

-
काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पुर्ननिर्माणको शुभरम्भ गरेका छन् । शुभारम्भ गर्दै ओलीले धराहराको टुप्पोमा चढेर काठमाडौं हेर्ने इच्छा व्यक्त गरेका छन् । ठेकेदारले दुई वर्षभित्रै निर्माण सक्ने उनले विश्वास व्यक्त गरे ।
पहिलेको धरहरा चढ्न ज्येष्ठ नागरिकहरुलाई अप्ठ्यारो हुने भए पनि अब बन्ने धरहरा सजिलै चढ्न सक्ने बन्ने उनले बताए । एकपटक आफू धरहरा चढ्दा गाह्रो भएको स्मरण गर्दै उनले भने, ‘यसपल्ट धरहराको टुप्पामा जवानहरु मात्र चढ्नसक्ने होइन बुढापाकाहरु पनि चढ्न सक्नेछन् ।’
उनले धरहराको पुनर्निर्माण विकासकै लहरको एउटा हिस्सा भएको बताए । यसलाई उनले ऐतिहासिक कामको शुभारम्भ भएको बताए । २०७२ को भूकम्पले भत्काएका धेरै संरचना पुननिर्माण भइसकेको दाबी गर्दै प्रधानमन्त्री ओलीले केही पुनर्निर्माणको क्रममा रहेको बताए ।
‘मै बनाउँछु मेरो धरहरा’ नारा दिएर पुनर्निर्माणको अभियानलाई केही फरक ढंगले अगाडि बढाउन खोजे पनि त्यसमा ब्रेक लागेको उनले बताए । अहिले नयाँ संकल्पका साथ आफूहरु अगाडि बढेको उनले बताए । ‘अलिकति फरक ढाँचामा सोचेको थिएँ मै बनाउँछु मेरो धरहरा, सरकारी खर्चमा पनि होइन जनताकै खर्चमा । तर त्यो अभियानमा ब्रेक लाग्न पुग्यो र त्यसअनुसार अगाडि जान सकेन ।’
News Desk 0 response बिहिबार, पुस १२, २०७५

सम्बन्धित शीर्षकहरु
-
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२ -
चिसोबाट जोगिन के गर्ने के नगर्ने ?
बिहिबार, कार्तिक २८, २०८२ -
देशभरको मौसम सफा
बिहिबार, कार्तिक २८, २०८२ -
सदर चिडियाखानामा कालो रङको चितुवा
बुधबार, कार्तिक २७, २०८२ -
प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको भेटवार्ता
बुधबार, कार्तिक २७, २०८२
-
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२ -
देशभरको मौसम सफा
बिहिबार, कार्तिक २८, २०८२ -
सदर चिडियाखानामा कालो रङको चितुवा
बुधबार, कार्तिक २७, २०८२ -
प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको भेटवार्ता
बुधबार, कार्तिक २७, २०८२ -
ट्रम्पद्वारा ‘एच–वान बी’ भिसाको बचाउ, अमेरिकासँग पर्याप्त..
बुधबार, कार्तिक २७, २०८२
-
भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे..
शुक्रबार, कार्तिक २२, २०८२ -
मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध
शुक्रबार, कार्तिक २२, २०८२ -
नेपाल प्रहरीका एसएसपी रानाभाटको राजीनामा स्वीकृत
बिहिबार, कार्तिक २१, २०८२ -
कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ३..
आइतवार, कार्तिक २४, २०८२ -
आन्दोलनमा घर जलाइएका एक उच्च अधिकारी,सरकारी सम्पत्ति..
मङ्लबार, कार्तिक २६, २०८२



