

मालपोत कर्मचारीको हाजिरी हेर्दै मन्त्री र सचिव
यो कार्यालय सवैभन्दा धेरै अवैध रकम लेनदेन हुने कार्यालयको रुपमा परिचित छ । सोही कारण मन्त्री पद्माकुमारी अर्यालले मालपोल कार्यालय चालबिलको छड्के जाँच गरेकी हुन् । तर, टोलीले हाजिरी नभएको केही कर्मचारी बाहेक अन्य चिज भेटेन ।
-
काठमाडौं ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका मन्त्री र सचिव बिहान करिब १०ः३० बजेतिर चाबहिलमा रहेको मालपोल कार्यालय पुगे । उनीहरुको नजर कर्मचारीको हाजिरकपीमा परर्यो । कार्यालय अनुुगमनका क्रममा केही कर्मचारी अनुुपस्थित भएको देखियो । र, केहीले हाजिर नगरेरै काम गरिरहेको पनि पाईयो । अनि समयमा कार्यालयमा उपस्थित नहुने कर्मचारीलाई कारबाही गरिने भन्दै टोली फर्कियो । यो कार्यालय सवैभन्दा धेरै अवैध रकम लेनदेन हुने कार्यालयको रुपमा परिचित छ । सोही कारण मन्त्री पद्माकुमारी अर्यालले मालपोल कार्यालय चालबिलको छड्के जाँच गरेकी हुन् । तर, टोलीले हाजिरी नभएको केही कर्मचारी बाहेक अन्य चिज भेटेन ।
सिभिल पोशाकमा गएको मन्त्रीको टोलीले कार्यालय प्रवेश गरेर सेवाग्राहीले सेवा लिने प्रत्येक कक्षमा सेवाग्राहीसरह बसेर त्यहाँको गतिविधिको अनुुगमन गरेको थियो । सचिव गोपीनाथ मैनालीसहित अनुुगमनमा पुगेको मन्त्रीको टोलीले सेवाग्राहीसँग सेवा प्रवाहका बारेमा जानकारी समेत लिएको थियो ।त्यसक्रममा कार्यालयमा मन्त्री अर्याल अनुुगमनमा आएको खबर पाएपछि लेखापढी व्यवसायीहरुले कार्यालयमा व्यवसाय गर्न असहज भएको, व्यस्थापन राम्रो नभएको, भवन सेवामैत्री नभएको भन्दै अनेक गुनासा राखेका थिए । विशेषगरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अर्यालले पछिल्लो समय प्रयोगमा ल्याएको सेवाग्राही आफैले भर्नसक्ने फारामका कारण आफ्नो व्यवसाय समस्यामा परेकोप्रति उनीहरुको गुुनासो लक्षित थियो ।
अनुुगमनका क्रममा कर्मचारीले अनलाइन सिस्टमले काम गर्न सहज भएपनि बेलाबेला सर्भर डाउन हुदा काम गर्न समस्या उत्पन्न भएको बताएका थिए । कर्मचारीहरुले विशेषतः अनलाइन सिस्टममा काम गर्नका निम्ती एकचोटी लिएको तालिम पर्याप्त नभएको र थप तालिमको आवश्यकता रहेको बताएका थिए ।सेवासँगै जोडिएर अहिले उठेको सुशासनमाथिको प्रश्नको कुरालाई निरुपण गर्न सेवामा प्रविधिको प्रयोग लगाउन खोजेका मन्त्रीको भनाई छ ।
News Desk 0 response सोमवार, माघ २१, २०७५
त्यस अवसरमा मालपोल कार्यालय चाबहिलका कार्यालय प्रमुख पदमप्रसाद अर्यालले अहिले भाडामा रहेको कार्यालयको संरचना सेवामैत्री नहुँदा सेवाप्रवाहमा समस्या भएको बताए ।
ठेकेदारले समयमा भवन निर्माण सम्पन्न गर्न नसकेको कार्यालय प्रमुख अर्यालले बताए ।


सम्बन्धित शीर्षकहरु
-
गृह मन्त्रालयद्वारा २० प्रमुख जिल्ला अधिकारीको सरुवा..
मङ्लबार, असार ३, २०८२ -
सुनचाँदी व्यवसायीहरुको माग पुरा गर्ने प्रधानमन्त्रीको आश्वासन
मङ्लबार, असार ३, २०८२ -
प्रतिनिधिसभामा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने..
मङ्लबार, असार ३, २०८२ -
इजरायली भूमिमा इतिहासकै सबैभन्दा ठूलो आक्रमण गर्ने..
मङ्लबार, असार ३, २०८२ -
नवलपरासी, रुपन्देही र चितवनसहित आसपासका क्षेत्रमा ठूलो..
मङ्लबार, असार ३, २०८२
-
गृह मन्त्रालयद्वारा २० प्रमुख जिल्ला अधिकारीको सरुवा..
मङ्लबार, असार ३, २०८२ -
सुनचाँदी व्यवसायीहरुको माग पुरा गर्ने प्रधानमन्त्रीको आश्वासन
मङ्लबार, असार ३, २०८२ -
प्रतिनिधिसभामा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने..
मङ्लबार, असार ३, २०८२ -
इजरायली भूमिमा इतिहासकै सबैभन्दा ठूलो आक्रमण गर्ने..
मङ्लबार, असार ३, २०८२ -
नवलपरासी, रुपन्देही र चितवनसहित आसपासका क्षेत्रमा ठूलो..
मङ्लबार, असार ३, २०८२
-
कास्की मालपोतका सुब्बाहरूको सरुवा हुँदा पनि रमाना..
बिहिबार, जेष्ठ ३०, २०८२ -
सुजनको सपना अखिलको नेतृत्व
आइतवार, जेष्ठ २६, २०८२ -
काँग्रेस वकिलका नेता पोखरेलसहित तीन जना सर्वोच्चको..
मङ्लबार, जेष्ठ २८, २०८२ -
अनेरास्ववियुलाई युग अनुकूल बनाउन अध्यक्षमा मेरो उम्मेद्बारीः..
मङ्लबार, जेष्ठ २८, २०८२ -
कर्मकाण्डी शैलीको सतर्कता केन्द्रमा सम्पत्ति बिवरण
सोमवार, जेष्ठ २७, २०८२