

-
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सकारात्मक वाटोमा अघि बढिरहेको कारण भयानक प्रचार आक्रमण सुरु भएको बताएका छन् । वकिलहरुलाई साक्षी राखेर ओलीले अव अझै द्रुत गतिमा काम हुने बताए ।
News Desk 0 response आइतवार, पुस १, २०७५
पूर्व नेकपा (एमाले) निकट प्रगतिशिल तथा पेशागत कानुन व्यावसायी महासंघ (पिपिएलए) र नेकपा (माओवादी केन्द्र) निकट गणतान्त्रिक तथा प्रगतिशिल कानुन व्यवासायी संघ(आरपिएलए)को एकीकरण गर्दै उनले सरकारलाई पर्ने सक्ने कानुनी अड्चनबिरुद्ध लड्न आग्रह पनि गरे ।
ओलीले भने,‘हामी अहिले असाधरण सफलताको विन्दुमा छौं’ । तर यो सफलताको विरुद्ध भयानाक प्रचार युद्ध सञ्चालन भएको कारण त्यसलाई परास्त गर्नुपर्ने उनको जोड थियो । कम्यूनिष्ट पार्टीले बहुमत जनताको अभिमतबाट, बहुमत प्रतिनिधीले अनुमोदन गरेर बनाएको सरकारलाई केही केहीलाई प्रिय नलाग्ने भए पनि यसले आम जनताको हितमा नै काम गर्ने प्रधानमन्त्री ओलीले बताए । अहिलेको प्रचार युद्धमा गणतन्त्रका धरोहरहरुलाई आक्रमण गरिएको उनको भनाई थियो । राष्ट्रपतिका विषयमा अनावश्यक दुस्प्रचार गर्नुले पनि त्यसको पुष्टि गरेको ओलीको भनाई थियो । राष्ट्रपति माथिको आक्रमण कुनै व्यक्ति विशेष नभएर गणतन्त्रलाई नै धराशायी बनाउने योजनामा केन्द्रित रहेको उनको तर्क छ ।
गणतन्त्र विरुद्धको दुस्प्रचारका विरुद्ध बोल्नु आफ्नो कर्तव्य भएको प्रधानमन्त्री ओलीको भनाइ छ । उनले भने,‘जबसम्म डमरुलाई कसैले आक्रमण गर्दैन तवसम्म बघिनी चुप लागेर बस्छे तर जब डमरुलाई कसैले आक्रमण गर्छ बघिनी जतिसुकै ठुलो भिड भए पनि प्रतिकारमा उत्रन्छे । यो उसको धर्म नै हो ।’ कमिन्युष्टप्रति आक्रमण गर्नेले यो कुरा जानिराख्नु पर्ने प्रधानमन्त्रीले बताए । कार्यक्रममा अर्को अध्यक्ष पुष्पकमल दाहालले कानुनी क्षेत्रमा अराजकता बढेको वताउँदै अब यसलाई शुद्ध पार्नुपर्नेमा जोड दिएका थिए ।
दुई संगठनको एकिकरणबाट नेपाल कानुन व्यावशायी संगठन (एनएलए) को गठन गरिएको छ । संगठनको संयोजकमा रुद्र नेपाल र सहसंयोजकमा दिनमणी पोख्रेल सहित ४५ सदस्यीय समिती चयन भएको छ ।

सम्बन्धित शीर्षकहरु
-
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३
-
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३



