

-
चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायले स्नातकोत्तर तहको भर्ना प्रक्रिया रद्द गरेको छ। विश्वविद्यालयको डिनको कार्यालयले यही माघ ५ गते भर्नाका लागि लिइएको प्रवेश परीक्षा रद्द गरेको जनाएको हो। मंगलबार एक विज्ञप्ति जारी गर्दै भर्ना कमिटिको निर्णयअनुसार माघ ५ गते लिइएको प्रवेश परीक्षा रद्द गरी फागुन ७ गते पुनःपरीक्षा लिइने जनाइएको छ। गत माघ ५ गते लिइएको प्रवेश परीक्षामा अनियमितता भएको भन्दै प्राध्यापक र विद्यार्थीले विरोध गर्दै आएका थिए। उक्त संकायकी डिन डा। शारदा थपलियाले रजिष्टारको कार्यालयबाट परीक्षा समितिमा रहेका पदाधिकारीले आफ्ना आफन्त भएमा समितिमा बस्न नमिल्ने विश्वविद्यालयको प्रावधान रहेको भन्दै परिपत्र गरेसँगै परीक्षा सङ्कास्पद रहेको भन्ने कुरा आएपछि परीक्षा प्रक्रियानै रद्द गरिएको बताइन्। परीक्षामा पशु चिकित्साका लागि ३९ जना आवश्यक परेकोमा ७१ जना, ३० जना आवश्यक परेको पशु बिज्ञानमा ११९ जना र ६ जना आवश्यक परेको मत्स्य विज्ञानमा ४५ जनाले प्रवेश परीक्षा दिएका थिए। ती संकायमा स्नातकोत्तरमा दुई वर्षे पढाइ हुने गरेको छ।
News Desk 0 response बुधबार, माघ २३, २०७५

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



