

संवैधानिक आयोगका प्रस्तावित अध्यक्षको बिरुद्ध उजुरी आह्वान
आयोगका प्रस्तावित अध्यक्षको सुनुवाई प्रकृयामा काँग्रेस नबस्ने
-
काठमाडौं ।
विभिन्न पाँच वटा संवैधानिक आयोगका प्रस्तावित अध्यक्षहरुको सिफारिसमा असन्तुष्टि जनाएको छ । सुनुवाई प्रकृयामा सामेल नहुने भन्दै काँग्रेस बाहिरिएको छ । काँग्रेसले असहमति जनाएपनि समितिले प्रस्तावित ब्यक्तिहरुका बिरुद्ध उजुरी मागेको छ ।
संबैधानिक
परिषद्ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा शान्तराज सुवेदी, मधेशी आयोगको अध्यक्षमा विजयकुमार दत्तलाई सिफारिस गरेको थियो। थारु आयोगको अध्यक्षमा विष्णुकुमार चौधरी र मुस्लिम आयोगको अध्यक्षमा समिम अन्सारीको नाम सिफारिस गरेको थियो।
कांग्रेसका तर्फबाट सुनवाई समिति सदस्य जीतेन्द्रनारायण देवले आफूहरुले असहमति जाहेर गरेको बताएका छन्।
‘संविधान विपरीत आयोगका अध्यक्षहरुको नाम सिफारिस भएकोले लिखित असहमति जनाएको काँग्रेसको भनाई छ ।
‘नेपालको संविधानको धारा २८४ ले संवैधानिक परिषद सम्बन्धी व्यवस्था गरेको छ । उक्त संविधानको धारा २८४ (१) को देहाय (ङ) ले संवैधानिक परिषदको सदस्य पदमा प्रतिनिधि सभाको विपक्षी दलको नेता रहने व्यवस्था छ । सोही धारा उपधारा ९४० मा संवैधानिक परिषदको अन्य काम, कर्तव्य र अधिकार सम्बन्धी कार्यविधि संघीय कानून बमोजिम हुनेछ भन्ने व्यवस्था भएको असहमतिपत्रमा उल्लेख गरिएको छ ।
कांग्रेसका सांसदहरु देव, ज्ञानेन्द्र बहादुर कार्की, भिमसेन दास प्रधान र पुष्पा भुषाल गौतमले असहमति पत्र बुझाएका हुन्। यसैबिच समितिले पाँचैजना प्रस्तावित अध्यक्षहरु विरुद्ध उजुरी आह्वान गरेको छ। सोमवारदेखि लागु हुने गरी १० दिनभित्र उनीहरु विरुद्धको उजुरी समितिमा पठाउन सकिने छ।
News Desk 0 response आइतवार, माघ २०, २०७५

सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन : सरकारका प्रवक्ता
शुक्रबार, जेष्ठ २९, २०८३
भेटेरिनरी अस्पताल भवन निर्माणमा भ्रष्टाचार, कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध मुद्दा दायर
बिहिबार, जेष्ठ २८, २०८३-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
भेटेरिनरी अस्पताल भवन निर्माणमा भ्रष्टाचार, कार्यालय प्रमुखसहित..
बिहिबार, जेष्ठ २८, २०८३ -
मनसुनी बायु नेपालको सीमा सम्म आइपुग्यो
बिहिबार, जेष्ठ २८, २०८३ -
बजेट संविधान विपरीत छैन : अर्थमन्त्री वाग्ले
बिहिबार, जेष्ठ २८, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
भेटेरिनरी अस्पताल भवन निर्माणमा भ्रष्टाचार, कार्यालय प्रमुखसहित..
बिहिबार, जेष्ठ २८, २०८३ -
मनसुनी बायु नेपालको सीमा सम्म आइपुग्यो
बिहिबार, जेष्ठ २८, २०८३ -
बजेट संविधान विपरीत छैन : अर्थमन्त्री वाग्ले
बिहिबार, जेष्ठ २८, २०८३
-
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
आइतबारको बिदा खारेज गर्न लागिएको होइन :..
आइतवार, जेष्ठ २४, २०८३ -
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३ -
नेपालमा मात्र पाइने दुर्लभ चरा काँडे भ्याकुर..
आइतवार, जेष्ठ २४, २०८३



