

-
वीरगन्ज । २०७२ साउनमा वीरगन्ज उपमहानगरपालिका वडा नं २ छपकैयास्थित सार्वजनिक पोखरीलाई निजी जग्गा बनाएर किनबेच सुरु भएपछि सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर जबराको नाम वीरगन्जमा चर्चामा आयो। अहिले उनी प्रधानन्यायाधीश बन्ने प्रक्रिया अगाडि बढेपछि सो जग्गासम्बन्धी विवादमा स्थानीयको हार हुने र जग्गा कारोबारीले बाजी मार्ने आशंकाले छप्कैयाबासी चिन्तित बनेका छन्।
वीरगन्जको मुख्यसडकसँग जोडिएको ३ बिगाहा १७ कठ्ठा पोखरीको जग्गा २०२२ सालको सर्भे नापीमा ऐलानी कायम रहेको देखिन्छ। हाल करिब डेढ अर्ब रुपैयाँभन्दा बढी मूल्यांकन अनुमान गरिएको पोखरीलाई सार्वजनिकबाट निजी बनाउनमा जबराको भूमिका रहेको स्थानीयको आरोप छ। तत्कालीन नगरपञ्चायत सदस्य प्रमोदविक्रम शाहले २०४७ सालमा पोखरी ठेक्का लिएकाथिए। ठेक्का लगाउने भनेर राखिएको बैठकको निर्णयपुस्तिकामा उनको आफ्नै सही पनि छ। ‘उनको आफ्नै पोखरी थियो भने पोखरी ठेकका लिन किन आवश्यक थियो रु’ भन्ने प्रश्नको उत्तर खोजेका स्थानीयले सर्वोच्चाको फैसलापछि वीरगन्जमा आन्दोलन नै गरे। न्यायाधीश जबरासमेत सामेल एउटा संयुक्त इजलासको फैसलामा ‘चित्त नबुझे पुनरावलोकनको निवेदन दिन सकिने’ भनिएको छ।
जिल्ला र पुनरावेदन दुई तहको अदालतमा लगातार उपमहानगरपालिका कार्यालयको हकमा फैसाला भएको मुद्दामा सर्वोच्चका न्यायाधीश जबरासहितको इजलासले प्रतिवादी प्रमोदविक्रम शाहको हकमा फैसला गरेपछि त्यसविरुद्ध स्थानीयले पटकपटक प्रदर्शनसमेत गरेका छन्। २०५८ माघ २९ मा पर्साका तत्कालीन प्रमुख नापी अधिकृत साबिर अन्सारीले प्रतिवादी शाहको नाममा पोखरीलाई दर्ता कायम गरेका थिए। त्यस दर्ताबिरुद्ध गरिएको एउटा मुद्दा जानीजानी रित नपुर्याएर तुहाइएको स्थानीयले बताएको नागरिकले लेखेको छ ।
News Desk 0 response मङ्लबार, पुस १७, २०७५


सम्बन्धित शीर्षकहरु
-
यी पाँच प्रदेशमा ठूलो पानी पर्ने सम्भावना
सोमवार, असार ३०, २०८२ -
भन्सार शुल्क बढाउने अमेरिकाको धम्कीपछि युरोपेली सङ्घ..
सोमवार, असार ३०, २०८२ -
फिफा क्लब विश्वकपको उपाधि चेल्सीलाई
सोमवार, असार ३०, २०८२ -
२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग..
सोमवार, असार ३०, २०८२ -
स्पेन प्रकरण र मन्त्रीको घुस ‘डिल’ बारे..
आइतवार, असार २९, २०८२
-
यी पाँच प्रदेशमा ठूलो पानी पर्ने सम्भावना
सोमवार, असार ३०, २०८२ -
फिफा क्लब विश्वकपको उपाधि चेल्सीलाई
सोमवार, असार ३०, २०८२ -
२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग..
सोमवार, असार ३०, २०८२ -
स्पेन प्रकरण र मन्त्रीको घुस ‘डिल’ बारे..
आइतवार, असार २९, २०८२ -
काठमाडौं महानगरको २५ अर्ब ७६ करोड रुपैयाँको..
आइतवार, असार २९, २०८२
-
पर्यटकीय केन्द्र बन्दै ‘तीनखोले मन्दिर र झाँगाझोली..
आइतवार, असार २२, २०८२ -
सिङ्गापुरलाई २ विकेटले हराउँदै नेपालले जित्यो यू–१६..
शनिबार, असार २१, २०८२ -
सर्वोच्च अदालतमा तीन जना न्यायाधीश नियुक्त
सोमवार, असार २३, २०८२ -
सोमबार आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द..
शुक्रबार, असार २०, २०८२ -
बेलायतले इरानबाट बढ्दो र अप्रत्याशित खतराको सामना..
बिहिबार, असार २६, २०८२