

संवैधानिक आयोगका प्रस्तावित अध्यक्षको बिरुद्ध उजुरी आह्वान
आयोगका प्रस्तावित अध्यक्षको सुनुवाई प्रकृयामा काँग्रेस नबस्ने
-
काठमाडौं ।
विभिन्न पाँच वटा संवैधानिक आयोगका प्रस्तावित अध्यक्षहरुको सिफारिसमा असन्तुष्टि जनाएको छ । सुनुवाई प्रकृयामा सामेल नहुने भन्दै काँग्रेस बाहिरिएको छ । काँग्रेसले असहमति जनाएपनि समितिले प्रस्तावित ब्यक्तिहरुका बिरुद्ध उजुरी मागेको छ ।
संबैधानिक
परिषद्ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा शान्तराज सुवेदी, मधेशी आयोगको अध्यक्षमा विजयकुमार दत्तलाई सिफारिस गरेको थियो। थारु आयोगको अध्यक्षमा विष्णुकुमार चौधरी र मुस्लिम आयोगको अध्यक्षमा समिम अन्सारीको नाम सिफारिस गरेको थियो।
कांग्रेसका तर्फबाट सुनवाई समिति सदस्य जीतेन्द्रनारायण देवले आफूहरुले असहमति जाहेर गरेको बताएका छन्।
‘संविधान विपरीत आयोगका अध्यक्षहरुको नाम सिफारिस भएकोले लिखित असहमति जनाएको काँग्रेसको भनाई छ ।
‘नेपालको संविधानको धारा २८४ ले संवैधानिक परिषद सम्बन्धी व्यवस्था गरेको छ । उक्त संविधानको धारा २८४ (१) को देहाय (ङ) ले संवैधानिक परिषदको सदस्य पदमा प्रतिनिधि सभाको विपक्षी दलको नेता रहने व्यवस्था छ । सोही धारा उपधारा ९४० मा संवैधानिक परिषदको अन्य काम, कर्तव्य र अधिकार सम्बन्धी कार्यविधि संघीय कानून बमोजिम हुनेछ भन्ने व्यवस्था भएको असहमतिपत्रमा उल्लेख गरिएको छ ।
कांग्रेसका सांसदहरु देव, ज्ञानेन्द्र बहादुर कार्की, भिमसेन दास प्रधान र पुष्पा भुषाल गौतमले असहमति पत्र बुझाएका हुन्। यसैबिच समितिले पाँचैजना प्रस्तावित अध्यक्षहरु विरुद्ध उजुरी आह्वान गरेको छ। सोमवारदेखि लागु हुने गरी १० दिनभित्र उनीहरु विरुद्धको उजुरी समितिमा पठाउन सकिने छ।
News Desk 0 response आइतवार, माघ २०, २०७५

सम्बन्धित शीर्षकहरु
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा उजुरी गरे, आफैले दुई हजार जरिवाना तिरे
बिहिबार, अशोज २९, २०८३-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३
-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३
-
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३


