

-
सिन्धुपाल्चोक ।
उपत्यकाको चार नारायण भन्दा पुराना फुल्पिङकट्टीको जैमन थैपी नारायणको उत्थानमा भक्तजनहरु लगेका छन् । बिभिन्न धार्मिकग्रन्थमा उल्लेख भए अनुसार मन्जुश्रीले चोभारको डाँडो खड्गले काट्नु भन्दा पहिले यो नारायणको उत्पति भएको हो । एउटा कैली गाईले नियमति दुध चढाएपछि गोठालो पछि लाग्दै जाँदा यहाँ मुर्ति भेटेका थिए । आफ्नो गाईले दुध चढाउने रुखको ठुटोमा गोठालोले रिसले खुकुरी प्रहार गर्दा रगत आएपछि यहाँ पुजाआजा गर्न थालिएको हो । सपनामा यो ठुटोले आफू नारायण भगवानको रुप भएको र मन्दिर स्थापना गर्न भनेपछि सोही अनुरुप गरिएको किम्वदन्ति छ ।
News Desk 0 response शुक्रबार, पुस २०, २०७५
भोटेकोशी तरेर गाईले फुल्पिङकट्टीमा दुध चढाउन आएको कारण त्यहाँ अहिले गाईको पाईला पनि देख्न सकिन्छ । शेर्पा भाषामा गाईलाई लाङ र पाईलालाई डाप भनिन्छ । सोही भाषा अपभ्रंश भएर अहिले सो गाईको पाईला देखिने ठाउँलाई ‘डाकलाङ’ भन्ने गरिएको छ । यो अरनिको राजमार्गमा पर्दछ ।
यही महान ईतिहास बोकेको जैमन थैपी नारायण मन्दिरलाई ब्यवस्थित गर्न यहाँका भक्तजनले नयाँ योजना अघि सारेका छन् । श्रीमद्भागवत ज्ञान महायज्ञ सञ्चालन गरेर यहाँको मन्दिर ब्यवस्थापन गर्न लागिएको छ । धर्मशाला र यज्ञशाला निर्माण, यहाँ रहेको ऐतिहासिक धारा निर्माण,पोखरी जिर्णोद्वार,बगैचा तथा स्नानगृह निर्माण गर्ने योजना उनीहरुको रहेको छ । यस लोकमा शान्ति र परलोकमा मोक्ष प्राप्तिका लागि महायज्ञ आयोजना गरिएको छ ।
सुरुमा यहाँ मन्दिर निर्माण गर्दा बिभिन्न प्रकारका सामान प्रयोग गरिए पनि स्थाई नभएपछि सपनामा खर र कुश प्रयोग गरेर मन्दिर निर्माण गर्न भनेपछि सोही अनुरुप मन्दिर निर्माण गरिएको यहाँका बुढापाका वताउँछन् । यो मन्दिर खरको छाना र कुशको चुल्ठी हालेको फरक प्रकारको मन्दिर यहाँ वनाईएको थियो । पुष २९ गतेदेखि सात दिनसम्म सञ्चालन हुने श्रमद्भागवतमा महायज्ञमा सवैलाई आमन्त्रण गरिएको पनि आयोजकले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



