

नेपाली काँग्रेसका कारण बिभिन्न आयोगका अध्यक्षको सुनुवाई स्थगित
नेकपाका सांसद योगेश भट्टराईले कार्यक्षेत्रमा नपर्ने बिषयलाई काँग्रेसले निहुँ खोजेको बताए । त्यसैगरी अर्का सांसद सुरेन्द्र पाण्डेले पनि यस्तो रवैयाले संबैधानिक सर्वोच्चतामा ठेस पुग्ने भन्दै सुनुवाई सुरु गर्न आग्रह गरे । तर, सुनुवाई केही दिनका लागि स्थगित भएको सभापति लक्ष्मणलाल कर्णले बैठकमा जानकारी गराए ।
-
काठमाडौं ।
संसदीय सुनुवाई समितिले संवैधानिक परिषद् बैठकले पक्रिया पूरा या नगरेको हेर्ने कार्यक्षेत्र नभएपनि नेपाली काँग्रेसका सांसदहरुले यसमा अड्डी कसेका छन् ।
News Desk 0 response सोमवार, माघ १४, २०७५
कार्यक्षेत्रमा नपर्ने बिषयमा काँग्रेसका सांसदले प्रश्न उठाएपछि संवैधानिक परिषदले विभिन्न आयोगका अध्यक्षमा सिफारिस भएका व्यक्तिहरूको सुनुवाइृ हुन सकेन । परिषद्ले व्यक्तिगत विवरणसहित सुनुवाइका लागि समितिमा पत्र पठाएको थियो । उक्त प्रक्रिया शुरु हुने बित्तिकै समितिमा रहेका कांग्रेस सांसदहरूले पक्रिया विपरीत भएको भन्दै आपत्ति जनाएका थिए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले प्रमुख प्रतिपक्षी दलका नेता तथा संवैधानिक परिषद्का सदस्य शेरबहादुर देउवाको अनुपस्थितिमा बसेको संवैधानिक परिषदको बैठकले नियुक्तिका लागि सिफारिस गरेको भन्दै आपत्ति जनाएका थिए । संवैधानिक परिषद्को माघ ६ गते सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेलको नाम सिफारिस गरिएको थियो । त्यसैगरी राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा शान्तराज सुवेदीलाई सिफारिस गरेको संवैधानिक परिषद्ले मधेसी आयोगमा डा. विजय दत्तको नाम सिफारिस गरेको थियो। थारू आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरीलाई सिफारिस गरिएको थियो भने मुस्लिम आयोगको अध्यक्षमा समिम अन्सारीको नाम सिफारिस गरिएको थियो । सुनुवाइ समितिको बैठकमा कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिपक्षी दलका नेतालाई संवैधानिक परिषद् बैठकको जानकारी पनि नदिएको र अनुपस्थित भएको बेलामा निर्णय भएको भन्दै आपत्ति जनाएका थिए । नेकपाका सांसद योगेश भट्टराईले कार्यक्षेत्रमा नपर्ने बिषयलाई काँग्रेसले निहुँ खोजेको बताए । त्यसैगरी अर्का सांसद सुरेन्द्र पाण्डेले पनि यस्तो रवैयाले संबैधानिक सर्वोच्चतामा ठेस पुग्ने भन्दै सुनुवाई सुरु गर्न आग्रह गरे । तर, सुनुवाई केही दिनका लागि स्थगित भएको सभापति लक्ष्मणलाल कर्णले बैठकमा जानकारी गराए ।

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



