

मालपोत कर्मचारीको हाजिरी हेर्दै मन्त्री र सचिव
यो कार्यालय सवैभन्दा धेरै अवैध रकम लेनदेन हुने कार्यालयको रुपमा परिचित छ । सोही कारण मन्त्री पद्माकुमारी अर्यालले मालपोल कार्यालय चालबिलको छड्के जाँच गरेकी हुन् । तर, टोलीले हाजिरी नभएको केही कर्मचारी बाहेक अन्य चिज भेटेन ।
-
काठमाडौं ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका मन्त्री र सचिव बिहान करिब १०ः३० बजेतिर चाबहिलमा रहेको मालपोल कार्यालय पुगे । उनीहरुको नजर कर्मचारीको हाजिरकपीमा परर्यो । कार्यालय अनुुगमनका क्रममा केही कर्मचारी अनुुपस्थित भएको देखियो । र, केहीले हाजिर नगरेरै काम गरिरहेको पनि पाईयो । अनि समयमा कार्यालयमा उपस्थित नहुने कर्मचारीलाई कारबाही गरिने भन्दै टोली फर्कियो । यो कार्यालय सवैभन्दा धेरै अवैध रकम लेनदेन हुने कार्यालयको रुपमा परिचित छ । सोही कारण मन्त्री पद्माकुमारी अर्यालले मालपोल कार्यालय चालबिलको छड्के जाँच गरेकी हुन् । तर, टोलीले हाजिरी नभएको केही कर्मचारी बाहेक अन्य चिज भेटेन ।
सिभिल पोशाकमा गएको मन्त्रीको टोलीले कार्यालय प्रवेश गरेर सेवाग्राहीले सेवा लिने प्रत्येक कक्षमा सेवाग्राहीसरह बसेर त्यहाँको गतिविधिको अनुुगमन गरेको थियो । सचिव गोपीनाथ मैनालीसहित अनुुगमनमा पुगेको मन्त्रीको टोलीले सेवाग्राहीसँग सेवा प्रवाहका बारेमा जानकारी समेत लिएको थियो ।त्यसक्रममा कार्यालयमा मन्त्री अर्याल अनुुगमनमा आएको खबर पाएपछि लेखापढी व्यवसायीहरुले कार्यालयमा व्यवसाय गर्न असहज भएको, व्यस्थापन राम्रो नभएको, भवन सेवामैत्री नभएको भन्दै अनेक गुनासा राखेका थिए । विशेषगरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अर्यालले पछिल्लो समय प्रयोगमा ल्याएको सेवाग्राही आफैले भर्नसक्ने फारामका कारण आफ्नो व्यवसाय समस्यामा परेकोप्रति उनीहरुको गुुनासो लक्षित थियो ।
अनुुगमनका क्रममा कर्मचारीले अनलाइन सिस्टमले काम गर्न सहज भएपनि बेलाबेला सर्भर डाउन हुदा काम गर्न समस्या उत्पन्न भएको बताएका थिए । कर्मचारीहरुले विशेषतः अनलाइन सिस्टममा काम गर्नका निम्ती एकचोटी लिएको तालिम पर्याप्त नभएको र थप तालिमको आवश्यकता रहेको बताएका थिए ।सेवासँगै जोडिएर अहिले उठेको सुशासनमाथिको प्रश्नको कुरालाई निरुपण गर्न सेवामा प्रविधिको प्रयोग लगाउन खोजेका मन्त्रीको भनाई छ ।
News Desk 0 response सोमवार, माघ २१, २०७५
त्यस अवसरमा मालपोल कार्यालय चाबहिलका कार्यालय प्रमुख पदमप्रसाद अर्यालले अहिले भाडामा रहेको कार्यालयको संरचना सेवामैत्री नहुँदा सेवाप्रवाहमा समस्या भएको बताए ।
ठेकेदारले समयमा भवन निर्माण सम्पन्न गर्न नसकेको कार्यालय प्रमुख अर्यालले बताए ।

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



