

बिरामी जाँच नगरेर आन्दोलन गर्ने चिकित्सकलाई कार्वाही सिफारिस
चिकित्सकले बहिरङ सेवा नदिई कर्तव्य पूरा नगरेकाले वरिष्ठ फिजिसियन डा जीतनारायण यादव,अर्थोपेडिक डा ओमप्रसाद अर्याल,एनेस्थेसियोजिस्ट डा सुरेन्द्र कुँवर, रेडियोलोजिस्ट डा रामेश्वर देवकोटा,पिडिया ट्रिक्स डा कृष्णहरि सुवेदी र सर्जन रमेश बस्नेतलाई कारवाही गर्न जिप्रकाले प्रतिष्ठानलाई आदेश दिएको छ ।
-
दाङ ।
जिल्ला प्रशासन कार्यालय दाङले बिरामीको उपचार नगरी आन्दोलनमा उत्रिएका सरकारी चिकित्सकलाई कारवाही गर्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आदेश दिएको छ। जिप्रकाको आदेशपछि प्रतिष्ठानले पनि कारवाहीका लागि स्वास्थ्य मन्त्रालयमा सिफारिश गरेको छ। माघ ३ र ४ गते प्रतिष्ठानमा कार्यरत चिकित्सकले बहिरङ सेवा नदिई कर्तव्य पूरा नगरेकाले वरिष्ठ फिजिसियन डा जीतनारायण यादव,अर्थोपेडिक डा ओमप्रसाद अर्याल,एनेस्थेसियोजिस्ट डा सुरेन्द्र कुँवर, रेडियोलोजिस्ट डा रामेश्वर देवकोटा,पिडिया ट्रिक्स डा कृष्णहरि सुवेदी र सर्जन रमेश बस्नेतलाई कारवाही गर्न जिप्रकाले प्रतिष्ठानलाई आदेश दिएको थियो। कारवाहीको आदेशको बोधार्थ स्वास्थ्य मन्त्रालयलाई पनि पठाइसकेको जिप्रकाले जनाएको छ। जिल्ला प्रशासनले प्रतिष्ठानलाई लेखेको पत्रमा प्रतिष्ठानका कर्मचारीको आन्दोलनमा नेपाल सरकारअन्तर्गतका चिकित्सकले सहयोग गरी ड्युटी नगरेकाले ती चिकित्सकलाई कारवाही गर्नुपर्ने उल्लेख गरेको प्रजिअ गोविन्द रिजालले जानकारी दिए। प्रतिष्ठानले अवकाश दिन थालेपछि कर्मचारी आन्दोलित छन्। चिकित्सकले तीनै कर्मचारीलाई साथ दिएर दुई दिन बिरामी जाँच गरेका थिएनन्। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा संगीता भण्डारीले जिल्ला प्रशासनको पत्रानुसार प्रतिष्ठानले पनि कारवाही गरेर स्वास्थ्य मन्त्रालय, मेडिकल काउन्सिल लगायतको केन्द्रीय निकायमा कारवाहीका लागि सिफारिश गरिएको जानकारी दिए।
चिकित्सक संघद्वारा आपत्ति
प्रतिष्ठानका चिकित्सकलाई कारवाहीको सिफारिश गरेको भन्दै नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ। संघले एक विज्ञप्ति जारी गर्दै सबै कर्मचारी आन्दोलित भएको अवस्थामा अरूको सहयोगबिना चिकित्सकले मात्रै एक्लै काम गर्न सम्भव नरहेको अवस्थामा चिकित्सकलाई मात्र पूर्वाग्रही ढंगले कारवाहीको सिफारिश गरिएकोप्रति आपत्ति जनाएको छ। संघका अध्यक्ष डा दीपेन्द्र पाण्डेद्वारा जारी विज्ञप्तिमा कारवाही सिफारिश तुरुन्त फिर्ता लिन प्रतिष्ठानसँग माग गरेको छ। सिफारिश फिर्ता नलिए जस्तोसुकै कदम चाल्न बाध्य हुने विज्ञप्तिमा उल्लेख छ। यस्तै प्रतिष्ठानअन्तर्गतका सबै कर्मचारको माग पूरा गर्न विज्ञप्तिमा भनिएको छ।
News Desk 0 response बिहिबार, माघ १०, २०७५
-रासस

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



