

-
काठमाडौं ।
झापाका बिभिन्न स्थानीयतहका अधिकृतले झापामा विकासको काममा सुस्तता आएको गुनासो गरेका छन् । उनीहरुले प्रधानमन्त्री केपी ओलीलाई भेटेर विकासका काम द्रुत गतिमा अघि बढाउनु पर्ने सुझाव पनि दिए ।
प्रधानमन्त्री ओलीको गृहनगर दमकका प्रसासकीय अधिकृत गणेशप्रसाद तिम्सिनाले दमकमा सञ्चालनको तयारीमा रहेका राष्ट्रिय आयोजनाहरुको प्रगति बारेमा प्रधानमन्त्री ओलीलाई जानकारी गराए ।दमक सभाहल निर्माणाधिन अवस्थामा रहेको,पशुहाट बजार केन्द्र सम्पन्न भएको ,दमक भू टावरको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार भएको यसका लागि ५ विगाहा क्षेत्रफल जग्गा नगरपालिकाको नाममा आइसकेको उल्लेख छ । दमक औद्योगिक क्षेत्रको मुआब्जा वितरणको तयारी भइरहेको तिम्सिनाले जानकारी गराए । यसैगरी दमक ३ मा निर्माण हुने विश्व कै अग्लो बुद्धको मूर्तीका लागि ७ विगाहा जग्गा नगरपालिकाको नाउँमा दर्ता भइसकेको, २० विगाहा जग्गा प्राप्तीका लागि झापा जिल्लाबाट सिफारीस गरी पठाएको तिम्सिनाले उल्लेख गरे ।
News Desk 0 response बुधबार, पुस १८, २०७५
कनकाइ नगरपालिकाका प्रमुख राजेन्द्र पोख्रेलले सुरुंगा –झापा सडक,लक्ष्मीपुर – घेराबारी सडक निर्माणका लागि आवश्यक रकम विनियोजन गरिदिन माग गरे ।
पोख्रेलले कनकाइमा २५ शैयाको अस्पताल निर्माण र पर्यटकीय पूर्वाधारका लागि कम्तीमा १ करोड रुपैंया विनियोजन गरिदिन माग गरे । अर्जुनधारा नगरपाकिलाका प्रमुख हरी रानाले पनि नगरको विकास निर्माणका बारेमा जानकारी गराए । र, अझै रकम नपुगेको वताए ।
प्रधानमन्त्री ओलीले झापाली जनप्रतिनिधीहरुले राखेका मागका बारेमा आफू सकारात्मक रहेको बताए ।
प्रधानमन्त्रीलाई भेट्न नेकपाका केन्द्रीय सदस्य नरेश खरेल र देवेन्द्र दाहाल साँसद पवित्र निरौला खरेल,पूर्व साँसद दिपक कार्की ,जिसस झापाका संयोजक सोमनाथ पोर्तेल दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली,नेकपाका नेताहरु चिन्तन पाठक,गगन पुरी लगायत सहभागी थिए ।


सम्बन्धित शीर्षकहरु
-
उपचुनावका लागि भोलिदेखि नै दल दर्ता गर्न..
मङ्लबार, चैत्र ७, २०७९ -
आज घोडे जात्रा पर्व मनाइँदै : काठमाडौं..
मङ्लबार, चैत्र ७, २०७९ -
रवि लामिछानेमाथि राहदानी दुरुपयोगको मुद्दा नचल्ने
सोमवार, चैत्र ६, २०७९ -
पत्रकारबारे दिएको अभिव्यक्ति सभामुखद्वारा फिर्ता
सोमवार, चैत्र ६, २०७९ -
अब ४ दिनभित्रै सरकारलाई पूर्णता दिन्छु :..
सोमवार, चैत्र ६, २०७९
-
उपचुनावका लागि भोलिदेखि नै दल दर्ता गर्न..
मङ्लबार, चैत्र ७, २०७९ -
आज घोडे जात्रा पर्व मनाइँदै : काठमाडौं..
मङ्लबार, चैत्र ७, २०७९ -
रवि लामिछानेमाथि राहदानी दुरुपयोगको मुद्दा नचल्ने
सोमवार, चैत्र ६, २०७९ -
पत्रकारबारे दिएको अभिव्यक्ति सभामुखद्वारा फिर्ता
सोमवार, चैत्र ६, २०७९ -
अब ४ दिनभित्रै सरकारलाई पूर्णता दिन्छु :..
सोमवार, चैत्र ६, २०७९
-
स्थानीय सरकारकै कर्मचारी प्रमुख प्रशासकीय अधिकृत हुनुपर्ने..
मङ्लबार, फाल्गुन ३०, २०७९ -
टर्कीमा भूकम्पले क्षति पुगेका १० वटा अस्पताल..
शनिबार, फाल्गुन २७, २०७९ -
राष्ट्रपति भण्डारीको कार्यकाल आजबाट सकियो, निजी निवासमा..
आइतवार, फाल्गुन २८, २०७९ -
फेरि पनि शक्तिशाली कम्युनिस्ट केन्द्र बन्छौं :..
आइतवार, फाल्गुन २८, २०७९ -
पीएनजीविरुद्ध नेपालको सहज जित
सोमवार, फाल्गुन २९, २०७९