघले असन्तुष्ट भएको छ । यस बिषयमा पत्रकार महासंघ आन्दोलित छ, अब न्यूनतम पारिश्रमिक प्राप्त भए नभएको अनुगमन गरी नभएको पाइएमा आन्दोलित हुने संकल्प महासंघको आज बसेको पदाधिकारी बैठकले लिएको सचिव रामप्रसाद दाहालले बताए ।
यस्तो छ,विज्ञप्ति
नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकार, कर्मचारीको श्रम सम्मानका लागि स्थापना कालदेखि नै निरन्तर आवाज उठाउदै आएको छ । सोही परिप्रेक्ष्यमा सर्वोच्च अदालतले २०७५ माघ २१ गते श्रमजीवी पत्रकार ऐन, २०५१ अनुरुप वृद्धि भएको न्यूनतम पारिश्रमिकसम्बन्धी सरकारी निर्णय तत्कालका लागि रोक्न दिएको अन्तरिम आदेशप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । सञ्चार प्रतिष्ठानमा कार्यरत पत्रकार, कर्मचारी तथा कामदारको पारिश्रमिक ऐनले किटान गरेअनुरुप नै हुनुपर्छ भन्ने महासंघको दृढ मान्यता रहेको छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसबमोजिम लागू गर्न नेपाल राजपत्रमा प्रकाशित सूचना समेत रोक्नेगरी सर्वोच्च निकायबाट जारी उक्त आदेशले सञ्चार प्रतिष्ठानमा कार्यरत श्रमजीवीको मर्म र भावनामाथि आघात पुगेको महसुस भएको छ । अतः उक्त आदेश यथा समयमै प्रक्रियाबमोजिम पुनर्विचार भई सम्मानीत सर्वोच्च अदालतबाट आवश्यक भूमिका निर्वाह हुनेमा महासंघ आशावादी रहेको छ ।
यसैगरी मुलुकी फौजदारीसंहिता ऐनका प्रेस स्वतन्त्रतामाथि आघात पु¥याउने विभिन्न प्रवाधानमाथि संशोधनका लागि सरकारद्वारा गठित कार्यदलको सुझाव अनुरुप अविलम्ब सशसोधन प्रक्रिया अघि बढाउन महासंघ सम्बद्ध पक्षसंग माग गर्दछ । यस्तै नवीकरण हुन नसकेका अनलाइन मिडियाको सहजढंगले नवीकरण प्रक्रिया सुरु गर्न पुनः महासंघ सूचना विभागको ध्यानाकर्षण गर्दछ ।
यस्तै सरकारले विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न ल्याएको प्रस्तावित विधेयकका विषयमा समेत महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त विधेयकमा रहेको दफा ५ को उपदफा १ र २ का कतिपय प्रावधान अभियक्ति स्वतन्त्रताको मूल्य मान्यतासँग मेल नखाने देखिएकाले सच्याउन महासंघ सरकारसँग जोडदार माग गर्दछ ।
त्यस्तै विगत लामो समयदेखि रोकिएको लोकल्याणकारी विज्ञापन यथाशीघ्र सञ्चारमाध्यमका लागि उपलब्ध गराउनसमेत महासंघ जोडदार माग गर्दछ । नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकार, कर्मचारीको श्रम सम्मानका लागि स्थापना कालदेखि नै निरन्तर आवाज उठाउदै आएको छ । सोही परिप्रेक्ष्यमा सर्वोच्च अदालतले २०७५ माघ २१ गते श्रमजीवी पत्रकार ऐन, २०५१ अनुरुप वृद्धि भएको न्यूनतम पारिश्रमिकसम्बन्धी सरकारी निर्णय तत्कालका लागि रोक्न दिएको अन्तरिम आदेशप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । सञ्चार प्रतिष्ठानमा कार्यरत पत्रकार, कर्मचारी तथा कामदारको पारिश्रमिक ऐनले किटान गरेअनुरुप नै हुनुपर्छ भन्ने महासंघको दृढ मान्यता रहेको छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसबमोजिम लागू गर्न नेपाल राजपत्रमा प्रकाशित सूचना समेत रोक्नेगरी सर्वोच्च निकायबाट जारी उक्त आदेशले सञ्चार प्रतिष्ठानमा कार्यरत श्रमजीवीको मर्म र भावनामाथि आघात पुगेको महसुस भएको छ । अतः उक्त आदेश यथा समयमै प्रक्रियाबमोजिम पुनर्विचार भई सम्मानीत सर्वोच्च अदालतबाट आवश्यक भूमिका निर्वाह हुनेमा महासंघ आशावादी रहेको छ ।
यसैगरी मुलुकी फौजदारीसंहिता ऐनका प्रेस स्वतन्त्रतामाथि आघात पु¥याउने विभिन्न प्रवाधानमाथि संशोधनका लागि सरकारद्वारा गठित कार्यदलको सुझाव अनुरुप अविलम्ब सशसोधन प्रक्रिया अघि बढाउन महासंघ सम्बद्ध पक्षसंग माग गर्दछ । यस्तै नवीकरण हुन नसकेका अनलाइन मिडियाको सहजढंगले नवीकरण प्रक्रिया सुरु गर्न पुनः महासंघ सूचना विभागको ध्यानाकर्षण गर्दछ ।
यस्तै सरकारले विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न ल्याएको प्रस्तावित विधेयकका विषयमा समेत महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त विधेयकमा रहेको दफा ५ को उपदफा १ र २ का कतिपय प्रावधान अभियक्ति स्वतन्त्रताको मूल्य मान्यतासँग मेल नखाने देखिएकाले सच्याउन महासंघ सरकारसँग जोडदार माग गर्दछ ।
त्यस्तै विगत लामो समयदेखि रोकिएको लोकल्याणकारी विज्ञापन यथाशीघ्र सञ्चारमाध्यमका लागि उपलब्ध गराउनसमेत महासंघ जोडदार माग गर्दछ ।
रमेश विष्ट
News Desk 0 response बुधबार, माघ २३, २०७५
महासचिव

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३

अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३