

-
काठमाडौं । उर्जामन्त्री बर्षमान पुन विद्युतीय गाडीको प्रयोग गर्छन् । उनको गाडीमा ईन्धनको आवश्यकता पर्दैन । तर, उनी मासिक २१ ह्जार ३ सय २१ रुपैयाँ ईन्धनवापतको रकम लिन्छन् । त्यो वाहेक उनले नियुक्त गरेको ७ जना कर्मचारीहरु पनि राज्य वाट सवै सुबिधा लिन्छन् । स्वकीय सचिवलाई पनि गाडी र ईन्धनको भिन्नै ब्यवस्था हुने गरेको छ । निक्कै तामझामसहित राज्यको खर्च जोगाउने भन्दै उनले बिद्युतवाट चल्ने कारको बिज्ञापन गरेका थिए । तर, काठमाडौंवाट प्रकाशित हुने एक दैनिकले उनले मासिकरुपमा ईन्धन वापतको रकम लिएको समाचार प्रकाशन गरेपछि उनी चुपचाप छन् । त्यसोत उनकी श्रीमती ओनसरी घर्तीले श्रीमान मन्त्री सँगै सरकारी निवासमा रहेर पनि घर भाडा बापतको रकम लिएकोमा ब्यापक आलोचना भएको छ । बा २ झ ८९०३ नंम्वरको बिद्युतीय कार चढेको उनको सचिवालयले जनाएको छ । अन्य गाढीको तुलनामा अलि महंगो पर्ने यो कार उर्जा मन्त्रालयले खरिद गरेको हो । मन्त्रीलाई अरु गाडी हुँदाहुँदै पनि झण्डै करोडको लगानीमा खरिद गरिएको यो गाडी भारतीय एक कम्पनीको प्रचारप्रसारका लागि नेपाल ल्याईएको समाचार यस अघि नै वाहिर आएको छ ।
उर्जामन्त्रीको रुपमा कार्यभार सम्हालेसंगै उनले जारी गरेको स्वेतपत्रमा विद्युतीय सवारी साधनहरुको उपयोग वृद्धि र सोको उपयोगलाई प्रोत्साहन गर्ने जनाएका थिए । मन्त्री पुनले विद्युतीय सवारी साधनको प्रयोगलाई वृद्धि गरी आगामी पाँच वर्षभित्र क्षमता सवारी साधनको आयातको ५० प्रतिशत पु¥याइने लक्ष्य राखेका छन् ।
News Desk 0 response शुक्रबार, पुस ६, २०७५


सम्बन्धित शीर्षकहरु
-
वैशाख १९ गते सङ्घीय संसद्का दुवै सदनलाई..
मङ्लबार, बैशाख १६, २०८२ -
देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित..
मङ्लबार, बैशाख १६, २०८२ -
शिक्षक – सरकार वार्ता सकारात्मक : आज..
मङ्लबार, बैशाख १६, २०८२ -
पुटिनले गरे अस्थायी युद्धविरामको घोषणा
सोमवार, बैशाख १५, २०८२ -
इँटाभट्टाको खाल्डोमा जमेको पानीमा डुबेर पर्सामा २..
सोमवार, बैशाख १५, २०८२
-
वैशाख १९ गते सङ्घीय संसद्का दुवै सदनलाई..
मङ्लबार, बैशाख १६, २०८२ -
देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित..
मङ्लबार, बैशाख १६, २०८२ -
शिक्षक – सरकार वार्ता सकारात्मक : आज..
मङ्लबार, बैशाख १६, २०८२ -
पुटिनले गरे अस्थायी युद्धविरामको घोषणा
सोमवार, बैशाख १५, २०८२ -
इँटाभट्टाको खाल्डोमा जमेको पानीमा डुबेर पर्सामा २..
सोमवार, बैशाख १५, २०८२
-
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
परराष्ट्रमन्त्री डा. आरजु राणा आज बैंकक जाँदै
आइतवार, बैशाख ७, २०८२ -
रुसद्वारा युक्रेनमा अस्थायी युद्धविराम घोषणा
आइतवार, बैशाख ७, २०८२ -
आजको मौसम : यी चार प्रदेशमा चट्याङ्गसहित..
आइतवार, बैशाख ७, २०८२ -
बजेट अधिवेशन आजबाट सुरु हुँदै, प्रधानमन्त्रीले सम्बोधन..
शुक्रबार, बैशाख १२, २०८२