

-
सिन्धुपाल्चोक ।
उपत्यकाको चार नारायण भन्दा पुराना फुल्पिङकट्टीको जैमन थैपी नारायणको उत्थानमा भक्तजनहरु लगेका छन् । बिभिन्न धार्मिकग्रन्थमा उल्लेख भए अनुसार मन्जुश्रीले चोभारको डाँडो खड्गले काट्नु भन्दा पहिले यो नारायणको उत्पति भएको हो । एउटा कैली गाईले नियमति दुध चढाएपछि गोठालो पछि लाग्दै जाँदा यहाँ मुर्ति भेटेका थिए । आफ्नो गाईले दुध चढाउने रुखको ठुटोमा गोठालोले रिसले खुकुरी प्रहार गर्दा रगत आएपछि यहाँ पुजाआजा गर्न थालिएको हो । सपनामा यो ठुटोले आफू नारायण भगवानको रुप भएको र मन्दिर स्थापना गर्न भनेपछि सोही अनुरुप गरिएको किम्वदन्ति छ ।
News Desk 0 response शुक्रबार, पुस २०, २०७५
भोटेकोशी तरेर गाईले फुल्पिङकट्टीमा दुध चढाउन आएको कारण त्यहाँ अहिले गाईको पाईला पनि देख्न सकिन्छ । शेर्पा भाषामा गाईलाई लाङ र पाईलालाई डाप भनिन्छ । सोही भाषा अपभ्रंश भएर अहिले सो गाईको पाईला देखिने ठाउँलाई ‘डाकलाङ’ भन्ने गरिएको छ । यो अरनिको राजमार्गमा पर्दछ ।
यही महान ईतिहास बोकेको जैमन थैपी नारायण मन्दिरलाई ब्यवस्थित गर्न यहाँका भक्तजनले नयाँ योजना अघि सारेका छन् । श्रीमद्भागवत ज्ञान महायज्ञ सञ्चालन गरेर यहाँको मन्दिर ब्यवस्थापन गर्न लागिएको छ । धर्मशाला र यज्ञशाला निर्माण, यहाँ रहेको ऐतिहासिक धारा निर्माण,पोखरी जिर्णोद्वार,बगैचा तथा स्नानगृह निर्माण गर्ने योजना उनीहरुको रहेको छ । यस लोकमा शान्ति र परलोकमा मोक्ष प्राप्तिका लागि महायज्ञ आयोजना गरिएको छ ।
सुरुमा यहाँ मन्दिर निर्माण गर्दा बिभिन्न प्रकारका सामान प्रयोग गरिए पनि स्थाई नभएपछि सपनामा खर र कुश प्रयोग गरेर मन्दिर निर्माण गर्न भनेपछि सोही अनुरुप मन्दिर निर्माण गरिएको यहाँका बुढापाका वताउँछन् । यो मन्दिर खरको छाना र कुशको चुल्ठी हालेको फरक प्रकारको मन्दिर यहाँ वनाईएको थियो । पुष २९ गतेदेखि सात दिनसम्म सञ्चालन हुने श्रमद्भागवतमा महायज्ञमा सवैलाई आमन्त्रण गरिएको पनि आयोजकले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु
-
चीनतर्फ भारी बर्षासँगै आएको बाढीले नेपाल–चीन जोड्ने..
मङ्लबार, असार २४, २०८२ -
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
मङ्लबार, असार २४, २०८२ -
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै,..
मङ्लबार, असार २४, २०८२ -
ट्रम्पद्वारा दक्षिण कोरिया र जापानमाथि २५ प्रतिशत..
मङ्लबार, असार २४, २०८२ -
अमेरिकी लगानीकर्तालाई इरान प्रवेश खुला गर्ने खामेनीको..
मङ्लबार, असार २४, २०८२
-
चीनतर्फ भारी बर्षासँगै आएको बाढीले नेपाल–चीन जोड्ने..
मङ्लबार, असार २४, २०८२ -
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
मङ्लबार, असार २४, २०८२ -
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै,..
मङ्लबार, असार २४, २०८२ -
अमेरिकी लगानीकर्तालाई इरान प्रवेश खुला गर्ने खामेनीको..
मङ्लबार, असार २४, २०८२ -
मिथेन ग्यासको सम्पर्कमा आएर इराकमा १२ टर्किए..
सोमवार, असार २३, २०८२
-
पर्यटकीय केन्द्र बन्दै ‘तीनखोले मन्दिर र झाँगाझोली..
आइतवार, असार २२, २०८२ -
सार्वभौम संसदमा सांसद कै अपमान,लाजै नमानी अर्कालाई..
मङ्लबार, असार १७, २०८२ -
भगिनी संबन्ध रहेका शहरहरुको समन्वय तथा अनुभव..
आइतवार, असार १५, २०८२ -
नेतालाई ‘काका’ भनेपछि थाइल्याण्डमा प्रधानमन्त्री निलम्बित
मङ्लबार, असार १७, २०८२ -
दाङ, बाँके र गुल्मीमा भारी वर्षा, सतर्कता..
सोमवार, असार १६, २०८२