34

  • काठमाडौं ।

    कृषि उद्यम केन्द्रको नाममा भएको करोडौँ रुपैयाँको अनियमिततामा संलग्न भएको ब्यक्तिनै छानविन समितिमा राखेपछि नेपाल उद्योग वाणिज्य महासंघको आर्थिक अनियमितता झन स्पष्ट भएको छ ।
    अध्यक्ष राणाले आफ्नो अगुवाइमा पदाधिकारीले गर्दै आएको भ्रष्टाचारबाट उम्कन महासंघकै वरिष्ठ सदस्य शकुन्तलाल हिराचनको संयोजकत्वमा समिति गठन गरेकी हुन् । यो कारोबारमा हिराचनकै संलग्नता रहेको छ ।
    गठन भएको समितिले के आधारमा आफ्नै संस्थाभित्र भएको अनियमितताको छानबिन गर्ने गर्छ त्यो नै शंकाको विषय भएको कार्य समितिका एक सदस्यले बताए ।

    छानबिन समिति महासंघभन्दा बाहिरका विज्ञलाई राखिनु पर्ने माग उठेको छ । संलग्न ब्यक्तिनै भएपछि थप शंका उत्पन्न भएको छ ।

    केन्द्रमा भएको आर्थिक अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन सुरु गरिसकेको छ । महासंघले आइतबारमात्रै केन्द्रको रकममा आर्थिक हिनामिना भएको भन्दै बाहिर आएको सूचनालाई लिएर पदाधिकारी बैठक राखेको थियो । बैठकमा राणाले केन्द्रको सूचना पत्रकारलाई दिएको र अख्तियारमा उजुरी गरेको भन्दै कोषाध्यक्षलाई राजीनामा दिन बाध्य पारेकी थिइन् ।

tt
45