

१२ करोड भक्तजन सहभागी हुने मेलामा नेपालका श्रीवैष्णवको निशुल्क शिविर
गत वर्ष साउदी अरेबियामा आयोजित विशाल हज तीर्थभन्दा ठूलो मेला
-
काठमाडौं ।
प्रत्येक १२ बर्षमा आयोजना हुने संसारकै सबैभन्दा ठूलो कुम्भ मेलामा नेपालका श्रीबैष्णवहरुको संस्था श्रीवैष्णव परिषद्, नेपालले (नेपाली वाडा) निःशुल्क सेवा शिविर सञ्चालन गरेको छ । उत्तर प्रदेशको इलाहबादमा हुने यो मेलामा यस वर्ष १२ करोड भक्तजनले गङ्गा, जमुना र सरस्वती नदीको सङ्गममा स्नान गर्ने अनुमान गरिएको छ ।
परिसदका अध्यक्ष स्वामी श्री १००८ श्रीदेवराजाचार्यजी महाराजको अगुवाइमा तिर्थराज प्रयागको कुम्भ–मेलामा माघ १ देखि एक महिनाभर विभिन्न कार्यक्रम सञ्चालन हुनेछ ।
मेलामा आउने भक्तजनहरुको लागि निःशुल्क खान, बस्नको व्यवस्था गरिएको छ ।
पवित्र नदीहरूको सङ्गममा स्थान गर्दा पाप मोचन हुने र मोक्ष प्राप्ति हुने विश्वास हिन्दू धर्मावलम्बीहरूको छ । प्रयागराजलाई पौराणिक समयदेखि नै ठूलो तीर्थ मानिँदै आएको छ ।
नेपाली पात्रो अनुसरा माघ १ गतेदेखि सुरु हुने यो मेलामा फ्रेब्रुअरी ४ का दिन स्नान गर्न उत्तम मानिएको छ । सो दिन मात्र तीन करोड तीर्थालुहरू आउने अपेक्षा आयोजकको छ । नेपाल वाट पनि लाखौं भक्तजन त्यहाँ पुगेका छन् ।मेला भर्न आउनेहरूलाई बस्नका नदीको किनारमा पाल टाँगेर एउटा विशाल सुविधासम्पन्न नगर स्थापना गरिएको छ । मेला आयोजनाका लागि २८ अर्ब भारतीय रुपैयाँ खर्च हुने छ । भारतको राजधानी दिल्लीबाट एक घण्टाभन्दा कम समयमै मेला स्थलमा पुग्न सकिने गरी नयाँ विमानस्थल समेत निर्माण गरिएको छ ।
पाँच लाखभन्दा बढी गाडीहरू रोक्न मिल्नेगरी ठूला पार्किङ क्षेत्रहरूको निर्माण गरिएको देखिन्छ ।
पाँच हजार अरू कर्मचारीहरू अन्यत्रबाट व्यवस्था गरिएको छ । मेलाको थप व्यवस्थापनको लागि ३० हजारभन्दा बढी प्रहरीहरू परिचालित छन् ।
एक हजारवटा सीसीटीभी क्यामेरामार्फत् राखिएका छन् ।
मेला भर्न आउनेहरूका लागि खानेबस्नेको व्यवस्था गरिएको छ । पाँचवटा ठूला अन्नभण्डारहरू र एक सय साठी सुपथ मूल्यका पसलहरू सञ्चालन गरिएका छन् ।डेढ लाख रासन कार्डहरू वितरण गरिएका छन् । स्वच्छ खानेपानीको लागि मेला क्षेत्रमा १६० वटा डिस्पेन्सरहरू स्थापना गरिएका छन् । मेला भर्न आएका कोही बिरामी वा घाइते भए उनीहरूको औषधोपचारका लागि सय शय्याको केन्द्रीय अस्पताल र १० साना अस्पतालहरू गत डिसेम्बर १ देखि सञ्चालनमा ल्याइएका छन् । एक सय ९३ जना चिकित्सक, १५ सयभन्दा बढी पारामेडिकल र ८० जना आयुर्वेद चिकित्सकहरूसमेत मेला स्थलमा उपस्थित छन् ।
गङ्गा, यमुना र सरस्वतीको सङ्गममा मेला लाग्नेछ । मेला गत वर्ष साउदी अरेबियामा आयोजित विशाल हज तीर्थभन्दा ठूलो हो ।
News Desk 0 response मङ्लबार, माघ १, २०७५
१ सय ४४ वर्षपछि अलाहबादमा सन् २०१३ मा आयोजित पूर्ण कुम्भ मेलामा १० करोड तीर्थयात्री सहभागी थिए ।

सम्बन्धित शीर्षकहरु
-
विनोदबहादुर कुँवर र उत्तरकुमार खत्री सचिवमा बढुवा
बिहिबार, भदौ २५, २०८३ -
पूर्वप्रधानन्यायाधीश जबराविरुद्दको रिट खारेज, पेन्सनपट्टा पाउने
बुधबार, भदौ २४, २०८३ -
कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात..
बुधबार, भदौ २४, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३
-
विनोदबहादुर कुँवर र उत्तरकुमार खत्री सचिवमा बढुवा
बिहिबार, भदौ २५, २०८३ -
पूर्वप्रधानन्यायाधीश जबराविरुद्दको रिट खारेज, पेन्सनपट्टा पाउने
बुधबार, भदौ २४, २०८३ -
कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात..
बुधबार, भदौ २४, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३
-
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
विपद् प्रभावितको साथमा उभिन राष्ट्रपतिको आग्रह
सोमवार, भदौ २२, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३



