

-
सिन्धुपाल्चोकको पर्यटकीयस्थल मेलम्चीको गुफाडाँडामा हुन लागेको राष्ट्रिय जलवायु सम्मेलनको तयारी तीव्र पारिएको छ। जिल्ला समन्वय समिति महासंघको आयोजनामा हुने यो कार्यक्रममा ७७ जिल्ला समन्वय समितिका प्रमुख र उप्रमुखसहितको उपस्थिति रहने छ ।
जलवायु परिवर्तनले निम्त्याइरहेको जल्दोबल्दो समस्या र असरउपर छलफल गर्न पुस १५ देखि तीन दिन चल्ने सम्मेलनको तयारी तीव्र गतिमा अघि बढाइएको दिएको हो। जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले सम्मेलन सफलतापूर्वक सम्पन्न गराउन मूल आयोजक समितिसहित विभिन्न १२ उपसमिति र विभाग बनाएर तयारी थालिएको बताए।
‘औद्योगिक मुलुकहरुले कार्वन उत्सर्जन गर्दा त्यसको मार खेप्ने राष्ट्रहरुलाई शुल्क तिर्नुपर्ने व्यवस्थाका लागि सम्मेलनमार्फत दबाव दिन्छौं’, सम्मेलन मुल आयोजक समितिका संयोजक रहेका तामाङले भने। जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको व्यवस्थापन र जिल्ला समन्वय समिति महासंघको आयोजनामा सम्मेलन हुन लागेको हो।
मेलम्ची नगरपालिकास्थित ज्यामिरेको २ हजार ५ सय २० मिटरको उचाइमा अवस्थित गुफाडाँडामा हुन लागेको सम्मेलनमा सतहत्तरै जिल्लाका प्रमुख, उपप्रमुखसहित तीन÷तीन जनाको सहभागिता रहने छ। त्यस्तै प्रदेश नं। ३ का मुख्यमन्त्री, मन्त्री, जिल्लाबाट संघीय संसद र प्रदेश संसदमा प्रतिनिधित्व गर्ने सांसद, सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहका प्रमुख तथा अध्यक्षलाई सम्मेलनमा अतिथिका रुपमा निम्त्याइने छ। पुस १६ गते सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने आयोजकले जनाएका छन्।
सम्मेलनमा विषय विज्ञ र सम्वद्ध मन्त्रालयका अधिकारीले जलवायु परिवर्तन सम्बन्धि विभिन्न कार्यपत्र प्रस्तुत गर्ने छन्। कार्यपत्रमाथि व्यापक छलफल गरी सिन्धुपाल्चोक घोषणापत्र जारी गर्ने आयोजकको तयारी छ। ‘सम्मेलनले जलवायु परिवर्तनका असर न्यूनिकरण गर्न टेवा पुग्ने छ ।
सम्मेलनका सहभागिलाई मेलम्ची आयोजनाको १० किमि दुरीको सुन्दरीजल–सिन्धु सुरुङबाट मेलम्ची उतार्ने आयोजकको तयारी छ। पर्यटकीय स्थल हेलम्बु क्षेत्र र मेलम्ची आयोजनाको मुहानसमेत भ्रमण गराइने कार्यक्रम छ। सहभागिहरुलाई रातिको बासको व्यवस्था भने मेलम्ची बजारका होटलमा मिलाइने छ।
सम्मेलनमा झण्डै १ करोड रुपैयाँ खर्च हुने तयारी छ। जिल्लाका स्थानीय तह, गैरसरकारी संस्था, उद्योगी, व्यवसायीबाट उक्त खर्च जुटाउने प्रतिवद्धता आएको सम्मेलन मूल आयोजक समिति संयोजक तामाङले जानकारी दिए। ‘स्वच्छ नेपाल, स्वस्थ नेपाली’ भन्ने नारासाथ आयोजना हुन लागेको सम्मेलनको वातावरण अनुकुलन दर्शाउने लागोसमेत आयोजकले सार्वजनिक गरिसकेको छ।
News Desk 0 response बिहिबार, पुस ५, २०७५
कार्यक्रमको उदेश्य
जलवायु परिवर्तन सम्बन्धी महासन्धिको केन्द्र विन्दु स्थानीयवासिन्दा हुन् तर, उनीहरुको यस सम्वन्धि े क्षमता वृद्धि हुन सकेको देखिदैन । त्यस बिषयमा जोड दिने ।
सामुदायिक जलवायु अनुकूलन तथा न्यूनीकरणको उपायहरूको पहिचान, कार्यक्रम तर्जुमा तथा कार्यान्वयनले तथा स्थानीयस्तरमा प्राथमिकता नपाएको आवस्था छ ।
भरपर्दो जानकारी र सूचना लगायत क्षेत्रगत तथा विषयगत सूचना उपलब्ध गराउने संयन्त्र बनाउन जोड दिने ।
नीति तथा कार्यक्रमको कार्यान्वयनको लागि समन्वयको अभाव हुनुको साथै आवश्यक प्राविधिक तथा आर्थिक स्रोत जुटाउन नसकेको अवस्था छ । प्रविधि विकास र उपयोग तथा आवश्यक जनशक्तिको क्षमता बढाउन प्राथमिकतामा जोड दिन ।
स्थानीय तहमा नीति कार्यान्वयनको लागि आवश्यक कानुनी व्यवस्था छैन त्यसलाई लागू गर्न जोड दिने ।
कार्यक्रम तर्जुमा तथा कार्यान्वयनमा सम्बन्धित राष्ट्रिय तथा स्थानीय सरकार, निजी क्षेत्र, गैर सरकारी संस्थाको एकता अभाव देखिएको छ । यसलाई समन्वय गर्न जोड दिने ।
जलवायु अनुकूलन तथा क्षमता अभिबृद्धिका कार्यहरू लक्षित समूहमा पुग्न सकेका छैनन् त्यो पु¥याउन जोड दिने ।

सम्बन्धित शीर्षकहरु
-
शेरबहादुर देउवाले चुनाव नलड्ने
मङ्लबार, माघ ७, २०८२ -
आज दिनभरको मौसम कस्तो रहला ?
मङ्लबार, माघ ७, २०८२ -
प्रतिनिधिसभा सदस्य चुनाव लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता..
मङ्लबार, माघ ७, २०८२ -
ग्रीनल्याण्ड विवादपछि युरोपेली सङ्घ (ईयू)को प्रतिक्रिया
मङ्लबार, माघ ७, २०८२ -
चीनको अर्थतन्त्र सन् २०२५ मा ५ प्रतिशतले..
सोमवार, माघ ६, २०८२
-
आज दिनभरको मौसम कस्तो रहला ?
मङ्लबार, माघ ७, २०८२ -
प्रतिनिधिसभा सदस्य चुनाव लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता..
मङ्लबार, माघ ७, २०८२ -
ग्रीनल्याण्ड विवादपछि युरोपेली सङ्घ (ईयू)को प्रतिक्रिया
मङ्लबार, माघ ७, २०८२ -
निर्वाचनको तयारी र दलहरूको सक्रियताले देश नै..
सोमवार, माघ ६, २०८२ -
निर्वाचन आयोगलाई गम्भीर आरोप लगाएका दुर्गा प्रसाईं..
सोमवार, माघ ६, २०८२
-
कांग्रेसमा विवाद मिलाउने प्रयास चल्दै
मङ्लबार, पुस २९, २०८२ -
त्रिशूलीमा बालुवामा पुरिएको अवस्थामा डेढ वर्षपछि भेटियो..
मङ्लबार, पुस २९, २०८२ -
फागुन २१ गते हुने चुनावका लागि भारतले..
मङ्लबार, पुस २९, २०८२ -
अमेरिकामा केन्द्रिय बैंकका गभर्नर पावेल पक्राउ गर्ने..
सोमवार, पुस २८, २०८२ -
आज रातिदेखि निर्वाचन आचारसंहिता– २०८२ लागू हुने
आइतवार, माघ ५, २०८२



