

-
काठमाडौं । उर्जामन्त्री बर्षमान पुन विद्युतीय गाडीको प्रयोग गर्छन् । उनको गाडीमा ईन्धनको आवश्यकता पर्दैन । तर, उनी मासिक २१ ह्जार ३ सय २१ रुपैयाँ ईन्धनवापतको रकम लिन्छन् । त्यो वाहेक उनले नियुक्त गरेको ७ जना कर्मचारीहरु पनि राज्य वाट सवै सुबिधा लिन्छन् । स्वकीय सचिवलाई पनि गाडी र ईन्धनको भिन्नै ब्यवस्था हुने गरेको छ । निक्कै तामझामसहित राज्यको खर्च जोगाउने भन्दै उनले बिद्युतवाट चल्ने कारको बिज्ञापन गरेका थिए । तर, काठमाडौंवाट प्रकाशित हुने एक दैनिकले उनले मासिकरुपमा ईन्धन वापतको रकम लिएको समाचार प्रकाशन गरेपछि उनी चुपचाप छन् । त्यसोत उनकी श्रीमती ओनसरी घर्तीले श्रीमान मन्त्री सँगै सरकारी निवासमा रहेर पनि घर भाडा बापतको रकम लिएकोमा ब्यापक आलोचना भएको छ । बा २ झ ८९०३ नंम्वरको बिद्युतीय कार चढेको उनको सचिवालयले जनाएको छ । अन्य गाढीको तुलनामा अलि महंगो पर्ने यो कार उर्जा मन्त्रालयले खरिद गरेको हो । मन्त्रीलाई अरु गाडी हुँदाहुँदै पनि झण्डै करोडको लगानीमा खरिद गरिएको यो गाडी भारतीय एक कम्पनीको प्रचारप्रसारका लागि नेपाल ल्याईएको समाचार यस अघि नै वाहिर आएको छ ।
उर्जामन्त्रीको रुपमा कार्यभार सम्हालेसंगै उनले जारी गरेको स्वेतपत्रमा विद्युतीय सवारी साधनहरुको उपयोग वृद्धि र सोको उपयोगलाई प्रोत्साहन गर्ने जनाएका थिए । मन्त्री पुनले विद्युतीय सवारी साधनको प्रयोगलाई वृद्धि गरी आगामी पाँच वर्षभित्र क्षमता सवारी साधनको आयातको ५० प्रतिशत पु¥याइने लक्ष्य राखेका छन् ।
News Desk 0 response शुक्रबार, पुस ६, २०७५

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



