

नमुना नेपालको काम चटक्कै छोडेर क्रिकेट रंगशाला निर्माणको महत्वकाक्षी योजना
धुर्मस सुन्तलीले ब्यक्तिगतरुपमा काम गरेर समाजमा केही योगदान दिएका छन् । यसलाई प्रशंसा गर्न सकिन्छ । जव ब्यक्तिलाई देवत्वकरण गरेर समाज र सरकार पनि उसैको पछि दर्गुछ । यही वाट ब्यक्तिका अगाडी राष्ट्र कमजोर भएको पुष्टि हुन्छ । र, राज्यका सम्पूर्ण प्रणालीमा खोट लाग्दै जान्छ ।त्यसकारण ब्यक्ति होईन राष्ट्र र त्यसका संरचना बलियो बनाउनु पर्छ ।
-
हास्य कलाकार धुर्मुस र सुन्तलीका नाममा खोलिएको ‘धुर्मुस सुन्तली फाउण्डेसन’ ले भुकम्पमा भत्किएको केही गाउँमा घर निर्माण गरेर वाहवाही कमाए । मापदण्ड नपुगेकै भएपनि उनीहरुले निर्माण गरिदिएको घरमा पीडितहरु अहिले पनि आरामसँग बसिरहेका छन् । त्यसपछि उनीहरुको निर्माणको भोक खुव जाग्यो र नयाँ नेपाल निर्माण भन्दै ठूलै धनराशीको रकम खर्च हुने योजना अघि सारे । त्यसमा रकम पनि संकलन भईरहेको उनीहरुलेनै स्वीकार गरेका छन् । अहिले भरतपुर महानगरपालिकाले दिएको जग्गामा ३ अर्बको लागतमा अन्तरराष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गरेको छ । यस बारेमा धेरै टिकाटिप्पणी भएको छ । बर्तमान र पूर्वप्रधानमन्त्रीनै पुगेर भरतपुरमा निर्माण हुने रंगशालाको काठमाडौंमा घोषणा गरिदिए । यसमा भने धेरै असन्तुष्टि सुनिएको छ ।
भरतपुर महानगरपालिकाले कुनै ठूलो निर्माण कम्पनीलाई जस्तै महत्व दिएर धुर्मुस सुन्तली फाउन्डेसनसँग रंगशाला निर्माणको औपचारिक सम्झौता नै गरिसकेको छ । सो कार्यक्रममा प्रधानमन्त्री केपी ओली र पूर्वप्रधानमन्त्री प्रचण्डसमेतको सहभागिताले धुर्मुस सुन्तली फाउन्डेसनको उचाइ अब सामाजिक संस्थाका रुपमा मात्र नभएर प्रतिष्ठित निर्माण कम्पनीजस्तो बनाइदिएको छ ।करिब ३ अर्बको लागतमा अढाइ वर्षमा क्रिकेट रंगशाला बनाएर सरकारलाई हस्तान्तरण गर्ने गरी धुर्मुस सुन्तली फाउन्डेसनले महानगरसँग सम्झौता गरेको छ ।
खोई नयाँ नेपाल ?
धुर्मुस सुन्तलीले ०७४ साल जेठमा ५ अर्ब बजेटमा ‘नमूना नेपाल’ बनाउने घोषणा गरेका थिए । त्यो परियोजना अहिले अलपत्र परिरहेको छ ।सामाजिक सञ्जालमा जारी सूचनाहरु हेर्दा धुर्मुस सुन्तलीले ‘नमूना नेपाल वस्ती विकास आयोजना’ का लागि भन्दै आर्थिक सहयोग समेत संकलन गरेको देखिन्छ ।
यो महत्वाकांक्षी परियोजनाका लागि उनीहरुले सार्वजनिक कार्यक्रम नै आयोजना गरेर सहयोगका लागि दाताहरुसँग अनुरोधसमेत गरेका थिए ।
नमूना नेपाल कस्तो बन्ने छ भनेर सार्वजनिक गरिएको भिडियोमा मोनोरेलसम्मको महत्वाकांक्षी सपना देखाइएको थियो ।
भूकम्पपीडित र बाढी पीडितहरुका लागि नमुनायोग्य काम गरिसकेपछि धुर्मुस र सुन्तली कलाकारितामै फर्केलान् कि भन्ने धेरै मानिसहरुको अनुमान थियो ।
तर, उनीहरुमा समाजसेवाको भावना विस्तारित भएर यही मोडेलबाट चन्दा मागेर देशै बनाउन सकिन्छ भन्ने महात्वाकांक्षा बढ्न थाल्यो । र, त्यसैको प्रतिफलस्वरुप ‘नमूना नेपाल वस्ती विकास आयोजना’को घोषणा भयो ।
तर, यसवीचमा धुर्मुस र सुन्तलीले नमूना नेपाल वस्ती आयोजनामा खासै जाँगर देखाएनन् । यसको प्रचार प्रचार पनि त्यति हुन सकेन । यसवीचमा उनीहरुले सिस्नोपानी नेपालसँग मिलेर कमेडी चलचित्र निर्माणको समेत तयारी गरे ।
तर, यहीवीचमा एकैचोटि धुर्मुस र सुन्तली ३ अर्ब लागतको अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माता बनेर निस्किएका छन् । सरकारले रंगशाला बनाउने जिम्मा धुर्मस सुन्तलीलाई दिएकोमा समाजिक सञ्जाल र पत्रपत्रिकामा सरकारमाथि समेत केही व्यंग्यहरु सुरु भएको छ । ‘सरकारले नसक्ने काम कलाकारले सक्ने’ भन्ने खालका प्रतिक्रियाहरु आएको अनलाईन खवरले लेखेको छ ।
News Desk 0 response शुक्रबार, माघ १८, २०७५
बिर अस्पतालको यस्तो काण्ड
फोहोर रहेको बिर अस्पताल सफा गर्ने योजना लिएर त्यहाँ पुगेका धुर्मुस सुन्तलीले चन्दा संकलन गरेपछि निक्कै आलोचना भयो । सरकारी काम गर्न सरकारकै लगानी रहेपनि चन्दा संकलन गर्न थालेपछि उनीहरुको नियतमा शंका गर्ने धेरै देखिए । १४ लाख ६८ हजार रुपैयाँ चन्दा संकलन गरेपछि उनीहरुले केही समय काम पनि बन्द गरेका थिए । सरकारी अस्पताल सफाई तथा पुर्ननिर्माण गर्नका लागि सरकारी कोष हुने भएपनि उनीहरुले चन्दा संकलन गर्नुले भने शंका उत्पन्न गराएको हो ।
यसरी सामाजिक कामका नाममा ‘सेलिब्रटि’ बन्दै जाने र सरकारले गर्ने काम ब्यक्तिले गर्ने भन्दै चन्दा संकलनमा लाग्ने हो भने पारदर्शीताको अभाव र भ्रष्टाचारको गन्ध आउने निश्चित छ ।

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब..
मङ्लबार, जेष्ठ २६, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३ -
१० सचिवको सरुवा
सोमवार, जेष्ठ २५, २०८३ -
अबदेखि स्वास्थ्य मन्त्रालयमा सचिवको दरवन्दी एक जना..
सोमवार, जेष्ठ २५, २०८३
-
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब..
मङ्लबार, जेष्ठ २६, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३ -
१० सचिवको सरुवा
सोमवार, जेष्ठ २५, २०८३ -
अबदेखि स्वास्थ्य मन्त्रालयमा सचिवको दरवन्दी एक जना..
सोमवार, जेष्ठ २५, २०८३
-
कर्मचारीको १७ वर्षदेखिको तलबी विवरण अब अनलाइनबाटै..
बुधबार, जेष्ठ २०, २०८३ -
धवलशमशेरले छाडे राप्रपा, नयाँ अभियानमा सहभागी हुन..
आइतवार, जेष्ठ १७, २०८३ -
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
सांसदको प्रश्नमा प्रधानमन्त्री बालेनको उत्तर (पूर्णपाठ)
आइतवार, जेष्ठ १७, २०८३



