

-
काठमाडौं ।
झापाका बिभिन्न स्थानीयतहका अधिकृतले झापामा विकासको काममा सुस्तता आएको गुनासो गरेका छन् । उनीहरुले प्रधानमन्त्री केपी ओलीलाई भेटेर विकासका काम द्रुत गतिमा अघि बढाउनु पर्ने सुझाव पनि दिए ।
प्रधानमन्त्री ओलीको गृहनगर दमकका प्रसासकीय अधिकृत गणेशप्रसाद तिम्सिनाले दमकमा सञ्चालनको तयारीमा रहेका राष्ट्रिय आयोजनाहरुको प्रगति बारेमा प्रधानमन्त्री ओलीलाई जानकारी गराए ।दमक सभाहल निर्माणाधिन अवस्थामा रहेको,पशुहाट बजार केन्द्र सम्पन्न भएको ,दमक भू टावरको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार भएको यसका लागि ५ विगाहा क्षेत्रफल जग्गा नगरपालिकाको नाममा आइसकेको उल्लेख छ । दमक औद्योगिक क्षेत्रको मुआब्जा वितरणको तयारी भइरहेको तिम्सिनाले जानकारी गराए । यसैगरी दमक ३ मा निर्माण हुने विश्व कै अग्लो बुद्धको मूर्तीका लागि ७ विगाहा जग्गा नगरपालिकाको नाउँमा दर्ता भइसकेको, २० विगाहा जग्गा प्राप्तीका लागि झापा जिल्लाबाट सिफारीस गरी पठाएको तिम्सिनाले उल्लेख गरे ।
News Desk 0 response बुधबार, पुस १८, २०७५
कनकाइ नगरपालिकाका प्रमुख राजेन्द्र पोख्रेलले सुरुंगा –झापा सडक,लक्ष्मीपुर – घेराबारी सडक निर्माणका लागि आवश्यक रकम विनियोजन गरिदिन माग गरे ।
पोख्रेलले कनकाइमा २५ शैयाको अस्पताल निर्माण र पर्यटकीय पूर्वाधारका लागि कम्तीमा १ करोड रुपैंया विनियोजन गरिदिन माग गरे । अर्जुनधारा नगरपाकिलाका प्रमुख हरी रानाले पनि नगरको विकास निर्माणका बारेमा जानकारी गराए । र, अझै रकम नपुगेको वताए ।
प्रधानमन्त्री ओलीले झापाली जनप्रतिनिधीहरुले राखेका मागका बारेमा आफू सकारात्मक रहेको बताए ।
प्रधानमन्त्रीलाई भेट्न नेकपाका केन्द्रीय सदस्य नरेश खरेल र देवेन्द्र दाहाल साँसद पवित्र निरौला खरेल,पूर्व साँसद दिपक कार्की ,जिसस झापाका संयोजक सोमनाथ पोर्तेल दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली,नेकपाका नेताहरु चिन्तन पाठक,गगन पुरी लगायत सहभागी थिए ।

सम्बन्धित शीर्षकहरु
-
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
नेपालको सार्वजनिक ऋण झण्डै ३० खर्ब
बुधबार, अशोज ७, २०८३ -
भोलीदेखि रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३
-
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
नेपालको सार्वजनिक ऋण झण्डै ३० खर्ब
बुधबार, अशोज ७, २०८३ -
भोलीदेखि रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
कोरला नाकामा बढ्यो चहलपहल, १५ दिनमै पौने..
सोमवार, भदौ २९, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुँदैन..
सोमवार, भदौ २९, २०८३



