

माघैमा असार मसान्तको झल्को !
कर्मचारी समायोजन भएपछि हिँडिहालिन्छ भनेर आषाढ मसान्त माघमा नै सरेको भान भएको छ ।
-
काठमाडौं ।
अहिले बिभिन्न स्थानीय सरकारमा पुष माघमानै आषाढ मसान्तको झझल्को देखिन थालेको छ । कर्मचारी समायोजनपछि अन्यत्रै सरुवा हुने भन्दै कर्मचारीले अप्रत्यासित खरिद भुक्तानीको सकृयता बढाएका छन् । खर्चको सन्तुलनमा जनप्रतिनिधिले पनि कर्मचारीलाई सहयोग गरेको देखिएको छ । प्राय कर्मचारीलेनै खर्चको ब्यवस्थापन गर्ने हुँदा पनि यसमा कर्मचारी हावी भएको संकेत स्पष्ट देखिन्छ ।
News Desk 0 response बुधबार, माघ १६, २०७५
‘स्थानीय सरकारहरुमा पौष माघमामै आषाढ मसान्तको झझल्को देखिएको छ’–गाउँपालिका महासंघका एक कर्मचारी भन्छन्,यसलाई रोक्न अनुगमन आवश्यक छ ।’ स्थानीय सरकारहरुमा अप्रत्यासित रुपमा खरिद तथा भुक्तानीको सकृयता बढ्दा आषाढ मसान्तको झल्को आइरहेको उनको भनाई छ । कर्मचारी समायोजन भएपछि हिँडिहालिन्छ भनेर आषाढ मसान्त माघमा नै सरेको भान भएको छ । यसका लागि जनप्रतिनिधि सचेत हुनु पर्ने स्थानीय सरकारका जानकार अधिवक्ता भेषराम ढकाल बताउँछन । कर्मचारीले जता लता¥यो उतै लतारिने काम जनप्रतिनिधिले गर्न नहुने उनको भनाई छ । ‘नीति र बिधिले मिल्ने काममा पनि कर्मचारीले अंकुश लगाएको धेरै घटना देखिएको छ । तर, अहिले खरिद र भुक्तानीको क्रम धेरै देखिएको छ । यसमा सवै पक्ष चनाखो हुनु आवश्यक रहेको छ’ राष्ट्रिय सतर्कता केन्द्रमा लामो समय काम गरेका अवकाश प्राप्त सहसचिव शेरबहादुर ढुंगाना बताउँछन् । उनले पनि
खर्चको सन्तुलन कायम गर्न जनप्रतिनिधिहरु सचेत हुनु पर्ने सुझाव दिए । यस बारेमा गाउँपालिका राष्ट्रिय महासंघले पनि चासो राखेको स्रोतले जानकारी दियो । कमचारीको बिकृत कार्यलाई रोक्न महासंघले बिभिन्न कार्य पनि गर्दै आएको छ । तर, कर्मचारी र जनप्रतिििनधिको पनि यसमा मिलोमतो हुने गरेको कतिपय घटनाले देखाएको छ ।
-जनप्रशासन पाक्षिकवाट


सम्बन्धित शीर्षकहरु
-
मीन भवन क्याम्पसमा नेविसङ्घ दुई पक्षबीच विवाद
मङ्लबार, माघ २४, २०७९ -
सांसद चौधरीको मुद्दामा उच्च अदालतको कारण देखाउ..
मङ्लबार, माघ २४, २०७९ -
नायक शाहलाई अदालतमा उपस्थित गराउन आदेश
मङ्लबार, माघ २४, २०७९ -
बालकको फोक्सो र कलेजोमा जुकाले अण्डा बनाएपछि…
मङ्लबार, माघ २४, २०७९ -
दुर्घटनाग्रस्त एटिआर जहाजको फ्लाइट डाटा र ककपिट..
मङ्लबार, माघ २४, २०७९
-
मीन भवन क्याम्पसमा नेविसङ्घ दुई पक्षबीच विवाद
मङ्लबार, माघ २४, २०७९ -
सांसद चौधरीको मुद्दामा उच्च अदालतको कारण देखाउ..
मङ्लबार, माघ २४, २०७९ -
नायक शाहलाई अदालतमा उपस्थित गराउन आदेश
मङ्लबार, माघ २४, २०७९ -
बालकको फोक्सो र कलेजोमा जुकाले अण्डा बनाएपछि…
मङ्लबार, माघ २४, २०७९ -
दुर्घटनाग्रस्त एटिआर जहाजको फ्लाइट डाटा र ककपिट..
मङ्लबार, माघ २४, २०७९
-
आज शहीद दिवस : विभिन्न कार्यक्रम गरी..
सोमवार, माघ १६, २०७९ -
अरुण तेस्रोको सुरुङ ‘ब्लास्टिङ’ गर्ने क्रममा एक..
मङ्लबार, माघ १७, २०७९ -
आत्मनिर्भर लघुवित्तको आइपिओ खुला
सोमवार, माघ १६, २०७९ -
त्रिशूली अस्पतालमा जनआन्दोलनका घाइतेको नि:शुल्क उपचार
मङ्लबार, माघ १७, २०७९ -
विमानस्थल सञ्चालनमा पुगेन निजी क्षेत्रको पहल
मङ्लबार, माघ १७, २०७९