• २०७२ सालको महभुकम्पले ध्वस्त भएको श्री थाङपालधाप मा वि को सुविधासम्पन्न १८ कोठाको तीनवटा भवन उद्घाटन भएको छ । माननीय साँसद तथा पूर्व कानुनमन्त्री शेरहवहादुर तामाङले उद्घाटन गर्नुभएको यो भवन एडिबिको सहयोगमा निर्माण भएको हो । पुननिर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यन्वयन ईकाईको निर्देशन तथा जिल्ला आयोजना कार्यान्वयन ईकाईको संयोजनमा वनेको यो बिद्यालय भवन वनेपछि यहाँका शिक्षक बिद्यार्थी र अभिभावक खुबै खुशी भएका छन् । यस विद्यालयमा फर्निचर लगायतको अन्य सुबिधासमेत ब्यवस्था भएको छ । उद्घाटन कार्यक्रममा अतिथि तामाङले समयमा नै निर्माण सम्पन्न भएकोमा निर्माणमा संलग्न सबैलाई हार्दिक धन्यवाद दिएका छन् ।